STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र १८, शनिबार

    प्रसिद्ध भेषभुषा संयाेजक र कला निर्दशक जुङ्गे भट्टराईको निधन

    नेपाली चलचित्र उद्योगमा जुङ्गे भट्टराईको उपनामले ख्यातिप्राप्त चलचित्र कला निर्देशक,भेषभुषा संयोजक उद्धवराज भट्टराईको ६६ वर्षको उमेरमा निधन भएको छ । उनी विगत एक बर्षदेखि आफ्नो गृहनगर बैतडीको पाटन बस्दैआएका थिए भने लामो समयदेखि स्वास–प्रस्वास सम्बन्धी रोगले ग्रसित थिए ।उनी उपचारकोलागि काठमाडौं आउने क्रममा यात्रामा थिए । सोहि क्रममा शनिबार बाटोमा नै उनको निधन भएको हो।  जुङ्गे भट्टराईका ज्येष्ठ...

  • २०७९ भाद्र १८, शनिबार

    नेवार भाषा, संस्कृतिकाे संरक्षणमा जोड दिन मन्त्री श्रेष्ठको आह्वान

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठले नेवार समुदायको भाषा, संस्कृति र संस्कार नै पहिचानको मूल आधार भएकाले त्यसको संरक्षणमा लाग्न सबैलाई आव्हान गर्नुभएको छ । नेवार समुदायको मात्र नभइ देश कै संस्कृति र संस्कार दिनदिनै ओझेलमा पर्दै गएको चिन्ता व्यक्त गर्नुहुँदै उहाँले सो आव्हान गर्नुभएको हो । नेपाल (नेवार) भाषाको साप्ताहिक पत्रिका ‘लहना’को ४०० अङ्क प्रकाशन भएको अवसरमा...

  • २०७९ भाद्र १७, शुक्रबार

    राष्ट्रियसभाबाट पनि नागरिकता विधेयक हुबहु पारित

    काठमाडौं - राष्ट्रियसभाबाट नागरिकता विधेयक जस्ताको त्यस्तै पारित भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक- २०७९ राष्ट्रियसभाले हुबहु पारित गरेको हो। गृहमन्त्री बालकृष्ण खाँणले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भइ प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता विधेयक (पहिलो संशोधन) विधेयक- २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव...

  • २०७९ भाद्र १७, शुक्रबार

    आलमलाई सांसदको उम्मेदवार नबनाउने गगनकाे दाबी

    काठमाडौं - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले कारागारमा रहेका काँग्रेस नेता अफताव आलमलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा सांसदको उम्मेदवार नबनाउने दाबी गरेका छन् । शुक्रबार लेखक रामलाल जोशीको सिर्जनात्मक आख्यान बाआमा लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले कुनै ठाउँबाट आगामी निर्वाचनका लागि आलम सिफारिस भएपनि काँग्रेसले उम्मेदवारी नबनाउनेमा विश्वस्त रहन...

  • २०७९ भाद्र १७, शुक्रबार

    कक्षा १२ को नतिजा सार्वजनिक

    काठमाडौं - कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक भएको छ । शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १२) ले कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो । गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको परीक्षामा ३ लाख ९६ हजार १८५ जना सहभागी भएका थिए । परीक्षामा नियमिततर्फ ३ लाख ६३ हजार १ जना, ग्रेडवृद्धितर्फ ३० हजार ४५ जना र आंशिकतर्फ ३ हजार १३२ जना सहभागी थिए । यस वर्ष नियमिततर्फ ३.६१...

  • २०७९ भाद्र १६, बिहिबार

    लोरो अभियानका साथ सुमन साय्‌मिले गरे काठमाडौं ८ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

    सुमन सायमी नेतृत्वको ‘स्वतन्त्र तथा बैकल्पिक शक्तिको लौरो अभियान’ ले प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरेको छ । अभियानका अभियान्ताहरुले उम्मेदवारी घोषणा गर्दै बैकल्पिक र स्वतन्त्रहरु एकीकृत भएर देशको माटो र संस्कृति संरक्षण गर्नुपर्ने अवस्था आएको बताएका थिए । उनीहरुले दलीय वेथितिको अन्त्य गर्न स्वतन्त्र उम्मेदवारलाई एकपटक भोट दिएर मौका दिन आग्रह गरेका छन् । कार्यक्रममा अहिलेसम्म देशभरीबाट ३५०...

  • २०७९ भाद्र १६, बिहिबार

    जबरासँग दाेस्राे दिनकाे जवाफ लिने क्रम सकियाे

    काठमाडौं - प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले दोस्रो दिन बिहीबार निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जवाफ लिने क्रम सकिएको छ ।  महाअभियोग सिफारिस समितिमा उपस्थित जबराले समिति र संसदलाई नै प्रश्न गरेका छन् । धेरै भूमिका बाँधेर  घरिघरि समिति र संसद्‌लाई नै प्रश्न गर्दै व्याख्यात्मक शैलीमा जबराले जवाफ दिएको सांसद् मीन विश्वकर्माले बताए । बैठकमा जबरालाई भ्रष्टाचारमा मुछिएको, शक्ति...

  • २०७९ भाद्र १६, बिहिबार

    फनपार्कले तिर्‌यो काठमाडौं महानगरलाई १७ लाख कर

    काठमाडौं - भृकुटीमण्डपस्थिति काठमाडौं फनपार्कले काठमाडौं महानगरपालिकालाई १७ लाख ३६ हजार रुपैयाँ कर तिरेको छ । महागरपालिकाको २४ घण्टे अल्टिमेटमपछि बिहीबार फनपार्कले कर तिरेको हो । फनपार्कले मनोरन्जन करमात्र महानगरलाई बुझाएको छ । मनोरञ्जन शुल्कबाट उठेको पाँच प्रतिशत रकम मनोरञ्जन करबापत महानगरलाई बुझाइएको छ । बहाल कर समाज कल्याण परिषद्लाई तिर्ने गरी सम्झौता भएको छ । फनपार्कले व्यवसाय कर पनि तिर्न...

  • २०७९ भाद्र १६, बिहिबार

    डिजेल र मट्टीतेलको मूल्य बढ्यो, पेट्रोल यथावत

    नेपाल आयल निगमले बिहीबार राती १२ बजेबाट लागु हुने गरी डिजेल र मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाका दरले मूल्य बढाएको छ ।   निगम संचालन समितिको बिहीबारको बैठकले मूल्य बढाउने निर्णय गरेको हो । बैठकपछि बिहीबार राति जारी विज्ञप्ति अनुसार डिजेल र मट्टीतेलको मूल्य बढाइएको भएता पनि पेट्रोल, हवाई इन्धन र एल.पी.ग्याँसको मुख्य यथावत राखिएको छ।   बिहीबार रातीबाट प्रतिलिटर डिजेल र मट्टीतेलको मूल्य १७२ रुपैयाबाट...

  • २०७९ भाद्र १६, बिहिबार

    चलचित्र निर्माता संघको अध्यक्षमा खड्का र महासचिवमा थापालगायत सम्पूर्ण कार्यसमिति निर्विरोध

    नेपालका चलचित्र निर्माताहरुको छाता संगठन नेपाल चलचित्र निर्माता संघको भदौ १८ गते  हुने अधिवेशनको  लागि गरिएको निर्वाचन आह्वान गर्दा अध्यक्षमा अभिनेता, निर्देशक तथा निर्माता नवल खड्का बाहेक अरुको मनोनयन दाखिला नहुँदा उनी निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनभन्दा दुई दिन अगाडि बिहीवार तोकिएको उम्मेदवारी मनोनयन प्रक्रियामा अध्यक्ष पदमा चलचित्रकर्मी खड्काको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध...

  • २०७९ भाद्र १६, बिहिबार

    आज पनि निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिने

    काठमाडौं - प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ । हिजोबाट समितिले जबरासँग बयान लिन सुरु गरेको थियो ।  समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ । हिजोको बैठकमा जबरालाई पाँच प्रश्न सोधिएको थियो ।  समितिका एक सदस्यका अनुसार उनलाई ४३ वटा प्रश्न सोध्ने तयारी गरिएको छ ।...

  • २०७९ भाद्र १६, बिहिबार

    आज ऋषिपञ्चमी, सप्त ऋषिको पूजाआराधना गरी मनाइँदै

    काठमाडौं - प्रत्येक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई तीन सय ६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् । हरितालिका ९तीज० को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने...

Pages