STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं ८ - लौरो लिएका साय्‌मि र घण्टी लिएका श्रेष्ठबीच कडा प्रतिस्पर्धा

    काठमाडौं - काठमाडौं-८ को तीन वटा वडाको मतगणनाको सुरुवाती परिणाम हेर्दा राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । सोमबार बिहान १० बजेदेखि डल्लुस्थित गीता माता विद्यालयमा भइरहेको गणनामा स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठ र हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमी अघि–पछि देखिएका छन् । पछिल्लाे मत परिणामअनुसार लौरो चुनाव चिह्नका सायमीले २३ सय...

  • २०७९ मङ्सिर ५, सोमबार

    काठमाडौं १ - रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै प्रकाशमान सिंह

    काठमाडौं - काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा अग्रता बनाइरहेका राप्रपाका रवीन्द्र मिश्रसँग मतान्तर घटाउँदै नेपाली कांग्रेसका प्रकाशमान सिंह अघि बढिरहेका छन् । पछिल्लाे मतगणनाकाे परिणाममा मिश्रले ३८७० मत ल्याउँदा सिंहले ३८५० मत ल्याएर मतान्तर घटाएका छन्।  राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २३०३ मत ल्याएर तेस्राेमा छन् भने एमालेका किरण पौडेल २२३२ मतसहित चाैथाेमा छन् ।

  • २०७९ मङ्सिर ५, सोमबार

    मुस्ताङबाट कांग्रेसकाे विजयी सुरूआत

    काठमाडौं - यस पटकको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसले मुस्ताङबाट विजयी सुरुआत गरेको छ । नेपाली कांगेसका उम्मेदवार योगेश गौचन थकालीले नेकपा (एमाले)का उम्मेदवार प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै कांग्रेसकाे तर्फबाट विजयकाे खाता खाेलेका छन् । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित योगेश २९ वर्षको छन् । कांग्रेसले उठाएका उम्मेदवारमध्येका सम्भवतः कान्छा योगेशतर्फ यतिखेर सबैको ध्यान...

  • २०७९ मङ्सिर ५, सोमबार

    विश्वकप २०२२ : उद्घाटन खेलमा आयोजक कतार इक्वेडरसँग पराजित

    एजेन्सी - इनर भ्यालेन्सियाको दुई गोलप्रेरित इक्वेडरसँग २-० को नतिजामा पराजित भएसँगै कतार विश्वकपको इतिहासमै उद्घाटन खेलमा पराजित हुने पहिलो आयोजक टिम बनेको छ। आइतबारदेखि कतारमा सुरु भएको विश्वकपको उद्घाटन खेलको पहिलो हाफमै २-० को अग्रता बनाएको दक्षिण अमेरिकी टिम इक्वेडर दोस्रो हाफमा त्यसको बचाऊ गर्दै सहज जित सुनिश्चित गर्‍यो। आयोजक राष्ट्रकारूपमा पहिलो पटक विश्वकप खेल्ने मौका पाएको कतारमाथि...

  • २०७९ मङ्सिर ५, सोमबार

    देशभर शान्तिपूर्ण रुपमा ६१ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं - निर्वाचन आयोगले देशभर शान्तिपूर्ण र उत्साहजनक रुपमा निर्वाचन सम्पन्न भएको जनाएको छ । आयोगले आईतवार राति पत्रकार सम्मेलन गरी देशभर शान्तिपूर्ण रुपमा मतदान कार्य सम्पन्न भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदानको परिणाम आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको बताए । उनले अहिलेसम्म प्राप्त प्रारम्भिक विवरणअनुसार करिव ६१...

  • २०७९ मङ्सिर ४, आइतबार

    काठमाडौंको मतगणना कहाँ कहाँ हुँदैछ ?

    काठमाडौं - काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्रहरुको मतगणना फरक–फरक १० ठाउँमा हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । सबै मतदानस्थलमा सुरक्षाका लागि तारजाली र सीसीटिभी क्यामरा जडान गरिएको छ । काठमाडौं क्षेत्र नं. १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा हुनेछ । क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थलीमा, क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटीमा, क्षेत्र नम्बर ४ को...

  • २०७९ मङ्सिर ४, आइतबार

    बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकको मृत्यु, तीनजना घाइते

      काठमाडौं - बाजुरामा सुरक्षाकर्मीको गोली लागेर एकजनाको मृत्यु हुनाका साथै तीनजना गम्भीर घाइते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिकाका नगरप्रमुख कर्णबहादुर थापाका अनुसार त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको हो । उनका अनुसार सुरक्षाकर्मीको गोली लागेर स्थानीय परशुराम...

  • २०७९ मङ्सिर ४, आइतबार

    मतदानको समय सकियो

    काठमाडौं - मतदानको घोषित समय सकिएको छ । आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मलाई निर्वाचन आयोगले मतदानको समय तोकेको थियो । सोही अनुसार अहिले ५ बजेदेखि मतदानको समय सकिएको हो ।  निर्वाचन आयोगले तोकेको समय अनुसार धेरै ठाउँमा मतदान सकिएको छ भने केही स्थानमा मतदान अझै जारी छ । देशभरका १५ स्थानको मतदान कार्य भने स्थगित भएको छ ।  बिहान ७ बजे नै सञ्चालन हुन नसकेका मतदान केन्‍द्र, आन्तरिक विवादले केहीबेर...

  • २०७९ मङ्सिर ४, आइतबार

    १५ केन्द्रमा मतदान रोकियो : निर्वाचन आयोग

    काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आज जारी मतदानमा १५ वटा मतदान केन्द्रमा मतदान स्थगित भएको छ । निर्वाचन आयोगले मतदान रोकिएका स्थानमा मतदान सुरु गर्ने प्रयास भइरहेको बताएको छ । “प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा देशभर शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ”, आयोगले भनेको छ, “अपरान्ह ३ः३० बजेसम्म १५ मतदान केन्द्रमा मतदान कार्य रोकिएको छ । यी रोकिएका मतदान केन्द्रमा मतदान कार्य...

  • २०७९ मङ्सिर ४, आइतबार

    बाजुरामा मतपेटिकामा आगो लगाइयो

    काठमाडौं - स्वामीकार्तिक खापर गाउँपालिकाका-१ मा रहेको भगवती आधारभुत विद्यालयमा मतपेटिकामा आगजनी भएको छ । प्रदेश सभाको समानुपातिक तर्फको मतपेटीमा आगजनी भएपछि निर्वाचन स्थगित भएको हो ।  आगजनि कस्ले गरेको भन्ने अन्योल रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख सुर्य थापाले जानकारी दिए । देशभर एकैचरणमा आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्न पाइने निर्वाचन आयोगले जनाएको छ। नेपाल सङ्घीय लोकतान्त्रिक...

  • २०७९ मङ्सिर ४, आइतबार

    दोलखाको मतदान केन्द्रमा ७ राउण्ड हवाई फायर

    काठमाडौं - जिल्लाको जफेस्थित कालपानी मावि मतदान केन्द्रमा झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेको छ । एकसाथ धेरै मतदाता हो–हल्ला गर्दै मतदान केन्द्रभित्र प्रवेश गरेपछि झडप भएको थियो । त्यसपछि स्थिति नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले ७ राउण्ड हवाई फायर गरेका हुन् । प्रहरीका अनुसार अहिले मतदान रोकिएको छ ।

  • २०७९ मङ्सिर ४, आइतबार

    १२ः४५ सम्म ३२ प्रतिशत मतदान : निर्वाचन आयोग

    काठमाडौं - आज जारी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर १२ः४५ बजेसम्म ३२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगमा जारी पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो जानकारी दिनुभएको हो । साथै, प्रवक्ता पौडेलले केही छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्णरुपमा मतदान जारी रहेको बताउनुभयो ।

Pages