-
२०७९ मङ्सिर १४, बुधबार
३५ दिन भित्र आफैं हट्न सुकुमबासीलाई चेतावनी
काठमाडौं - काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालगायतका जग्गा अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ। ३५ दिनभित्र त्यस्ता संरचना नहटाए प्राधिकरण आफैँले हटाइदिने आज गोरखापत्रमा प्राधिकरणले निकालेको सूचनामा उल्लेख छ। काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी बनाइएका अनधिकृत संरचनालाई हटाउन प्राधिकरणले भनेको हो। प्राधिकरणले...
-
२०७९ मङ्सिर १४, बुधबार
महिला हिंसाविरुद्धको अभियानमा बृहत छलफल
महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा बुधबार ‘मानव अधिकारका लागि महिला, एकल महिला समूह’ (डब्ल्यूएचआर) र काठमाण्डु रोट्र्याक्टले संयुक्त रुपमा ललितपुरको मंगलबजारमा एउटा भेला आयोजना गरी महिला अधिकारकर्मीहरुले लैङ्गिक हिंसा अन्त्यका लागि समाजमा खुला छलफल आवश्यक रहेको कुरा औल्याएका छन् । भेलामा सहभागि हरुले पितृसतात्मक सोच र महिला पुरुषबीच असमान शक्ति सम्बन्ध रहेका कारण हिंसा हुने गरेको ...
-
२०७९ मङ्सिर १३, मंगलबार
ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र - मेयर बालेन्द्र साह
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीका लागि सुकुम्बासी भोट बैंक मात्र भएको बताएका छन् । मेयर बालेनले सामाजिक सञ्जालमार्फत् दुई तिहाई सरकारको प्रधानमन्त्री बन्दासमेत सुकुम्बासीले भोगेका ३२ वटा जाडो नदेखेको उल्लेख गर्दै केपी ओलीका लागि उनीहरु भोट बैंक मात्रै रहेका उल्लेख गरेका हुन् । ओलीले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने...
-
२०७९ मङ्सिर १३, मंगलबार
रास्वपा अमेरिकाको नक्कल : ओली
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको नाममा नै आलोचना गरेका छन् । अमेरिकामा रहेको फ्रिड्म पार्टी र त्यसको चुनाव चिन्ह घण्टीकै झलक दिनेगरी लामिछानेले आफ्नो पार्टीको नाम राखेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् । उनले संयोगनै भएपनि यसले मुलुकको संस्कृति र पहिचानलाई मेटाउन बल पुग्ने जिकीर गर्दै चिन्ता...
-
२०७९ मङ्सिर १३, मंगलबार
कति दलले पाउलान् राष्ट्रिय मान्यता ?
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको यही मङ्सिर ४ गते सम्पन्न मतदानको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ आज साँझसम्म ९८ लाख आठ हजार नौ सय २७ मत गणना सम्पन्न भएको छ । निर्वाचन आयोगकाअनुसार हालसम्म नेकपा (एमाले)ले सबैभन्दा बढी मत २६ लाख ४३ हजार ८२ मत प्राप्त गरेको छ । त्यसपछि बढी नेपाली कांग्रेसले २४ लाख ९८ हजार सात सय ७८ मत पाएको छ ।...
-
२०७९ मङ्सिर १३, मंगलबार
मंसिर २३ गते हस्तकला व्यापार मेला शुरु हुने
नेपाल हस्तकला महासंघको आयोजनामा यही मंसिर २३ गते शुक्रबारदेखि २७ गते मंगलबारसम्म राजधानीमा १९ औं हस्तकला व्यापार मेला हुने भएको छ । नेपाल हस्तकला महासंघको आयोजनामा सो मेला हुन लागेको सो मेला बौद्धस्थित होटेल हायात रिजेन्सीमा हुनेछ भने सो मेलामा हस्तकलाका वस्तुहरुको १ सय ५० वटा स्टल रहने कुरा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पत्रकार भेटघाटमा जानकारी दिनुभयो । नेपालमा प्रत्येक वर्ष नियमित रुपमा...
-
२०७९ मङ्सिर १३, मंगलबार
सुकुम्बासी आक्रमणकारीकाे नाम खुलाई कारबाही गर्न प्रहरीलाई पत्राचार
काठमाडौँ - साेमबार थापाथलीमा अनधिकृत संरचना हटाउन जाँदा नगर प्रहरीमाथि सांघातिक आक्रमण गर्नेहरुको नाम खुलाएर कानुनी कारवाहीका लागि महानगरपालिकाले प्रहरी परिसर टेकुलाई पत्राचार गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले घटनाका विषयमा प्रेस विज्ञप्ति जारी गर्दै यस विषयमा जानकारी गर्राएका हुन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको अनुरोधमा बागमती किनारामा रहेको सार्वजनिक...
-
२०७९ मङ्सिर १३, मंगलबार
थापाथलीकाे सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव
काठमाडौं - काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन खोजेपछि तनाव सिर्जना भएको छ । काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर सुकुम्बासी बस्ती हटाउन खोजेपछि नदी किनारका सुकुम्बासी बस्तीका स्थानीय प्रदर्शन उत्रिएपछि तनावग्रस्त बनेको हो । हातमा घरेलु हतियार खुकुरी, हंसिया, लाठी, घुइँत्रोलगायत...
-
२०७९ मङ्सिर १२, सोमबार
क्रोएसियासँगको हारपछि क्यानडा बाहिरियो
काठमाडौं - एन्ड्रेज क्रमारिचको दुई गोलप्रेरित क्रोएसियाले कतारमा जारी विश्वकपको समूह ‘एफ’मा आइतबार क्यानडालाई ४–१ गोलको नतिजामा पराजित गरेको छ। खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलको दोस्रो मिनेटमै क्यानडाले अल्फोन्सो डेभिसले गरेको गोलसँगै अग्रता लिएको थियो। यद्यपि, त्यो अग्रता जोगाउन नसक्दा पराजित हुनुपर्यो। पहिलो हाफको खेलसकिन ८ मिनेट बाँकी रहँदा क्रमारिचले गरेको गोलसँगै साविक उपविजेता...
-
२०७९ मङ्सिर ११, आइतबार
बेल्जियम मोरक्कोसँग २–० ले पराजित
एजेन्सी - विश्व बरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २–० गोलको नतिजामा पराजित भएको छ। अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग स्तब्ध भएको हो। चार वर्षअघि रुसमा तेस्रो भएको बेल्जियमले विश्वकपमा अफ्रिकी मुलुकसँग भोगेको यो पहिलो पराजय हो। यसअघि सन् २०१८ मा अफ्रिकी टिम ट्युनिसियालाई ५–२ को नतिजामा पराजित गरेको थियो। त्यस्तै सन् २०१४...
-
२०७९ मङ्सिर ११, आइतबार
समानुपातिक मतमा माओवादीलाई घण्टीले उछिन्यो
काठमाडौं - गत आइतबार सम्पन्न निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । जारी मतगणनामा नेकपा एमालेले हालसम्म २४ लाख ७७ हजार ५९० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले हालसम्म २३ लाख ५५ हजार ३८७ मत पाएको छ । तेस्रो स्थानमा भने माओवादीलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी उक्लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ४८ हजार ५५३ मत ल्याउँदा माओवादी...
-
२०७९ मङ्सिर ११, आइतबार
दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने आयोगको निर्णय
काठमाडाैं - निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा मङ्सिर १५ गतेभित्र पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले दोलखाको वैतेश्वर गाउँपालिका-२ जनज्योति माध्यमिक विद्यालय पुतलिकाठ मतदान केन्द्र ‘क’ र ‘ख’ र सोही गाउँपालिका-३ को कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’, ‘ख’ र ‘ग’मा पुनः मतदान गर्ने निर्णय गरेको हो । त्यसैगरी सोही गाउँपालिका-६ मा वैतेश्वर मावि मतदान...


