-
२०७९ आश्विन २, आइतबार
प्रचण्डको अभिव्यक्तिप्रति विश्व हिन्दू परिषद्को ध्यानाकर्षण
काठमाडौं - विश्व हिन्दू परिषद्, नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अध्यक्ष प्रचण्डले शनिबार विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा आयोजित राष्ट्रिय विज्ञान दिवस कार्यक्रममा हिन्दू धर्मलाई आघात पुग्नेगरी अराजक टिप्पणी गरेको भन्दै हिन्दू परिषदले उक्त टिप्पणी अक्षम्य, निन्दनीय र दूर्भाग्य भएको ध्यानाकर्षण गराएको छ । ‘...
-
२०७९ आश्विन २, आइतबार
राष्ट्रपतिले दिइन् ७०२ जना कैदीलाई कैद मिनाहा र माफी
काठमाडौं - असोज ३ गते संविधान दिवसको अवसरमा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७०२ जना कैदीलाई कैद मिनाहा र माफी दिएकी छन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम संविधान दिवसको अवसरमा कैद सजाय माफ गरेकी हुन् । कैद माफीमा पाउनेहरुलाई असल चालचलनको आधारमा बाँकी कैद माफी दिइएको छ । यसरी कैदी जीवन बाँकी रहे पनि कैद...
-
२०७९ आश्विन २, आइतबार
टुकुचामाथि बनेका घर नभत्काउन उच्च अदालतको आदेश
काठमाडौं - टुकुचाको भूमिगत सुरूङमाथि बनेका घरहरू नभत्काउन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ। आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन अल्पकालीन...
-
२०७९ आश्विन २, आइतबार
आज जितिया पर्वको मुख्य दिन ‘उपवास’ बसिँदै
थारू समुदायका महिलाले तीन दिनसम्म मनाउने जितिया पर्वको मुख्य दिन आज उपवास (व्रत) परेको छ । सो समुदायले मनाउने प्रमुख चाडमध्येको जितियापर्व भाद्र कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाउने गरिन्छ । यसका अवसरमा सो समुदायका महिला झाम्टा नाच नाच्दै गाउँदै जितिया मनाइरहेका छन् । पर्वको पहिलो दिन सप्तमीलाई ‘लाहा खाएके’ (दर खाने), अष्टमीको दिनलाई ‘उपवास’ (व्रत) र नवमीको दिनलाई ‘पारन’ (व्रत समाप्त)...
-
२०७९ आश्विन १, शनिबार
महाभियोग सिफारिस समितिले सभामुखलाई बुझायो प्रतिवेदन
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाभियोग लगाउनका लागि तयार पारिएको प्रतिवेदन सभामुखलाई बुझाइएको छ। महाभियोग सिफारिस समितिले शनिबार सभामुख अग्नीप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो। समितिले शनिबार नै निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाउन सिफारिस गरेको थियो। नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीको असहमतिका बीच समितिले बहुमतका आधारमा प्रतिवेदन पास गरेको हो...
-
२०७९ आश्विन १, शनिबार
निलम्बित प्रधानन्यायाधीश राणालाई महाभियोग लगाउन सिफारिस
काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई महाभियोग लगाउन सिफारिस गरेकाे छ । ११ सदस्यीय समितिको बहुमत सदस्यले राणामाथि महाभियोग प्रस्ताव ९ बुँदामा आधार प्रस्तुत गरेका छन् । समितिकी सदस्य कल्याणी खड्काले केही आरोपहरुमा प्रमाण जुटाउन बाँकी रहे पनि जेजति विषय आएका छन् ती विषयहरु नै निलम्बित प्रधानन्यायाधीश राणामाथि महाभियोग लगाउन पर्याप्त...
-
२०७९ आश्विन १, शनिबार
अछाममा पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु
काठमाडौं - अछामका विभिन्न स्थानमा अविरल वर्षापछि खसेकाे पहिराेमा पुरिएर २१ जनाकाे मृत्यु भएकाे भएकाे छ । २ जना बेपत्ता छन् । निमित्त प्रमुख जिल्ला अधिकारी दीपेश रिजालका अनुसार शनिबार साँझसम्म तुर्माखाँद गाउँपालिका–५ नाडामा आठ जनाको शव फेला परेको छ भने एक जना बेपत्ता छन् । कमल बजार नगरपालिका –६ मा ७ जनाको मृत्यु भएको छ भने वडा नम्बर ८ मा ५ जनाको मृत्यु भएको छ । ढकारी गाउँपालिका–६ मा एक जनाको...
-
२०७९ आश्विन १, शनिबार
धर्म संस्कृतिको संरक्षण गर्नु सबैको साझा दायित्वः मन्त्री श्रेष्ठ
संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीनवराम श्रेष्ठले जात्रा पर्व, धर्म संस्कृति राज्यको सम्पत्ति रहेको भन्दै त्यसको संरक्षण गर्नु सबैको साझा दायित्व रहने बताउनुभएको छ । आज यहाँ नरदेवी श्वेतकाली मन्दिरको उद्घाटन समारोहमा मन्त्री श्रेष्ठले कला संस्कृतिको संरक्षण नगरेसम्म मुलुकमा आर्थिक रुपान्तरण हुन नसक्ने बताउनुभयो । देश विकासको मुख्य आधार नै पर्यटन रहेकाले पर्यटनसँग जोडिएको सम्पदाको...
-
२०७९ आश्विन १, शनिबार
चाडपर्व नजिकिएसँगै मूल्य वृद्धि
काठमाडौं - चाडपर्व नजिकिएसँगै बजारमा अत्यावश्यक सामग्रीको मूल्य बढ्न थालेको छ । जसले गर्दा आम सर्वसाधरणलाई दैनिकी चलाउन कठिन भएको छ । चाडबाडलाई लक्षित गर्दै व्यवसायीहरुले दैनिक प्रयोग हुने दाल, चामल, तेल, चिनी, तरकारी र फलफुलको मूल्य बढाएका छन् । पेट्रोलियम पदार्थको मूल्य वृद्धिलाई देखाउँदै व्यवसायीले भाउ बढाउन थालेका हुन् । यतिकै त आकाशीएको बजार भाउ चाडपर्व नजिकिएसँगै झनै बढेको छ । चाडपर्व...
-
२०७९ आश्विन १, शनिबार
प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यरात सकिँदै
काठमाडौं - प्रतिनिधिसभाको कार्यकाल शनिबार मध्यराति सकिँदै छ । मौजुदा प्रतिनिधिसभाको ११ औँ तथा अन्तिम अधिवेशन पनि शनिबारै मध्यराति सकिँदैछ । सरकारले अधिवेशन अन्तयका लागि राष्ट्रपति समक्ष सिफारिस गरे बमोजिम राष्ट्रपति विद्यादेवी भणडारीले अधिवेशन अन्त्यको सूचना जारी गरिसकेकी छन् । यो अधिवेशनका क्रममा ६८ वटा बैठक बसेको संसद सचिवालयले जनाएको छ । एघारौं अधिवेशनको पहिलो बैठक २०७९ जेठ ३ गते मंगलबार...
-
२०७९ आश्विन १, शनिबार
गृह मन्त्रालय र मिटर ब्याज पीडितबीच सहमति
काठमाडौं - गृह मन्त्रालय र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिपछि संघर्ष समितिले काठमाडौँको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका सबै कार्यक्रम स्थगित हुने भएका छन् । सहमतिमा मन्त्रालयका तर्फबाट मीटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहेका...
-
२०७९ आश्विन १, शनिबार
प्रदीप खड्काद्वारा भुवन केसीको राजीनामा माग
काठमाडौं - ‘प्रेमगीत’फेम अभिनेता प्रदीप खड्काले चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको राजीनामा माग गरेका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता प्रदीपले बोर्डका अध्यक्ष केसीको राजीनामा माग गरेका हुन् । अभिनेता प्रदीपले कात्तिक १ गतेदेखि (आज)बाट लागू हुने गरी राति ११ बजेपछि फिल्म हल बन्द हुने निर्णय गरेको भन्दै विकास बोर्डका अध्यक्ष केसीको राजीनामा मागेका हुन् । विकास बोर्डको...


