-
२०७९ मङ्सिर १७, शनिबार
माओवादी केन्द्रसँग पार्टी एकता हुने हल्ला निराधार : एकीकृत समाजवादी
नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता हुन लागेको हल्ला निराधार रहेको जनाएको छ । केही दिनदेखि एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भनी विभिन्न सञ्चार माध्यमबाट फैलिएको हल्ला निराधार रहेको एकीकृत समाजवादीका महासचिव वेदुराम भुसालले जानकारी दिए । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच तत्काल एकता हुन लागेको प्रचारप्रति आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले यो...
-
२०७९ मङ्सिर १५, बिहिबार
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य
काठमाडौं - बिहीबार भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आएको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलमा प्रतिलिटर २ रूपैयाँ र डिजेलमा ११ रूपैयाँ मूल्य घटाएर पठाएको हो । बिहीबारको नयाँ मूल्यअनुसार नेपाल आयल निगमलाई डिजेलमा ५० पैसा र पेट्रोलमा १३ रूपैयाँभन्दा बढी नाफा रहेको छभने निगमलाई सबै गरेर अबको मूल्यअनुसार पन्ध्र दिनमा ५८ करोड रूपैयाँ नाफा हुनेछ। भारतबाट पेट्रोल र डिजेलको मूल्य घटेर आए...
-
२०७९ मङ्सिर १५, बिहिबार
सिके राउतको प्रचण्डद्वारा स्वागत
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउतको दौडधुप बढ्दो छ । बिहीबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले त्यसलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटघाट गरेका छन् । अध्यक्ष प्रचण्डलाई भेट्न राउत प्रचण्डनिवास खुमलाटार पुगेको प्रचण्डको सचिवालयकी स्वकीय सचिव गंगा दाहालले फेसबुकमार्फत राउतले जानकारी दिएकी हुन् । उनले लेखेकी छन्, ‘...
-
२०७९ मङ्सिर १५, बिहिबार
सीके राउत सरकारमा सामेल हुने
काठमाडौं - जनमत पार्टीका अध्यक्ष सीके राउत सरकारमा सामेल हुने भएका छन् । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेका अध्यक्ष राउतले सत्ता गठबन्धनसँग संघ र प्रदेश दुवैमा सहकार्य गर्दै सरकारमा पनि सामेल हुने बचन व्यक्त गरेका छन् । दुईबीचको भेटवार्ता कांग्रेस नेता विमलेन्द्र निधिले गराएका छन् । निधिले नै बिहीबार दिउँसो अध्यक्ष राउतलाई प्रधानमन्त्री निवास बालुवाटार लिएर गएका थिए ।...
-
२०७९ मङ्सिर १५, बिहिबार
अग्रज स्रष्टा पवन जोशीको ७१ अौं गीत तयार
नेपालभाषा तथा नेपाली चलचित्र क्षेत्रमा सक्रिय अग्रज स्रष्टा वरिष्ठ कलाकार, निर्देशक तथा लेखक पवन जोशीद्वारा रचित ७१औं गीत हालै काठमाडौको अन्नपूर्ण रेकर्डिङ स्टुडियो रेकर्डिङ सम्पन्न भएको छ । उदियमान गायक कृष्ण महर्जनको स्वर रहेको यो नयाँ देशभक्ती गीत “ जवंखवंया पंगः चिइका..” बोलको गीतमा सोनी राजभण्डारी, लजना मानन्धर र राजेन्द्र शाक्य ले पनि गायक कृष्ण महर्जनलाई साथ दिएका छन् । वरिष्ठ कलाकार,...
-
२०७९ मङ्सिर १५, बिहिबार
नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको चौंथौं संस्करण मंसीर २२ देखि
नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा यहि मंसिर २२ गतेदेखि २४ गतेसम्म तीन दिन सम्म हुने चौथों नेपाल साँस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०७९ मा ३४ राष्ट्र सहभागी हुने भएका छन् । तीन दिने यो चौथो चलचित्र महोत्सव काठमाडौंको राइजिङ मलस्थित क्यु एस हलमा उद्घाटन समारोह हुनेछ । चलचित्र विकास बोर्ड, राइजिङ मल र राष्ट्रिय नाचघर गरी तीन स्थानमा चलचित्र प्रदर्शन गर्ने आयोजक संस्थाका...
-
२०७९ मङ्सिर १५, बिहिबार
समावेशी म्युजिक अवार्डकोलागि अनलाईन मार्फत पनि आवेदन गर्न सकिने
नेपालको पहिलो समावेशी म्युजिक अवार्डको रुपमा विगत ५ वर्ष अगाडि थालनी गरेको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२३’ कालागि आवेदन खुल्ला गरिएको कुरा कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकी छन् । उनले जानकारी दिए अनुसार निम अवार्डको छैठौं संस्करणको अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको छ । विगत ५ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको निम अवार्डको यो छैठौं संस्करण हो। उक्त...
-
२०७९ मङ्सिर १५, बिहिबार
एघार महिनामा भित्रिए पाँच लाख ४९ हजार पर्यटक
पछिल्लो ११ महिनामा पाँच लाख ४९ हजार छ सय ५६ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कानुसार अङ्ग्रेजी वर्षको जनवरीदेखि अक्टोबरसम्म पाँच लाख ४९ हजार छ सय ६५ पर्यटकले नेपाल भ्रमण गरेका हुन् । बोर्डका अनुसार नोभेम्बर महिनामा ७२ हजार छ सय ५३ पर्यटक नेपाल आएका छन् । अघिल्लो अक्टोबरमा ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका थिए । अप्रिलमा ६१ हजार पाँच सय ८९ र...
-
२०७९ मङ्सिर १५, बिहिबार
धनगढीमा निषेधाज्ञा
सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले पूर्वमा धनगढी उपमहानगरपालिका–१ को फूलबारी बस बिसौनी, पश्चिममा वडा नं ४ को रातोपुल, दक्षिणमा वडा नं १ र २ को हुलाकी राजमार्ग र उत्तरको वडा नं ५...
-
२०७९ मङ्सिर १४, बुधबार
अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा
एजेन्सी - समूह ‘डी’को अन्तिम खेलमा डेनमार्कलाई १–० गोलको नतिजामा पराजित गर्दै अस्ट्रेलिया १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पुगेको छ। अल जानोब रंगशालामा भएको खेलको ६०औं मिनेटमा म्याथ्यु लेकीले गरेको एक मात्र गोल निर्णायक बन्यो। छैटौं पटक विश्वकप खेलिरहेको अस्ट्रेलिया सन् २००६ मा पछिल्लो पटक विश्वकपको नकआउट चरणमा पुगेको थियो। जर्मनीमा भएको त्यो विश्वकपको अन्तिम १६ मा इटालीसँग पराजित हुँदै बाहिरिएको...
-
२०७९ मङ्सिर १४, बुधबार
एक हजार दरका ४३ करोड थान नोट छाप्ने ठेक्का भारतीय कम्पनीलाई
काठमाडौं - नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेड (सेक्युरिटी प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड)लाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । राष्ट्र बैंकले बुधबार उक्त ठेक्का सम्झौता गर्नेसम्बन्धी आशयपत्र जारी गरेको छ । एक हजार दरका ४३...
-
२०७९ मङ्सिर १४, बुधबार
स्याङ्जा २ र बाजुरामा पुनः मतदान हुँदैन : निर्वाचन आयोग
काठमाडौँ – स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने भएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । एमालेले यी दुबै स्थानमा पुनः मतदान गर्नुपर्ने भन्दै आयोगमा ज्ञापनपत्र बुझाएको थियो । एमाले महासचिव शंकर पोखरेल नेतृत्वमा गएको टोलीले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई भेटेर स्याङ्जा २, बाजुरा, दोलखा, उदयपुर १, मोरङ १ मा धाँधली भएको भन्दै पुनः मतदान गर्नुपर्ने माग...


