-
२०७९ मङ्सिर २, शुक्रबार
‘उपत्यकाकाको निर्वाचन सुरक्षामा कुनै कसर बाँकी राखिएको छैन’
यही ४ गतेको चुनाव प्रभावित पार्ने उद्देश्यले काठमाडौँका विभिन्न चार स्थानमा राखिएका शङ्कास्पद वस्तु हटाइएकोे छ । निर्वाचनको पूर्वसन्ध्यामा तर्साउनका लागि राखिएको नक्कली वस्तु आज हटाइसकिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिनुभयो । उहाँका अनुसार ती सबै वस्तु नक्कली रहेको र नेपाली सेनाको बम डिस्पोजल टोलील हटाएको हो । उहाँले ती वस्तुहरू आज...
-
२०७९ मङ्सिर २, शुक्रबार
जावलाखेल, हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला, कुकर बम सेनाद्वारा डिस्पोज
काठमाडौं - निर्वाचन मिति जजिकिएसँगै काठमाण्डौ उपत्यकाका फरक–फरक ३ स्थानमा शंकास्पद वस्तु फेला परेका छन् । प्रहरीका अनुसार ललितपुरको जावलाखेल, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा शंकास्पद वस्तु फेला परेका हुन् । जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम भने नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जनाइएको छ । ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय नजिकै बम फेला परेको प्रहरीले जनाएको छ...
-
२०७९ मङ्सिर २, शुक्रबार
मौन अवधिमा प्रचार गरे २५ हजार जरिवाना
काठमाडाैं - यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएकाे छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्मको अवधिमा दल तथा उम्मेदावरको पक्षमा प्रचारप्रसार गर्न नपाउने व्यवस्था गरेको छ । यस अवधिमा कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने...
-
२०७९ मङ्सिर २, शुक्रबार
मौन अवधि उल्लङ्घन गर्ने सञ्चारमाध्यमले लोककल्याणकारी विज्ञापन नपाउने
काठमाडाैं- प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो । “स्थिर समय...
-
२०७९ मङ्सिर १, बिहिबार
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सवको अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तरक्रिया सम्पन्न
नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ (निटफेस्ट २०२२)ले अग्रिम कार्यक्रम स्वरुप अग्रजसँग अन्तर्क्रिया बिहिवार सम्पन्न गरेको छ । निटफेस्टले महोत्सव सुरु हुनु ८ दिन अघि ‘म त लालीगुराँश भएछु’ शीर्षकमा अग्रज रङ्गकर्मीहरुसँग नेपाली रङ्गमञ्चमा गर्नुभएका अनुभव, कलाशैली, संघर्ष र तत्कालिक समय सन्दर्भमा अन्तक्र्रिया गरेको हो । नेपाली रङ्गमञ्चको तीनपुस्ताबीचको भलाकुसारीका रुपमा गरिएको कार्यक्रममा अग्रज...
-
२०७९ मङ्सिर १, बिहिबार
सत्तागठबन्धन नै अगाडि रहने दावी गर्ने कल्पना धमला
काठमाडौं २१ वडा स्थित लगन टोलमा लोकतान्त्रिक वामगठबन्धन बिशाल सभा सम्पन्न भएको छ । सो सभामा काठमाडौं क्षेत्र ९का प्रदेश सभा सदस्य (क) का उम्मेदवार नानू बास्तोलाले आफु बिजयी भएमा प्रदेश बजेटबाट २१ वडाले हाल भोग्दै आइरहेको पानीको समस्या र बाटो को समस्या समाधानलाई पहिलो प्राथमिकताकासाथमा अघि बढ्न र साँस्कृतिक र पर्यटन क्षेत्रको बिकास गर्न लागिपर्ने प्रतिबद्धता जाहेर गर्नु भयो । आगामी...
-
२०७९ मङ्सिर १, बिहिबार
हरेक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था हुने
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा व्यवस्था मिलाएको बताएको छ । निर्वाचन आयोगले बिहीवार पत्रकार सम्मेलन गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहीत, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सम्पूर्ण सुरक्षा प्रवन्ध मिलाइसकेको बताएको हो । निर्वाचनको सुरक्षाका लागि प्रत्येक मतदान केन्द्रमा आवश्यक सुरक्षाकर्मीसहित तीन घेराको सुरक्षा व्यवस्था...
-
२०७९ मङ्सिर १, बिहिबार
निर्वाचनको दिन मङ्सिर ४ गते देशभरको मौसम कस्तो होला त ?
काठमाडाैं- प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको दिन यही मङ्सिर ४ गते देशभरको मौसम सामान्यतया सफा रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार महाशाखाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि यही मङ्सिर २ देखि ४ गतेसम्मको प्रारम्भिक मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै निर्वाचनको समयमा मौसम सफा रहने जनाएको हो । निर्वाचनका दिन र त्यसको दुई दिनअघिको मौसम...
-
२०७९ मङ्सिर १, बिहिबार
आजदेखि मदिरा ओसारपसार, बिक्री र सेवनमा रोक
काठमाडौं - जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि जिल्लामा मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको छ । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि मदिरा ओसारपसार, बिक्री वितरण तथा सेवनमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले जानकारी दिए। ढुङ््गेलद्वारा जारी...
-
२०७९ मङ्सिर १, बिहिबार
नेपाली टेलिभिजनले विश्वकप फुटबल लाइभ देखाउन पाउने
काठमाडौं - पाँच दिनपछि कतारमा सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने/नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ । बुधबार न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो । यसअघिको आदेश खारेज भएससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका...
-
२०७९ मङ्सिर १, बिहिबार
गठबन्धन पाँच वर्षसम्म : गगन थापा
काठमाडाैं- आसन्न निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ४ चासोका साथ हेरिएको क्षेत्र हो । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापा र नेकपा (एमाले) पोलिटब्यूरो सदस्य राजन भट्टराई मुख्य प्रतिस्पर्धी छन् । थापाले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा समेत घोषणा गरेकाले यस क्षेत्रप्रति सबैको चासो बढेको छ । मङ्सिर ४ गते हुने निर्वाचनमा थापा र भट्टराई दुवै जनाले आफ्नो जित सुनिश्चित भएको भन्दै आ–आफ्नै...
-
२०७९ मङ्सिर १, बिहिबार
हाम्रो विजय सुनिश्चित : सत्तागठबन्धन
काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनमा सत्तागठबन्धनले आफूहरूको जित सुनिश्चित भएको दाबी गरेको छ । विहीबार कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् । आगामी निर्वाचनबाट विघटनकारी तथा प्रतिगमनका...


