-
२०७९ भाद्र २५, शनिबार
दार्चुलामा बाढी पहिरो, दुईको मृत्यु, ११ बेपत्ता
काठमाडौं - गएरातिबाट परेको अविरल वर्षाले दार्चुलामा ठूलो जनधनको क्षति भएको छ । दार्चुलाको नौगाड गाउँपालिकामा गएको पहिरोमा परि एक महिलाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ सल्लामा पहिरोमा परि ३० वर्षीया किम्ती ठगुन्नाको मृत्यु भएको हो । स्थानीय पानसिंह ठगुन्नाकी छोरी मोती ठगुन्नाको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । मृतक बालिकाको शव पुरिएको अवस्थामा फेला परेको काका भरत ठगुन्नाले बताए । गएराति एक...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रदहमा भक्तजनको भीड
काठमाडौं - राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रदहमा स्नान गर्नेको भीड
राजधानीको उत्तरपश्चिमी भेगस्थित चन्द्रागिरी नगरपालिका–१ को इन्द्रदहमा भाद्र शुक्ल पूर्णिमाका अवसरमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल पूर्णिमाका दिन यहाँ स्नान गरेमा इन्द्रसँगै स्वर्ग गइने जन विश्वास छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीको बेलुकी इन्द्रदहमा रहेको इन्द्र वासुकीको मन्दिरमा दिवङ्गत पितृको स्वर्गवास होस् भन्ने कामनाले दीप प्रज्ज्वलन गर्ने भक्तजन बिहानै...
-
२०७९ भाद्र २५, शनिबार
सोमबार हल बन्द गर्ने निर्णय फिर्ता
काठमाडाैं - नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरू बन्द गर्ने निर्णय फिर्ता लिएको छ। शुक्रबार बसेको संघको कार्यसमिति बैठकले एक विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय फिर्ता लिएको हो। बलिउड फिल्म 'ब्रह्मास्त्र' सेन्सर नभएपछि बिहीबारसम्म नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको थिएन। नेपाली फिल्मको टिकट बुकिङ खुला नभएपछि चौतर्फी विरोध भयो। व्यवसाय नै संकटमा परेको भन्दै संघले सोमबार...
-
२०७९ भाद्र २५, शनिबार
सोमबार देशभरिका फिल्म हल बन्द हुने
काठमाडौं - सोमबार देशभरिका फिल्म हल बन्द हुने भएका छन्। नेपाल चलचित्र संघले विगत केही समयदेखि चलचित्र क्षेत्रका केही व्यक्तिहरुले संघका सदस्यहरुको मानमर्दन हुनेगरी अनर्गल आरोप लगाएको भन्दै विरोधस्वरुप फिल्म हल बन्द गर्ने निर्णय गरेको हो। संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली दर्शकहरुलाई उच्च प्राथमिकतामा राख्दै र विशेषगरी युवा वर्गहरुको चलचित्र हेर्ने...
-
२०७९ भाद्र २५, शनिबार
भारतलाई हराउँदै नेपाल बन्यो समूह विजेता
काठमाडौं - श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिपमा नेपालले भारतलाई ३–१ गोलले पराजित गर्दै समूह विजेता बनेको छ । शुक्रबार भएको समूह ‘बी’को खेलमा नेपालले भारतविरुद्ध सानदार जित निकाल्दै समूह विजेता बनेको हो । यसअघि आफ्नो पहिलो खेलमा नै भुटानलाई २–१ गोलअन्तरले पराजित गरेको थियो । भुटानलाई पराजित गरेसँगै नेपाल सेमिफाइनलमा पुगेको थियो । नेपाल समूह ‘बी’को विजेता भएसँगै भारत पराजित भए पनि उपविजेता...
-
२०७९ भाद्र २५, शनिबार
तल्लो टोलमा कुमारी रथयात्रा सम्पन्न, आज असनबाट रथयात्रा हुने
काठमाडौं - इन्द्रजात्राको अवसरमा शुक्रबार तल्लो टोलबाट कुमारी रथयात्रा सम्पन्न भएको छ । जात्राकै अवसरमा आज असनबाट कुमारी रथयात्रा हुने भएको छ । काठमाडौंको तल्लो टोलहरू मरूटोल, चिकंमुगल, जैसीदेवल, लगन, ह्युमत, क्वहिति, भीमसेनस्थानमा कुमारीलगायत श्रीगणेश र श्रीभैरवका रथयात्रा सम्पन्न भएको हो । जात्राको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपुर दरबार क्षेत्रमा श्रीकुमारी, श्रीगणेश र...
-
२०७९ भाद्र २५, शनिबार
इन्द्रजात्राको महिमा
काठमाडौं - राजधानी काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरता मात्र नभई आपसी सद्भाव र भाइचारा अभिवृद्धिको उपयुक्त माध्यम पनि हो । विशेष गरी काठमाडौँका नेवार समुदायले महान्पर्वका रुपमा धुमधामसँग मनाइने इन्द्रजात्रा नेवारी समुदायमा मात्र सीमित नभई राष्ट्रिय पर्वका रुपमा स्थापित भएको जानकारहरु बताउँछन् । इन्द्रजात्रा परम्परागत सांस्कृतिक पर्वको निरन्तरताका साथै...
-
२०७९ भाद्र २५, शनिबार
बेलायती महारानीको निधनमा नेपालमा ३ दिन शोक
काठमाडौं - सरकारले बेलायतकी महारानी एलिजावेथ द्वितीयको निधनमा ३ दिन शोक मनाउने निर्णय गरेको छ । नेपाल सरकारले उनको निधनमा दु:ख व्यक्त गर्दै भदौ २५ देखि २७ गतेसम्म तीन दिन शोक मनाउने र नेपालभरका सरकारी कार्यालयहरू साथै विदेशस्थित नेपाली राजदूतावास र नियोगहरुमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेको...
-
२०७९ भाद्र २४, शुक्रबार
बजारमा सिटामोलको माग उच्च , ५० लाख सिटामोल उत्पादन गर्दै
नेपालमा डेङ्गु ज्वरोको सङ्क्रमण बढेसँगै बजारमा सिटामोल औषधिको माग उच्च रहेको छ । औषधिको माग उच्च भएसँगै यसको अभाव हुन थालेकोे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल र नेपाल औषधि उत्पादक सङ्घले भने बजारमा सिटामोलको अभाव नभएको जनाएका छन् । सामान्य ज्वरो आउँदा औषधि पसलमा सिटामोल किन्न जाँदा भने सर्वसाधारणले पाइरहेका छैनन् । उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, जिउ पूरै दुख्ने, वान्ता...
-
२०७९ भाद्र २४, शुक्रबार
कैलालीमा बाघ जात्रा
सूदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीमा आज बाघ जात्रा निकालिएको छ । धनगढी उपनगरपालिका–४ स्थित धनगढीको मुख्य बजारमा बाघ जात्रा हेर्न ठूलो जमघट लागेको थियो । डडेल्धुराबासीले हरेक वर्ष यसरी नै बाघ जात्रा मनाउने गरेका छन् । जात्राको उजागर, संरक्षण तथा नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले जात्रा आयोजना गरिएको विश्वशान्ती युवा सङ्गठनले जनाएको छ । जात्रामा बाघ, राजारानी, आर्मी,...
-
२०७९ भाद्र २४, शुक्रबार
‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक
नेपाल भाषाको फिल्म ‘लाखे आजु’ फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार परेको इन्द्रजात्राको अवसर पारेर फिल्मको पोस्टर सार्वजनिक गरिएको हो । सार्वजनिक पोस्टरमा लाखे र मुख्य कलाकार सोहित मानन्धर र आशिष्मा नकर्मी प्रधानलाई स्थान दिइएको छ । बिके फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मलाई आर्यम नकर्मीले निर्देशन गरेका हुन् । गोपाल काजी कायस्थ, प्रदीप कुमार उदय, नरेन्द्र महर्जन, आशिष्मा नकर्मी...


