STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र १२, आइतबार

    महानगरको अभियानमा आफ्नाे साथ र समर्थन छ : उपमेयर सुनिता डंगोल

    काठमाडौं - काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नाे साथ र समर्थन रहेकाे स्पष्ट पारेकी छन् ।  मेयर बालेन्द्र शाह बालेनको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयर डंगाेलकाे अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि स्पष्टीकरण दिँदै उनले कानुन कार्यान्वयन गर्ने सबै कार्यमा आफ्नाे साथ, सहयोग र समर्थन रहेको प्रष्ट पारेकी हुन् ।  सामाजिक सञ्जालमार्फत आफ्नाे...

  • २०७९ भाद्र १२, आइतबार

    राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

    काठमाडौं - सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा नेतृत्वको पार्टीलाई तत्काल तीर चुनाव चिह्न प्रदान गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासलले आज उक्त पार्टीलाई तीर चुनाव चिह्न दिने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निर्वाचन आयोगले २०७९/५/८ गतेको...

  • २०७९ भाद्र १२, आइतबार

    नागरिकता विधेयक विधायन व्यवस्थापन समितिमा

    काठमाडौं - राष्ट्रपतिबाट पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता भएको नागरिकता विधेयकलाई राष्ट्रियसभाले छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । आइतबार बसेको राष्ट्रियसभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले स्वीकृत गरेको छ । सदनमै छलफल गर्नुपर्ने बताउँदै आएको सरकार र सत्तारुढ गठबन्धन पछाडि...

  • २०७९ भाद्र १२, आइतबार

    नेवार समुदायको आस्थामाथि आघात पुर्‍याएका अपूर्व क्षितिज सिंह पक्राउ

    काठमाडौं - नेवार समुदायको आस्था र रहनसहनमाथि आघात पुर्‍याएको आरोपमा कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । नेवाः अभियन्ता सुमन सायमीसहितका केही अभियन्ताले दिएको उजुरीको आधारमा उनी पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेश मैनालीले सिंहलाई आइतबार बिहान पक्राउ गरिएको पुष्टि गरे । सिंहले केही दिनअघि युट्युबमा पोस्ट गरेको कमेडी क्याफे नामक स्ट्यान्ड अप कमेडी...

  • २०७९ भाद्र १२, आइतबार

    भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएका संरचना भत्काइयाे

    काठमाडौं - काठमाडौं महागरपालिकाले भोटाहिटी–रत्नपार्कको अण्डरपासमाथि बनाइएको संरचना भत्काउन सुरु गरेको छ । ती संरचना अवैधरुपमा बनाइएको भन्दै भत्काउन थालेको हो । पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्साविपरीत भएकाले भत्काउन लागेको महानगरले जनाएको छ । महानगरका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काउन सुरु...

  • २०७९ भाद्र १२, आइतबार

    राजमतिकी नायिका हिसिलाको अभिनय रहेको तीज गीत सार्वजनिक

    हिन्दु नारीहरुको महान चाड  हरितालिका तीजको अवसर पारेर अचेल वर्षेनी धेरै म्युजिक भिडियोहरु सार्वजनिक हुने गर्दछ । त्यतिमात्र नभइ तिज गीत संगीत अवार्ड हरु पनि धेरै हुने गरेका छन् । यसै क्रममा तिजको पूर्व संध्या पारेर आइतबार ओएसआर डिजिटल युट्युब बाट  "टिका चुरा नौगेडी साडी” बोलको एउटा तिज गीतको म्युजिक भिडियो सहित सार्वजनिक गरिएको छ ।  नेपालभाषाका कलाकारिता क्षेत्रमा नाम कमाएका कलाकर्मिहरु सम्मिलित...

  • २०७९ भाद्र १२, आइतबार

    थारू समुदायद्वारा अटवारी पर्व मनाइँदै

    पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । सो पर्व उनीहरुका लागि  तीजजस्तै हो । शुक्रबार राति दर खाएर दिनभरि व्रत बस्ने र साँझपख रोटी पकाएर देउतालाई चढाइसकेपछि खाने र आज बिहान भात पकाएर भात–तरकारी पनि देउतालाई चढाइसकेपछि मात्र खाने चलन सो समुदायमा रहेको छ । थारू अगुवा सीता चौधरीका अनुसार रोटी पकाइसकेपछि रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाएर...

  • २०७९ भाद्र १२, आइतबार

    नेवाः समुदायलाई अपमान गरेको आरोपमा कमेडियन सिंह पक्राउ

    कमेडि क्याफे नामक एक कार्यक्रममा कमेडी शोमा कमेडियन अपूर्व क्षितिज सिंह लाई प्रहरीले पक्राउ गरेको छ । कमेडियन सिंहले नेवाः समुदाय, संस्कृतिमाथि अपमानजनक कमेडियन गरेको भन्दै नेवाः अभियान्ताहरुले बिरोध गरेपछि आज आइतबार जिल्ला प्रहरी कार्यालय काठमाण्डौले पक्राउ गरेको थियो ।हिजो नेवाः अभियान्ताहरुले प्रहरी कार्यालयमा सिंह बिरुद्ध उजुरी दर्ता गरेको थियो ।

  • २०७९ भाद्र ११, शनिबार

    अग्निलाई यस वर्षको मदन पुरस्कार

    काठमाडौं - लेखक नवराज लम्सालद्वारा लिखित अग्नि किताबले यस वर्षको मदन पुरस्कार पाएको छ। शनिबार बसेको मदन पुरस्कार गुठीको बैठकले अग्नि महाकाव्यका लागि लम्साललाई मदन पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। त्यस्तै जगदम्बा-श्री पुरस्कार दुर्गाप्रसाद श्रेष्ठलाई प्रदान गरिने भएको छ। २०७८ सालको मदन पुरस्कारका लागि प्राप्त २९९ पुस्तकमध्ये निर्णायक मण्डलले अग्निलाई छनोट गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले...

  • २०७९ भाद्र ११, शनिबार

    आइतबार राष्ट्रियसभाको बैठक बस्ने

    काठमाडौं  - राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले राष्ट्रपतिबाट पुनः विचारका लागि फिर्ता पठाएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको व्यहोरा जानकारी गराउने छन् । यस्तै सचिव फुयालले नै प्रतिनिधिसभमा उत्पत्ति भई सो सभाबाट पारित...

  • २०७९ भाद्र ११, शनिबार

    तीजमा पशुपतिनाथ मन्दिर परिसरको तस्बिर खिचे जरिवाना !

    काठमाडौं - हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनले मूल मन्दिर र त्यस परिसरको तस्बिर खिचेमा नगद जरिवाना गरिने भएको छ । पशुपतिनाथको मूल मन्दिरभित्र तस्बिर खिच्न मनाही गरिँदै आएको छ । पछिल्लो समय सबैका हातमा मोबाइल हुने भएकाले तस्बिर खिच्ने क्रम बढ्न थालेपछि नगद जरिवानासहित कारबाही गर्न लागिएको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखाका प्रमुख गौरीशंकर...

  • २०७९ भाद्र ११, शनिबार

    कांग्रेसबाट दोहोरिएर समानुपातिकमा बस्न नपाउने

    काठमाडौं - नपाली कांग्रेसले ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित नेताहरुलाई पुनः समानुपातिकतर्फ उम्मेदवार बन्‍न नपाउने निर्णय गरेको छ। कांग्रेसले तल्ला तहका समितिहरुलाई उम्मेदवारहरुको नाम सिफारिस गर्दा ०७४ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित व्यक्तिको नाम पुनः समानुपातिकतर्फ सिफारिस नगर्न निर्देशन दिएको हो।...

Pages