-
२०७९ भाद्र २०, सोमबार
नेपाली सेनालाई चार घोडासहित र२२ करोड ३८ लाखकाे सामग्री सहयाेग
काठमाडौँ - प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहनुभएका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गर्नुभएको छ । विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा आज आयोजित विशेष समारोहबीच उहाँले उक्त सामग्री...
-
२०७९ भाद्र २०, सोमबार
नयाँ बसपार्क क्षेत्र वरपर रहेका अवैध संरचना हटाउन सुरु
काठमाडौँ महानगरपालिकाले गोँगबुस्थित नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाउन सुरु गरेको छ । आइतबार कोटेश्वर क्षेत्रमा निर्माण गरिएका अवैध संरचना हटाएको महानगरपालिकाले आज महानगरपालिका वडा नं २६ मित्रनगरमा अवैधरुपमा निर्माण गरिएका संरचना हटाउन थालेको हो । वडा नं २६ का वडाध्यक्ष ख्यामराज तिवारीले जथाभावी फुटपाथ र पार्किङ मिचेर बनाइएका संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो...
-
२०७९ भाद्र २०, सोमबार
टक्सारका सम्पदा संरक्षणको पखाई
भोजपुरको ऐतिहासिक टक्सार बजारमा रहेका ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्व बोकेका मठ–मन्दिर संरक्षणको पखाईमा रहेका छन् । स्थानीयवासीको पहलमा केही मन्दिर जीर्णोद्वार भए पनि अन्य मन्दिरको अवस्था उस्तै रहेको छ । नेपालको एक मात्र टक काटनेस्थल टक्सारमा २० भन्दा बढी धार्मिकस्थल छन् । जसमा ऐतिहासिक शाक्यमुनि बौद्धविहार, राममन्दिर, मच्छिन्द्रनाथ, शिवमन्दिर, हनुमान मन्दिर, गणेशलगायत मठमन्दिर तथा बिहार...
-
२०७९ भाद्र १९, आइतबार
नेपाल आइपुगे भारतीयस्थल सेनाध्यक्ष
काठमाडौं - भारतीयस्थल सेनाका अध्यक्ष मनोज पाण्डे नेपाल आइपुगेका छन् । नेपाली सेनाको निमन्त्रणामा पाण्डे आइतबार अपराह्न काठमाडौं आइपुगेका हुन् । नेपाली सेनाको मानार्थ प्रधानसेनापति उपाधि दिनका लागि पाण्डेलाई नेपाल बोलाइएको हो । नेपाल र भारतका सेना प्रमुखलाई एक अर्काले मानार्थ प्रधानसेनापतिको उपाधि दिने चलन रहेको छ । मनोज पाण्डेलाई सोमबार (भोलि) सैनिक जंगीअड्डामा गार्ड अफ अनर दिइनेछ । उक्त अवसरमा...
-
२०७९ भाद्र १९, आइतबार
सात क्यासिनोलाई कर तिर्न महानगरपालिकाकाे ७ दिने अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिकाले ७ वटा क्यासिनोलाई एक साताभित्र मनोरन्जन कर तिर्न पत्राचार गरेको छ । आइतबार महानगरपालिकाले होटल म्यारियटको डेल्टिन, होटल अन्नपूर्णको क्यासिनो प्यालेस, होटल र्याडिसनको क्यासिनो र्याड, होटल हायातको प्राइड इन्टरनेशनल एण्ड रिक्रिएशन, होटल सोल्टीको माजोङ्ग र मल्ल होटलको बेली क्यासिनोलाई एक साताभित्र कर तिर्न पत्राचार गरेको हो । महानगरले एक साताभित्र बबरमहलमा रहेको...
-
२०७९ भाद्र १९, आइतबार
कागे अष्टमी पर्व मनाइँदै
प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे अष्टमी पर्व आज देशभरका कागेश्वरी महादेव मन्दिरमा पूजा आराधना गरी मनाइँदै छ । यस अवसरमा कागेश्वरी महादेव मन्दिरमा गई पूजा आराधना गरेमा कागको स्पर्शलगायत दोषबाट मुक्त भइने विश्वास छ । यसैले वर्ष दिनसम्म कागले स्पर्श गरेका वा अन्य काग दोष लागेका मानिसले आज कागेश्वरीको दर्शन गर्नैपर्ने मान्यता राख्छन् । यसै अवसरमा कागेश्वरीमा हरियो मकै चढाएमा कागले...
-
२०७९ भाद्र १९, आइतबार
प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच भेटवार्ता
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा र नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँटलगायतका विषयमा शीर्ष नेताहरूबीच छलफल भएको बताइएको छ । सत्तारूढ राजनीतिक पार्टीहरूको गठबन्धन बनाएर आसन्न निर्वाचनमा जाने सहमति भए बमोजिम...
-
२०७९ भाद्र १९, आइतबार
बुद्धले जोगाएको पक्षी बुद्धकै भूमिमा सङ्कटापन्न
लुम्बिनी विकास कोषले १० मङ्सिर २०७५ मा आयोजना गरेको पक्षी महोत्सवले सारसलाई लुम्बिनीको नगर पक्षी घोषणा गरिरँहदा उपस्थित संरक्षणकर्ता र अतिथि पाहुनाले गडगडाहट ताली पिटेका थिए । धार्मिकग्रन्थ रामायण र महामानव सिद्धार्थ गौतमबुद्धको जीवनकथामा यो पक्षीको महत्वपूर्ण वर्णन छ । तर पछिल्लो समयमा बुद्धजन्मस्थलकै सारस संरक्षकत्वबिहीन छन् । विश्वभरि बुद्ध धर्मको प्रचारप्रसार बढेको बेला बुद्ध कथाको एक...
-
२०७९ भाद्र १८, शनिबार
प्रधानमन्त्री देउवा डडेलधुराबाट सर्वसम्मत सिफारिस
काठमाडौं - प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि गृहजिल्ला डडेलधुराबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । नेपाली कांग्रेस डडेलधुरा प्रदेश ‘क’ र ‘ख’ क्षेत्रीय समितिले बिहीबार देउवालाई सर्वसम्मत प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभातर्फ डडेलधुरामा एउटामात्रै निर्वाचन क्षेत्र छ । देउवाले २०४८ सालदेखि...
-
२०७९ भाद्र १८, शनिबार
बाबुराम भट्टराई पनि गोरखा २ बाट चुनावमा उठ्ने
काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम सिफारिस भएको गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्। नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे। यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए। गृहजिल्ला गोरखाका पत्रकारहरूसँग...
-
२०७९ भाद्र १८, शनिबार
केन्याविरुद्ध एकदिवसीय सिरिज नेपालले जित्यो
काठमाडौं - घरेलु टोली केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा शनिबार भएको दोस्रो खेलमा नेपालले केन्यालाई १७ रनले हरायो । यससँगै नेपालले एक खेल अगावै सिरिज २–० ले जितेको हो । पहिलो खेलमा नेपाल सात विकेटले पराजित भएको थियो । दुई टोली बीचको अन्तिम खेल सोमबार हुनेछ । नेपालले यसअघि केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज पनि ३–२ ले जितेको थियो । ...
-
२०७९ भाद्र १८, शनिबार
निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन ओलीकाे निर्देशन
काठमाडौं - नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत गराएका हुन् । सुनसरी क्षेत्र नम्बर...


