-
२०७९ मङ्सिर १९, सोमबार
दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं - मनाङ २ बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र निर्वाचित भएका दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्रीसमेत रहेका मनाङेलाई सोमबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । मनाङेले विज्ञप्तिमा भनेका छन्, ‘मेरो पवित्र उद्धेश्यसँग मेल खाने नीति, सिद्धान्त र विचार अहिले हाम्रो देशमा रहेको राजनीतिक पार्टीहरुमध्ये नेपाल...
-
२०७९ मङ्सिर १९, सोमबार
रवि लामिछानेको पद खारेजी माग्दै निर्वाचन आयोगमा निवेदन
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सभापति पद र साधारण सदस्यता तत्काल खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले सोमबार आयोगमा दिएको निवेदनमा कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको र तत्काल सभापति पद र साधारण सदस्यता खारेज गर्न माग गरिएको छ । निवेदनमा भनिएको छ, ‘...
-
२०७९ मङ्सिर १९, सोमबार
नेफ्टा फिल्म अवार्ड अब अमेरिकामा
नेपालको फिल्म अवार्डको इतिहासमा पृथक पहिचान कायम गर्न सफल नेफ्टा फिल्म अवार्डको ११ औं संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । आयोजक संस्था चलचित्र प्राविधिक संघले प्रेस विज्ञप्ति जारी गर्दै आगामी जेठ १३ गते (२७ मे, २०२३) अवार्ड हुन लागेको जनाएको छ । यसअघि मलेसिया, हङकङ, कतार र युएईको दुबइमा अवार्ड गरिसकेको नेफ्टाले पाँचौंपटक विदेशी भूमिमा कार्यक्रम गर्न लागेको हो । अध्यक्ष पुष्कर लामाले...
-
२०७९ मङ्सिर १९, सोमबार
किम्फको बीसौं संस्करण यहि विहिबार देखि शुरु हुने
विशेषगरी पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका फिल्म प्रदर्शन गरिने अन्तर्राष्ट्रिय स्तरको फिल्म फेस्टिभल किम्फको २० औँ संस्करण मंसिर २२ (डिसेम्बर ८) देखि सुरु हुने भएको छ भने मंसिर २६ (डिसेम्बर १२) सम्म हुनेछ। महोत्सव काठमाडौँ, प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा हुनेछ। पाँचदिने महोत्सवमा यसपटक ३० देशका ६० भन्दा बढी फिल्म देखाइनेछन्। महोत्सवमा...
-
२०७९ मङ्सिर १९, सोमबार
"गठबन्धनलाई निरन्तरता दिनु जरुरी"
काठमाडाैं - पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ । बैठकपछि जारी...
-
२०७९ मङ्सिर १९, सोमबार
प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक, कांग्रेस पहिलाे दल
काठमाडाैं - प्रतिनिधि सभामा पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष)तर्फको सबै नतिजा सार्वजनिक भइसकेको छ । आयोगको विवरणअनुसार प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५ सिटमध्ये नेपाली कांग्रेस ५७ स्थानमा विजयी हुँदै पहिलो दल बनेको छ । त्यस्तै, नेकपा (एमाले) ४४, नेकपा (माओवादी केन्द्र) १८, नेकपा (एकीकृत समाजवादी) १०, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय...
-
२०७९ मङ्सिर १९, सोमबार
फ्रान्स विश्वकपकाे क्वाटरफाइनलमा प्रवेश
काठमाडाैं - साविक विजेता फ्रान्स फिफा विश्वकप कतार २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोल्यान्डलाई हराउँदै फ्रान्स उपाधि रक्षामा अघि बढेको हो । आइतबार अल थुमामा रंगशालामा फ्रान्सले ३-१ को जित दर्ता गर्यो । फ्रान्सको जितमा दुवै फरवार्ड ओलिभीएर जिरुड र किलीयन एमबाप्पेले गोल गरे । पहिलो हाफको अन्त्यतिर जिरुडको गोलमा अघि बढेको फ्रान्सले दोस्रो हाफको एमबाप्पेको दुई गोलमा जित पक्का गरेको थियो ।...
-
२०७९ मङ्सिर १९, सोमबार
एकीकृत समाजवादी राष्ट्रिय दलकाे मान्यतामा परेन
काठमाडाैं - गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा सात दलले राष्ट्रिय दलकाे मान्यता पाएका छन् । समानुपातिकतर्फको मतपरिणामका आधारमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टीलाई राष्ट्रिय दलको मान्यता पाएका हुन् । यी सात दलले तीन प्रतिशत थ्रेसहोल्ड कटाएकाले...
-
२०७९ मङ्सिर १९, सोमबार
एमालेसँगको चुनावी सहकार्य सकियाे : उपेन्द्र यादव
काठमाडौं - जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादले नेकपा एमालेसँगको सहकार्य सकिएको घाेषणा गरेका छन् । आइतबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै जसपा अध्यक्ष यादवले एमालेसँगको चुनावी सहकार्य सकिएको बताएका हुन् । गत मंसिर ४ गते भएकाे चुनावमा जसपाले केही सिटमा एमालेसँग तालमेल गरेको थियो । चुनावी तालमेल गर्दा पनि यादव सप्तरी २ बाट जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग फराकिलो...
-
२०७९ मङ्सिर १७, शनिबार
समानुपातिकतर्फ १ करोड ४ लाख मत गन्दासम्म एमालेको अग्रता कायमै
काठमाडौं - प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ । हालसम्मको विवरणअनुसार नेकपा (एमाले)ले २७ लाख ८७ हजार सात सय ५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख आठ सय ७८, नेकपा (माओवादी केन्द्र)ले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार तीन सय ९०, राष्ट्रिय...
-
२०७९ मङ्सिर १७, शनिबार
जोसुकैसँग मिलेर सरकार गठन गर्न सकिने : माओवादी
काठमाडौं - माओवादीद्वारा जोसुकैसँग मिलेर सरकार गठन गर्न सक्ने विकल्प खुलाफाइल तस्विर । नेकपा माओवादी केन्द्रले नयाँ सरकार गठनका लागि जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राखेकाे छ । शनिबार चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो निर्णय भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । एमालेसँग माओवादी मिल्नसक्ने आशंका भईरहँदा सो पार्टीले सरकार गठनका विकल्पहरु...
-
२०७९ मङ्सिर १७, शनिबार
नेदरल्यान्ड्स विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम
एजेन्सी - कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा पुग्ने पहिलो टिम नेदरल्यान्ड्स बनेको छ। चार वर्षअघि रुसमा भएको विश्वकपमा छनोट हुन नसेकेको डच टिम शनिबार राति भएको अन्तिम १६ को खेलमा अमेरिकालाई ३–१ गोलको नतिजामा पराजित गर्दै अन्तिम आठमा स्थान बनाएको हो। नेदरल्यान्ड्सले खेलेका पछिल्ला तीन विश्वकपमा लगातार क्वार्टरफाइनलमा पुर्याउन डम्फ्रिजले दुई असिस्ट र एक गोलसहित उत्कृष्ट प्रर्दशन गरे।...


