-
२०७९ आश्विन १, शनिबार
भारतमाथिको ऐतिहासिक जितपछि नेपाल फाइनलमा
काठमाडौं - भारतमाथिको ऐतिहासिक जितपछि काठमाडौंमा जारी छैठौं संस्करणको साफ महिला फुटबल च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । विगतका संस्करणको विजेता भारतमाथि १–० को रोमाञ्चक जितसहित उपाधि नजिक पुग्दा नेपालले बंगलादेश प्रतिद्वन्द्वी पाएको छ । काठमाडौंमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा शुक्रबार चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश ग¥यो । शुक्रबार भएको दोस्रो...
-
२०७९ आश्विन १, शनिबार
राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ समारोह सम्पन्न
जनजातिखबरका संरक्षक सम्मानित एभर ग्रीन वर्ल्ड वाईड इन्टरटेन्मेन्ट दशाै बर्ष प्रवेश को ग अवसरमा राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम समारोहको आयोजना गरिएको छ । आयोजक संस्थाका अध्यक्ष प्रसिद्ध हास्य कलाकार गोपाल ढकाल छन्दे को सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी प्राज्ञ तथा अति विशिष्ट चलचित्रकर्मि नीर शाह रहनु भएको थियो । प्रमुख अतिथी शाहले नेपालको मौलिक...
-
२०७९ आश्विन १, शनिबार
खेलाडीहरूको सम्मानमा मध्यपुरमा भव्य कार्यक्रम
नवाैं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बधाई तथा सम्मान गरेकाे छ । असाेज २७ गतेदेखि पाेखरामा सुरू हुने प्रतियोगितामा राष्ट्रिय जिम्न्याष्टिक खेलाडीहरू क्रमशः सुमन तामाङ, सुबी भासिमा, जेनिसा थापा र प्रकृति थापामगरलाई मध्यपुरकाे विनायक शिक्षा निकेतन स्कूलले सम्मान गरेकाे हाे । विनायकमा अध्ययन गर्ने राष्ट्रिय खेलाडीहरूलाई प्राेत्साहन स्वरूप ट्रयाकसुट र टिसर्ट समेत प्रदान गरिएको...
-
२०७९ भाद्र ३१, शुक्रबार
भारतबाट घटेर आयो पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य
काठमाडौं - भारतबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आएको नेपाल आयल निगमले जनाएको छ । निगमका अनुसार शुक्रबार प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । इण्डियल आयल कर्पाेरेशन (आइओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार प्रतिलिटर पेट्रोलको मूल्य ६ रुपैयाँ ५५ पैसा, डिजेलको मूल्य प्रतिलिटर ४४ पैसा र हवाइ इन्धनको मूल्य प्रतिलिटर एक रुपैयाँ ५० पैसाले घटेर आए छ । नयाँ मूल्य...
-
२०७९ भाद्र ३१, शुक्रबार
विजया दशमीको साइत असोज १९ गते बुधबार ११ः५१ बजे
काठमाडौं - यसवर्ष विजयादशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । त्यस दिन बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ । विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो...
-
२०७९ भाद्र ३१, शुक्रबार
संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौं - मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्यायन मन्त्री जीवनराम श्रेष्ठले शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका हुन्। शुक्रबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले असोज १ गते शनिबार मध्यरातदेखि संसदको ११ औँ...
-
२०७९ भाद्र ३१, शुक्रबार
डेङ्गु संक्रमितका लागि हटलाइन सुरु : १०२ बाट एम्बुलेन्स, ११८० बाट परामर्श
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँमा डेङ्गु रोगको संक्रमण भएमा निःशुल्क एम्बुलेन्स उपलब्ध गराउन सक्ने बताएका छन् । डेंगुको शंका लागेमा या सिकिस्त भएमा १०२ नम्बरमा कल गरेर महानगरपालिकाको एम्बुलेन्स सेवा लिन बालेनले आग्रह गरेका छन् । मेयर बालेनले डेंगुका सन्दर्भमा ११८० नम्बरमा कल गरेर स्वास्थ्यकर्मीहरुबाट परामर्श लिन र १०२ नम्बरमा कल गरेर निःशुल्क एम्बुलेन्स सेवा लिन...
-
२०७९ भाद्र ३१, शुक्रबार
बालेन र सुनितालाई कमल थापाकाे स्याबासी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले काठमाडौंका मेयर बालेन्द्र साह र उपमेयर सुनिता ढंगोललाई स्याबासी दिएका छन् । उनले ट्वीट गर्दै टुकुचा खोला पत्तो लगाएको भन्दै स्याबासी दिएका हुन् । अध्यक्ष थापाले काठमाडौं महानगरले हराएको टुकुचा खोला खोज्ने साहसिक काम गरेको समेत बताएका छन् । उनले सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा...
-
२०७९ भाद्र ३१, शुक्रबार
आजदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने
काठमाडौं - शुक्रबारदेखि नेपाल टेलिकमले निःशुल्क इ-सिम वितरण गर्ने भएको छ। टेलिकमले दूरसञ्चार कार्यालय, सुन्धारा काउन्टरबाट कम्पनीका ग्राहकलाई निःशुल्क इ-सिम वितरण गर्न लागेको हो। इ-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकले नयाँ प्रविधिको सिम प्रयोग गर्नसक्ने टेलिकमले जनाएको छ। हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरूका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क इ-सिममा परिवर्तन गर्न सकिने छ। ...
-
२०७९ भाद्र ३०, बिहिबार
डेंगु संक्रमितका लागि काठमाडौं महानगरको हटलाइन सेवा सुरू
काठमाडौं - काठमाडौं महानगरपालिकाले बिहीबारदेखि डेंगु संक्रमितका लागि हटलाइन सेवा सुरु गरेको छ। संक्रमित भए वा भएको शंका लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूबाट नै परामर्श पाउन सकिने महानगरले जनाएको छ। डेंगु संक्रमण नियन्त्रण तथा रोकथामका लागि महानगरस्तरमा सक्रिय रहेको र भइरहेका कार्यक्रमहरूलाई थप विस्तार गर्दै नयाँ कार्यक्रमहरू पनि ल्याएर स्रोत तथा जनशक्तिको अधिकतम प्रयोग गरिरहेको प्रमुख...
-
२०७९ भाद्र ३०, बिहिबार
तातोपानी र रसुवा नाका खुल्याे
काठमाडौं - झण्डै एक महिना बढी समयदेखि कोभिड–१९को सङ्क्रमण बढेको भन्दै बन्द भएका तातोपानी र रसुवातर्फका नाका आजदेखि खुलेका छन् । नेपालको चार दिने औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको भ्रमणका क्रममा भएका द्विपक्षीय सहमति पश्चात नाका खुलेको बताइएको छ । साथै कोभिड–१९को सङ्क्रमण घटेकाले पनि दुवै नाका आजदेखि सञ्चालन गरिएको समेत जनाइएको छ ।...
-
२०७९ भाद्र ३०, बिहिबार
गायब भएको टुकुचा जयनेपाल सिनेमाहलमा भेटियो
काठमाडौं - काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाएको हो । हलको कम्पाउण्ड खनेर खोला उत्खनन् गर्नेक्रममा करिब १५ फिटको गहिराइमा टुकुचा खोला फेला परेको थियो । महानगरले १२ साउनमा सूचना जारी गरेर टुकुचाको अतिक्रमण हटाउन ३५ दिने निर्देशन दिएको थियो । नारायणहिटी...


