STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ कार्तिक २६, शनिबार

    मेयर बालेनद्वारा काठमाडौंकाे सामुदायिक विद्यालयकाे निरीक्षण

    काठमाडौं - काठमाडौँ महानगरका प्रमुख बालेन्द्र साहले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने ध्येयका साथ सामुदायिक विद्यालयको निरीक्षण गरेका छन् । उनले आज कामपा–१२ स्थित ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको भौतिक पूर्वाधार, प्रशासनिक अवस्था, शैक्षिक तथा अतिरिक्त क्रियाकलापका बारेमा जानकारी लिएका थिए । सो अवसरमा प्रमुख साहले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक...

  • २०७९ कार्तिक २६, शनिबार

    अभिनेत्री मनिषाले मागे राप्रपाकाे लागि भाेट

    काठमाडौं - बलिउड अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आम मतदातालाई आह्वान गरेकी छन् । शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभामा बोल्दै उनले राजेन्द्र लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले आफूले राप्रपाका उम्मेदवारलाई रोजेको पनि स्पष्ट पारेकी छन् । ‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह’ रहेको कुरा...

  • २०७९ कार्तिक २६, शनिबार

    लुटेर ल्याएको पैसा एमालेसँग छैन : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले गरिबहरूको पार्टी भएको बताएका छन्। धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अरू पार्टीले जस्तो भ्रष्टाचार गरेर र लुटेर ल्याएको पैसा एमालेसँग नभएको बताए । उनले भने, ‘एमाले पार्टीले कार्यकर्तालाई माया गर्छ । तर, पैसा हामीसँग छैन । त्यो कुरा थाहा पाउनुपर्छ । अरुसँग पैसा होला कार्यकर्तालाई बाँड्ला । हामी देश बनाउँछौँ । त्यसकारण पैसा छैन । हामीले...

  • २०७९ कार्तिक २६, शनिबार

    पाकिस्तान र इङ्ल्यान्ड विश्वकपमा भिड्दै

    काठमाडौं - इंग्ल्यान्डले अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको छ । एडिलेट ओभलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा भारतलाई १० विकेटले हराउँदै इंग्ल्यान्डले फाइनलमा स्थान बनाएको हो । इंग्ल्यान्ड टी-ट्वान्टी विश्वकपमा दोस्रो पटक फाइनल पुगेको हो । अब इंग्ल्यान्डले उपाधिका लागि पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले...

  • २०७९ कार्तिक २४, बिहिबार

    आज जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती मनाइँदै

    काठमाडाैं - प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल भएका थिए । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद...

  • २०७९ कार्तिक २३, बुधबार

    पाकिस्तान विश्वकपको फाइनलमा

      एजेन्सी - बुधबार सिड्नीमा भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै पाकिस्तान अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपको फाइनलमा पुगेको छ। सन् २००९ पछि पहिलो पटक विश्वपको फाइनलमा पुगेको पाकिस्तानको यात्रा कुनै चलचित्रको पटकथाभन्दा कम रहेन। सुपर १२ को पहिलो खेलमा भारतसँग चार विकेटले पराजित हुँदै यात्रा सुरु गरेको पाकिस्तानले दोस्रो खेलमा जिम्बाब्वेसँग अप्रत्यासित एक रनको हार...

  • २०७९ कार्तिक २३, बुधबार

    सुन्धारास्थित होटलमा पंखामा झुन्डिएको अवस्थामा पत्रकार फेला

    काठमाडौं - पत्रकार सरोजराज अधिकारी सुन्धारास्थित एक होटलमा मृतावस्थामा फेला परेका छन् । कात्तिक २१ गतेदेखि घरबाट निस्केका उनी २ दिनसम्म घर नर्फकिएपछि पत्नीले प्रहरीमा निवदेन दिएपछि खोजी गर्दा बुधबार साँझ सुन्धाराको एक होटलमा मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहोराले जानकारी दिए । एसएसपी बोहोराका अनुसार अधिकारीकी पत्नीको निवेदन परेपछि प्रहरीले उनको मोबाइल ट्र्याक गर्दा...

  • २०७९ कार्तिक २३, बुधबार

    मेलम्चीको पानी राजधानी आउन किन ढिलो ?

      काठमाडौं - वर्षा सकिएर सुक्खा मौसम लागेपनि मेलम्चीको पानी राजधानीमा नआउदा खानेपानीको अभाव बढ्न थालेको छ । सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा हेडवर्कस निर्माण नसकिएकाले वर्षामा सुरुङमा पानी बन्द गरिन्छ । विसं २०७८ असार १ गतेको बाढीले आयोजनास्थलमा क्षति भएपछि वर्षामा सुरुङ बन्द गर्न थालिएको हो । बाढी आउने अघिल्लो दिन सुरुङ बन्द...

  • २०७९ कार्तिक २३, बुधबार

    धानको समर्थन मूल्य तोकियो

      काठमाडौं - सरकारले धानको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक १६ गतेको निर्णयानुसार चालु आर्थिक वर्ष २०७९/०८० का लागि मोटा धान प्रतिक्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ तोकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षमा धान खरिदका लागि तोकिएको समर्थन...

  • २०७९ कार्तिक २३, बुधबार

    आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया बदर गर्न आयोगको निर्देशन

    काठमाडौं - निर्वाचन आयोगले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको सानोठिमी क्याम्पस, भक्तपुरसमेतका क्याम्समा निर्वाचन आचारसंहिता, २०७९ लागु भइसकेपश्चात विज्ञापन खोली आंशिक प्राध्यापकलाई करार गर्ने प्रक्रिया तत्काल बदर गर्न निर्देशन दिएको छ । आयागले विश्वविद्यालयको रजिष्ट्रारको कार्यालय र उक्त क्याम्पसलाई करार गर्ने प्रक्रिया तत्काल बन्द र बदर गर्न निर्देशन दिएको हो । आयोगले उक्त क्याम्पस प्रमुखलाई सो...

  • २०७९ कार्तिक २३, बुधबार

    सुविख्यात चलचित्र निर्देशक चेतन कार्कीको सम्झना

    चेतन कार्की प्रतिष्ठानको आयोजनामा मंगलबार एक कार्यक्रम आयोजना गरी प्रसिद्ध चलचित्रकर्मी, गीतकार तथा संस्कृतिविद् चेतन कार्कीको ८५ औँ जन्मजयन्तीका अवसरमा उनको चलचित्र र सांस्कृतिक क्रियाशीलतालाई सम्झने काम गरिएको छ ।  चेतन कार्की प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले चेतन कार्कीसँगका केही स्मरण सुनाउँदै कार्की स्वाभिमानी भएको...

  • २०७९ कार्तिक २३, बुधबार

    लौरो चिन्ह प्राप्त पार्टीसँग मेराे कुनै सम्बन्ध छैन : बालेन साह

    काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो । आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्, ‘स्थानीय सदस्य...

Pages