-
२०७९ मङ्सिर ४, आइतबार
१ करोड ७९ लाख मतदातामा कतिले गर्लान् मतदान ?
काठमाडाैँ - लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचन अर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सुरू भएकाे छ । मुलुकका ७७ वटै जिल्लामा एकै चरणमा अाज मतदान हुँदै छ । अधिकांश मतदान केन्द्रमा बिहान ७ देखि नै मतदान सुरू भइसकेकाे छ। सभामुख अग्निप्रसाद सापकोटाले पनि बिहान ७ बजे सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गर्नु भएको छ। बेलुका ५ बजेसम्म चल्ने मतदानका लागि १...
-
२०७९ मङ्सिर ४, आइतबार
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान जारी
काठमाडाैं - मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि अहिले मतदान जारी रहेकाे छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ। मतदान केन्द्रमा महिला मतदाताको सङ्ख्यासमेत उल्लेख्यरुपमा देखिएको छ । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको छ । मतदाताले निर्वाचनका लागि तयार गरिएको चार वटा...
-
२०७९ मङ्सिर ३, शनिबार
प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले कहाँबाट गर्दैछन् मतदान?
काठमाडाैं - प्रतिनिधिसभा तथा प्रदेशसभाअन्तर्गत आइतबार हुन गइरहेको निर्वाचनमा प्रमुख दलका सबैजसो शीर्ष नेताले आ-आफ्नाे क्षेत्रबाट मतदान गर्दै छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुरा गन्यापधुरा गाउँपालिका–१, रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्रमा मतदान गर्दै छन् । यसका लागि देउवा केही दिनदेखि डडेलधुरामा छन् । प्रधानमन्त्री देउवाले बिहान ९ बजे मतदान गर्नुहुने...
-
२०७९ मङ्सिर ३, शनिबार
आमनिर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौं - नेपालको संविधानले प्रत्याभूत गरेको जनताको प्रतिस्पर्धात्मक लोकतान्त्रिक शासन प्रणालीबमोजिमको दोस्रो आमनिर्वाचन आइतबार मङ्सिर ४ गते एकैचरणमा मुलुकभर हुँदैछ । मतदानका लागि मतपत्र र निर्वाचन सामग्रीसहित करिब दुई लाख ४६ हजार नौ सय ६० कर्मचारी एवं आवश्यकताअनुसारका सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका छन् भने मतदानस्थल र मतदान केन्द्र निर्माण सकिएको छ । संविधानबमोजिम जनतामा निहीत...
-
२०७९ मङ्सिर ३, शनिबार
"रातो कार” लोक दोहोरी गीत भिडियो सार्वजनिक
अहिले गीत संगीत सुन्नेमात्र हैर्ने कुरा भइसकेको छ भने यसै क्रममा गायकद्वय लीला श्रेष्ठ र नकुल थापाको सहकार्यमा "रातो कार” बोलको लोक दोहोरी गीतको भिडियो सार्वजनिक गरिएको छ।गायक तथा सर्जक लीलाको सरर बसको झ्यालैमा, मलाई माया,कमल फूल फुल्यो,हातमा घडीजस्ता गीत चर्चित छन् भने गायक नकुलले यसअघि कर्कलाको पानी, पीपलु र वर, सुनकोसीमा बलेफी दोभानजस्ता गीत सार्वजनिक गरिसकेका छन्। गीतको भिडियो हालै त्रिपुरा...
-
२०७९ मङ्सिर ३, शनिबार
निर्वाचनको सम्पूर्ण तयारी पूरा : निर्वाचन आयोग
काठमाडौं - निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी...
-
२०७९ मङ्सिर ३, शनिबार
काठमाडौँ उपत्यकाका तीन कारागारमा निर्वाचन तयारी पूरा
काठमाडाैँ - आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो पटक कारागारमा रहेका कैदीबन्दीले मताधिकारको प्रयोग गर्दैछन् । मतदाता नामावलीमा नाम समावेश भई निर्वाचन कसुरमा सजाय पाएका बाहेकका कैदीबन्दीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गरिएको छ । यसैबीच, काठमाडौँ उपत्यकामा रहेका तीन कारागारमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको सम्बन्धित कार्यालयले जनाएका छन् ।...
-
२०७९ मङ्सिर ३, शनिबार
मंसिर ४ को चुनावको अंकगणित
काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार देशभर एकै चरणमा मतदान हुँदैछ । प्रतिनिधिसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी दुई सय ७५ र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी पाँच सय ५० पदका लागि ११ हजार पाँच सय ४३ उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ दुई हजार एक सय ८९ पुरुष र दुई सय २५ महिला गरी कूल दुई हजार चार सय १२ तथा समानुपातिकतर्फ एक हजार १२...
-
२०७९ मङ्सिर ३, शनिबार
पैसा बाँडेको आरोपमा काठमाडौंका एमाले उम्मेदवार प्रहरी नियन्त्रणमा
काठमाडाैं - नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार दिपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदातालाई प्रभावित पार्न पैसा बाँडेको आरोपमा काठमाडौं-५ (२) मा एमाले उम्मेदवार दीपक निरौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार राति बुढानीलकण्ठ नगरपालिका-६ को एक घरमा प्रवेश गरेका निरौलालाई पैसा बाँड्न लागेको भन्दै स्थानीयले घेरा हालेर प्रहरी बोलाई जिम्मा लगाएका हुन् । निरौलासहित एमालेका...
-
२०७९ मङ्सिर ३, शनिबार
१० हजार थान नक्कली मतपत्रसहित २ जना पक्राउ
काठमाडौं - १० हजार थान नक्कली मतपत्र र स्वस्तिक छापसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नं १६ इनर्वाका ३३ वर्षीय राजन सिंह र बाराको कलैया उपमहानगरपालिका वडा नंं १६ का २३ वर्षीय अमिरी राउत कुर्मी रहेको प्रहरीले जनाएको छ । उनीहरुले गएराति बागमती प्रदेश ०१-०२५ च ६६३६ नम्बरको कारमा राखेर १० हजार थान नक्कली मतपत्र, २५० थान स्वस्तिक छाप र ४८ थान स्ट्याम्प प्याड...
-
२०७९ मङ्सिर ३, शनिबार
निर्देशक खरेल र गीतकार खानको हिन्दी भिडियो “ओ बेवफा” सार्वजनिक
"कुइनेटो” शिर्षकको बहु प्रशंसित एवं धेरै पुरस्कारहरु जित्न सफल चलचित्रका निर्देशक माधव राज खरेलको निर्देशनमा हिन्दी गीत “ओ वेवफा”को म्युजिक भिडियो सार्वजनिक भएको छ । आर.जे.म्युजिक प्रोडक्सनको युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा माधव आर. खरेल, साक्षी लम्साल र सागर जि. तमाङले अभिनय गरेका छन् । नेपाली, भोजपुरी मैथली, हिन्दी लगायतका विभिन्न भाषाहरुमा कलम चलाई सकेका गीतकार समिर खानको शब्द रहेको...
-
२०७९ मङ्सिर २, शुक्रबार
आचारसंहिता उल्लङ्घन गर्ने तीन उम्मेदवार र आठ सरकारी कर्मचारीलाई स्पष्टीकरण
स्थिर समयमा चुनावी प्रचारप्रसार गरेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगले आज तीनजना उम्मेदवार र आठजना सरकारी कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । आयोगले आज पत्र काट्दै २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको हो । आयोगका अनुसार बारा क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा ९एकीकृत समाजवादी० का उम्मेदवार कृष्णकुमार श्रेष्ठ र सोही क्षेत्र ४ ९२० का लागि प्रदेशसभा सदस्यका लागि...


