-
२०७९ भाद्र २४, शुक्रबार
थिमिमा लाेकेश्वर ज्ञानमाला भजन प्रशिक्षण कार्यक्रम सम्पन्न
वि.सं. २०७८ भाद्र १ गतेदेखि सुरू गरिएको मध्यपुर थिमिकाे लाेकेश्वर ज्ञानमाला भजन खलःले नाट्यश्वर पूजा गरि भजन प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे छ । मुख्य गुरू देवबहादुर बज्राचार्य तथा सहायक गुरू क्रमशः अष्टचन्द्र बज्राचार्य र राकेश बज्राचार्यले भजन प्रशिक्षण दिएका हुन् भने प्रशिक्षण मध्ये सरगम भजनकाे लागि विजय कायष्थले सहजीकरण गरेका हुन् । मध्यपुर थिमि नगरपालिकासँग समन्वय गरेको भजन प्रशिक्षण...
-
२०७९ भाद्र २४, शुक्रबार
नेपाली चलचित्रको श्रीबृद्धिका लागि एक हुन परिवर्तन नेपालको आह्वान
नेपाली चलचित्रलाई धराशायी पार्ने षडयन्त्र र बिदेशी चलचित्रको पक्ष पोषण गर्ने हालैको कृयाकलाप प्रति नेपालको कला , संस्कृतिको क्षेत्रमा सकृय रहँदै आएको परिवर्तन नेपाल ले आफ्नो ध्यानाकर्षण भएको कुरा केन्द्रिय अध्यक्ष मोहन निरौलाले एक विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । अस्पष्ट सरकारी नीति,चलचित्रकर्मीहरूको उदाशीनता,बिदेशी चलचित्रको अनाधिकृत प्रभाव र सरोकारवालाको संवेदनहिनताको कारण नेपाली चलचित्र...
-
२०७९ भाद्र २४, शुक्रबार
बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन
एजेन्सी - बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । ९६ वर्षीया एलिजाबेथको आज निधन भएको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार स्कटल्यान्डको बालमोरल दरबारमा उनको बिहीबार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि उनी चिकित्सकको निगरानीमा थिइन् । उनले दुई पटक नेपालको भ्रमण गरेकी थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ । अब उनका ७३ वर्षीय छोरा चार्ल्स...
-
२०७९ भाद्र २३, बिहिबार
घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं- काठमाडौं महानगरपालिकाले नक्सा पास नगरी बनाइएका घर तथा भवनको नक्सा ९० दिनभित्र पास गर्न निर्देशन दिएको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सो निर्देशन दिएको हो । महानगरद्वारा जारी सूचनामा सरकारी, संस्थागत, निजी वा जुनसुकै प्रकृतिको भए पनि भवनको नक्सा पास नगरी बनाइएको र मापदण्ड अनुकूल रहेको त्यस्ता भवनको नक्सा ९० दिनभित्र पास गर्न भनिएको छ । महानगरको सहरी व्यवस्थापन...
-
२०७९ भाद्र २३, बिहिबार
नेपालभाषाको बहुचर्चित र बहुप्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक
नेपालभाषामा निर्माण भएको बहु चर्चित र बहु प्रतिक्षित चलचित्र "लाखे आजु”को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर चलचित्रको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे परम्परागत मुकुण्डो का साथमा मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मस्को व्यानरमा निर्माण भएको यो चलचित्र नेपालभाषाका ख्यातिप्राप्त निर्दशक...
-
२०७९ भाद्र २३, बिहिबार
के के छन् उपमेयर डंगोलको श्वेतपत्रमा ?
काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पूराना २ सय ४४ वटा विवादमा न्यायिक सुनुवाई भएकोे र ५१ वटा विवादको किनारा लगाएको, वडास्तरीय महिला सेल गठन, आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा...
-
२०७९ भाद्र २३, बिहिबार
सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बित
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको छ । नाबालिगलाई जबरजस्ती करणी गरेको आरोप लागेका कप्तान लामिछानेविरुद्ध बिहीबार पक्राउ पूर्जी जारी भएसँगै बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो । वि.सं. २०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो । तर, नाबालिग...
-
२०७९ भाद्र २३, बिहिबार
सिंगल शटमा खिचिएको गायक सञ्जिव पराजुलीको ‘क्यार्ने हो...’ गीत सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रको स्थापित नामका रुपमा रहेका गायक सञ्जिव पराजुली को सिंगल शटमा खिंचिएको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । आफूले गाउने हरेक गीतमा केही पृथक शैलीको प्रयोग गर्न रुचाउने गायक पराजुलीले यसपटक आफ्नो गीत ‘क्यार्ने हो ’ मा पनि केही नयाँ प्रयोग को रुपमा सिंगल शटमा खिच्ने काम गरेका छन् । लोकप्रिय संगीतकार वसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको यो नयाँ गीतको म्युजिक...
-
२०७९ भाद्र २३, बिहिबार
इन्डियन आइडल पवनदीप राजन र प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा नेपाली गीत सार्वजनिक
भारतको टेलिभिजन इतिहासमा नै अत्यन्त लोकप्रिय मानिएको इन्डियन आइडल १२ का विजेता नेपाली मुलका लोकप्रिय गायक पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वरमा रेकर्ड गरिएको कर्णप्रिय नेपाली गीत हालै सार्वजनिक भएको छ। गीतकार एसपी सापकोटाको शब्द रचना रहेको "घामझैं बलेकि ” बोलको गीत बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । गीत आकर्षक भिडियोका साथ...
-
२०७९ भाद्र २३, बिहिबार
अभिनेता धिरेन शाक्यले गरे ३८ औं पटक रक्तदान
नेपालको चलचित्र क्षेत्रमा क्रियाशिल कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघ स्थापना भएको ३५ वर्ष प्रवेश गरेको उपलक्ष्यमा विहिबार एक बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । लाजिम्पाट स्थित नेपाली चुलोमा भएको रक्तदान कार्यक्रममा प्रमूख अतिथी को रुपमा आफ्नो उद्गार पोख्ने क्रममा चलचित्र विकास बोर्डका अध्यक्ष सुप्रसिद्द अभिनेता भुवन के सि ले आफु विगत चालिस वर्षदेखि चलचित्र क्षेत्रमा कार्य...
-
२०७९ भाद्र २३, बिहिबार
आराम नचाहने ३५ सन्तानकी आमा
मेलम्ची,– आमाको ३५ सन्तान भन्ने सुन्दा अनौठो लाग्न सक्छ तर यो यथार्त इन्द्रावती गाउँपालिका–५ स्थित मदर सिस्टर नेपाल बालगृहमा ३४ बालबालिकालाई एक्लै स्याहार्ने आमा मीनामैयाँ थापा हुनुहुन्छ । उहाँले एक छोरीसहित ३५ बालबालिकालाई एक्लै संरक्षण गर्दै आउनुभएको छ । विसं २०७२ को भूकम्पपछि बालगृहको सुरुआत भएको हो । भूकम्पमा परी ज्यान गुमाउने अभिभावकका बालबालिकाबाट बालगृह सुरुआत गरिएको थियो । अमेरिका...
-
२०७९ भाद्र २२, बुधबार
असोज १ देखि दसैंको अग्रिम बुकिङ खुल्ने
काठमाडौं - दसैं तिहारका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ आगामी असोज १ गतेदेखि खुल्ने भएको छ । बुधबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने सहमति गरेको हो । अन्तर प्रदेश लामा तथा छोटा दुरीका सार्वजनिक यातायातको टिकट असोज १ गतेदेखि काट्न सकिने गरी सर्वसाधारणका लागि सहजीकरण गरिने सहमति भएको यातायात व्यवस्था...


