-
२०७९ कार्तिक २३, बुधबार
डाेटी भूकम्पमा ६ जनाकाे मृत्यु, ५ जना घाइते
काठमाडौं - डोटीमा भूकम्पले घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय साना गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक नयनसिंह भाटका अनुसार पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ५० वर्षीय प्रेम बोहरा, १३...
-
२०७९ कार्तिक २२, मंगलबार
यस्ताे देखियाे खग्रास चन्द्रग्रहण
काठमाडाैं - कार्तिक शुक्ल पूर्णिमाका अवसरमा आज बेलुकी लागेको ग्रस्तोदित खग्रास चन्द्रग्रहण सकिएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको समितिले प्रकाशन गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ मा उल्लेख छ । बेलुकी ०५ः१३ बजे...
-
२०७९ कार्तिक २२, मंगलबार
कांग्रेसद्वारा ७४ नेता कार्यकर्तालाई कारबाही
काठमाडौं - नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो । कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस...
-
२०७९ कार्तिक २२, मंगलबार
निर्वाचनका लागि नेपाल–भारत सीमानाका तीनदिन अघिदेखि बन्द गरिने
काठमाडौं - आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि सर्लाहीसहित मधेश प्रदेशका नेपाल–भारत सीमा नाका तीनदिन अघिदेखि बन्द गरिने भएको छ । नेपाल–भारत दुवैतर्फका सुरक्षा अधिकारी तथा जिल्लाका पदाधिकारीहरु र सम्वद्ध अधिकारीहरुबीच मंगलबार भएको छलफलबाट मतदानको तीन दिनअघि अर्थात् ७२ घण्टा अघिदेखि नै सीमा नाका सिल गर्ने निर्णय भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले...
-
२०७९ कार्तिक २२, मंगलबार
विश्वकप हेर्ने दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश जारी
काठमाडौं - सर्वाेच्च अदालतले विश्वकप हेर्नका लागि दर्शकसँग अतिरिक्त शुल्क नलिन अल्पकालीन अन्तरिम आदेश दिएको छ । मंगलबार बसेको न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले सोसम्बन्धी रिटको सुनुवाई गर्दै थप पाँच सय रुपैयाँ शुल्क उठाउने निर्णय कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । मंसिर ४ गतेबाट सुरु हुने सो विश्वकप फुटबल प्रतियोगिताको नेपालबाट प्रशारण गर्ने अधिकार पाएको मिडिया...
-
२०७९ कार्तिक २०, आइतबार
निहारिकाको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खायो
काठमाडौं - ‘कुमारी आमा’ भनेर चिनिएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मेल खाएको छ । ललितपुरको खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्दा राजपुतका छोराको डीएनए श्रेष्ठसँग मेल खाएको हो । राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै न्यायका लागि अनसनसमेत बसेकी थिइन् । सरकारले उनको आवाज नसुनेपछि राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय,...
-
२०७९ कार्तिक २०, आइतबार
आलिया भट्टलाई पुत्रीलाभ
काठमाडौं - बलिउडकी क्यूट अभिनेत्री आलिया भट्टले आइतबार मुम्बईको रिलायन्स फाउन्डेशन अस्पतालमा पहिलो सन्तानलाई जन्म दिएकी छन् । अभिनेत्री आलियाले आज पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी हुन् । योसँगै आलिया र रणवीर कपूरको घरमा छोरी (लक्ष्मी)को जन्म भएको छ । डेलिभरीको समयमा आलियासँगै श्रीमान रणवीर कपूर पनि उपस्थित थिए । योसँगै रणवीर र आलिया एक छोरीको आमाबुवा बनेका छन् । अभिनेत्रीको डेलिभरी...
-
२०७९ कार्तिक २०, आइतबार
‘नो नट अगेन’विरुद्ध कारबाही अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश
काठमाडौं - ‘नो नट अगेन’ फेसबुक पेज र ग्रुप सञ्चालन गर्नेहरुविरुद्ध कारबाही अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता अनिल आचार्यले यस कदमविरुद्ध दायर गरेको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले उक्त अन्तरिम आदेश जारी गरेको हो । निर्वाचन आयोगद्वारा नो नट अगेन अभियानको फेसबुक पेज र ग्रुप बन्द गर्न निर्देशन दिइएको छ...
-
२०७९ कार्तिक २०, आइतबार
लौरो अभियानको प्रतिबद्धता–पत्र सार्वजनिक
काठमाडौं - लौरो अभियानले आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । आइतबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरी लौरो अभियानले आफ्नो चुनावी घोषाणापत्र सार्वजनिक गरेको हो । अभियानले नेपालको राजनीतिक प्रणालीमा सबै वर्ग, जाजाति, भाषा, लिङ्ग, धर्म, सांस्कृतिक समुदायहरुलाई राज्यको नीति निर्माणमा सहभागी गराउन तथा राजनीतिको मुल प्रवाहमा समावेश...
-
२०७९ कार्तिक २०, आइतबार
सन्दीप लामिछानेलाई केन्द्रीय कारागार-सुन्धारा पठाइने
काठमाडौं - राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिने भएको छ । शुक्रबार जिल्ला अदालत, काठमाडौंले सन्दीपलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार आदेशमा सन्दीपलाई केन्द्रीय कारागार, सुन्धारा चलान गर्न भनिएको छ । वादी र प्रतिवादीका तर्फबाट भएको कानून व्यवसायीको थुनछेक बहसपछि शुक्रबार न्यायाधीश...
-
२०७९ कार्तिक १८, शुक्रबार
एमालेले आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै
काठमाडौं - नेकपा (एमाले)ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज दार्चुलाबाट राष्ट्रव्यापी चुनावी अभियान सुरु गर्दै छ । अध्यक्ष केपी शर्मा ओलीले आज दार्चुलामा आयोजना गरिने चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । बिहान ११ बजे उहाँले खलङ्गामा अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रतिनिधिसभाका उम्मेदवार गणेशसिंह ठगुन्नाले जानकारी दिए। कार्यक्रममा सहभागी हुन ओली...
-
२०७९ कार्तिक १८, शुक्रबार
गृहजिल्लामा देउवाले आज चुनावी सभालाई सम्बाेधन गर्दै
काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन् । सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् । उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसेका छन् । प्रधानमन्त्री...


