-
२०७९ मङ्सिर ६, मंगलबार
चितवन क्षेत्र नं २ मा रवि लामिछानेको अग्रता
काठमाडाैं - चितवन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिकाको मतगणनामा दोस्रो र तेस्रो भएर पछ्याउँदै आएका लामिछानेले कालिका नगरपालिकाको मतगणनासँगै अग्रता लिएका हुन् । अध्यक्ष लामिछानेले चार हजार सात मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोख्रेलले तीन हजार आठ सय ७९ मत ल्याएका छन् भने गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश...
-
२०७९ मङ्सिर ६, मंगलबार
मतदाताले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्नेछु : कृष्णगाेपाल श्रेष्ठ
काठमाडाैँ - नवनिर्वाचित सांसद कृष्णगोपाल श्रेष्ठले मतदाताले दिएको जिम्मेवारीलाई पाँच वर्षसम्म कुशलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौँ क्षेत्र नं ९ बाट विजयी भएपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “मतदाताले दिएको जिम्मेवारीलाई ५ वर्षसम्ममा कुशलतापूर्वक पूरा गर्न प्रतिबद्ध छु, जनताको हरेक समस्यालाई सम्बोधन गर्न जुट्नेछु, जनताको सल्लाहमा अघि बढ्नेछु ।” नवनिर्वाचित...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ९ बाट एमालेका कृष्णगाेपाल श्रेष्ठ विजयी
काठमाडौं - काठमाडौंको क्षेत्र नम्बर ९ मा नेकपा (एमाले)का कृष्णगोपाल श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेललाई ९९५ मतान्तरले पराजित गर्दै एमालेका श्रेष्ठले विजयी हासिल गरेका हुन् । श्रेष्ठले ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । पराजित टेकबहादुर पोखरेलले १० हजार ९६१ मत ल्याएका छन् । यसअघि श्रेष्ठ प्रतिनिधिसभा सदस्य निर्वाचन २०४८ मा काठमाडौं ५...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं-८ (क) : लौराे लिएका शैलेन्द्रमान बज्राचार्य विजयी
काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर काठमाडौं-८(क)मा हाम्रो नेपाली पार्टीका शैलेन्द्र मान बज्राचार्य विजयी भएका छन्। बजाचार्यले ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका राजेश शाक्यले ३७११ मतका ल्याएका छन् । सत्ता गठबन्धनतर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजुराज जोशीले ३६७० मत ल्याएका छन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
चितवन-२ मा रवि लामिछाने पहिलोमा, कांग्रेसका उमेश श्रेष्ठ पछ्याउँदै
काठमाडौं - चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पहिलो स्थानमा उक्लिएका छन् । पछिल्लो मत परिणाम अनुसार रविले ३ हजार ९४९ मत पाएका छन् । त्यस्तै दोश्रोमा कांग्रेसका उमेश श्रेष्ठ छन् । उनले ३ हजार १७७ मत पाएका छन् । तेस्रोमा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल छन् । उनले २ हजार ७१२ मत पाएका छन् । पोखरेल सुरुवाती चरणमा पहिलो स्थानमा थिए । त्यस्तै रवि तेस्रो स्थानमा थिए । शहरी...
-
२०७९ मङ्सिर ६, मंगलबार
भारी मतले काठमाडौं ४ मा गगन थापाकाे विजयी
काठमाडौं - काठमाडौँ क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शानदार मतले विजय हासिल गरेका छन् । उनले फराकिलो मताअन्तरले नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै जित हासिल गरेका हुन् । गगन थापाले २१ हजार ३०१ मत लिएर जितेका छन् । उनका प्रतिपस्र्धी राजन भट्टराई भने ७ हजार ४४६ मतान्तरले पछि परे । थापाको यो क्षेत्रमा सदावहार तेस्रो जित पनि हो । यसअघिको आम निर्वाचन २०७४ मा पनि थापाले...
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर ३ - फराकिलाे मतान्तरबाट तोसिमा कार्की अगाडि
काठमाडौं - ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्कीले फराकिलो मतान्तरले अघि बढेकी छिन् । उनले ३ हजार ८९६ मत पाएकी छिन् । एमालेका उम्मेदवार अमृत खड्काले २ हजार ९ सय ५९ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले १ हजार ७९६ मत पाएकी छिन् ।
-
२०७९ मङ्सिर ६, मंगलबार
इरानविरुद्ध इंग्ल्याण्ड ६–२ गोलअन्तरले विजयी
एजेन्सी- इरानविरुद्ध इंग्ल्याण्डले शानदार जीत निकालेको छ । समूह बी अन्तरगतको पहिलो खेलमा इंग्ल्याण्ड ६–२ गोलअन्तरले विजयी बनेको हो । इंग्ल्याण्डको जीतमा लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले १–१ गोल गरेका हुन् । इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए । बेलिङहमले खेलको ३५ औँ मिनेटमा गोल गर्दै इंग्ल्याण्डलाई अग्रता दिलाएका थिए । बुकायो साकाले...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ७ मा एमालेको अग्रता कायमै
प्रतिनिधिसभा निर्वाचनतर्फ काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेको अग्रता कायमै रहेको छ । यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली अगाडि रहेको काठमाडौं ७ मा अहिले २१९१ मतका साथ नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे अगाडि रहेका छन् । घिमिरेलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुलीले २१४२ मतले पछ्याइरहेका छन् । काठमाडौं ७ मा काँग्रेस गठबन्धनकी उम्मेदवार मानुषी...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं ८ - सुमनलाई पछि पार्दै घण्टीका विराजले लिए पुनः अग्रता
काठमाडौँ ८ मा मंगलबार बिहान ४.१५ बजेसम्म १४ हजार ५०० मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएको छ । श्रेष्ठले ४५६३ मत प्राप्त गरेका छन् । यसैगरी यसअघि अग्रता लिइरहेका हाम्रो नेपाल पार्टीका सुमन सायमी यसपटक दाेस्रो स्थानमा आएका छन् । उनकाे लौरो चिन्हले ३ हजार ७ सय ७३ मत प्राप्त गरेका छन् । नेकपा एमालेका शिवसुन्दर राज वैद्यले १८ सय ४०, जसपाका जीवनराम श्रेष्ठले १८ सय ४४...
-
२०७९ मङ्सिर ६, मंगलबार
काठमाडौं–१ मा रवीन्द्र मिश्रलाई हराउँदै प्रकाशमान सिंह विजयी
काठमाडौं - काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह विजयी भएका छन् । उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई हराएका हुन् । सिंहले २०७४ को निर्वाचनमा पनि मिश्रलाई हराएका थिए । सिंहले झिनाे मतान्तरले मिश्रलाई हराएका हुन् । सिंह १२५ मत अन्तरले विजयी भएका छन् । सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । मिश्रले ७ हजार १८ मत प्राप्त गरे।
-
२०७९ मङ्सिर ६, मंगलबार
ललितपुर- २ मा एमालेका प्रेम महर्जन निर्वाचित
ललितपुर - नेकपा एमालेले पनि ललितपुर- २ बाट विजयकाे खाता खाेलेकाे छ । प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेम महर्जन निर्वाचित भएका छन् ।सोमबार राति सम्पन्न मत गणनाअनुसार महर्जन ९ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । एमालेका महर्जनले १९ हजार ८३४ मत पाएका छन् भने नेपाली पार्टीका सुदीन शाक्यले १० हजार ४४० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले १० हजार १३६ मत पाउँदा...


