-
२०७९ भाद्र १४, मंगलबार
मनाइयो तीज, पशुपतिमा करिब सात लाख दर्शनार्थी
काठमाडौं - नेपाली नारीको महान् पर्व तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब सात लाख दर्शनार्थीले दर्शन एवं पूजा आराधना गरेका छन् । बेलुकी सात बजेसम्म करिब सात लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरी शङ्कर पराजुलीले जानकारी दिए । बेलुकी आरती चलिरहेका बेला पनि पशुपति क्षेत्रमा भक्तजनको उत्तिकै भीड रहेको उनले सुनाए । भाद्र शुक्ल तृतीयाका दिनमा आज देवादिदेव...
-
२०७९ भाद्र १४, मंगलबार
नेपालले जित्यो केन्या विरुद्धको टी–२० क्रिकेट सिरिज
काठमाडौं - नेपालले केन्याविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्टिय क्रिकेट सिरिज ३–२ ले जितेको छ । नेपालले केहीबेर अघि सम्पन्न अन्तिम खेलमा केन्यालाई ३१ रनले पराजित गरेको हो । केन्याको नैरोवी जिमखाना क्रिकेट मैदानमा टस जितेर नेपालले ब्याटिङ गर्दै निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाउँदै एक सय ७५ रन बनायो । एक सय ७६ रनको विजयी लक्ष्य पछ्याउने क्रममा केन्याले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४४...
-
२०७९ भाद्र १४, मंगलबार
बसन्तपुर क्षेत्रबाट निर्माण सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठको निर्देशन
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन्। यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिएका हुन्। इन्द्रजात्राको तयारीबारे बुझ्न...
-
२०७९ भाद्र १४, मंगलबार
चट्याङ लागेर एकै गाउँका तीनको मृत्यु
रौतहटको गरुडा नगरपालिका–३ मलाही टोलमा आज चट्याङ लागेर एउटै गाउँका तीन महिलाको मृत्यु भएको छ । खेतमा काम गर्ने क्रममा तीनै जनालाई चट्याङ लागेबको हो । मृत्यु हुनेमा मलाही गाउँका ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक रुपेशकुमार सिंहले जानकारी दिनुभयो । सुदनिया र जगिया एउटै परिवारका हुन् । चट्याङबाट...
-
२०७९ भाद्र १४, मंगलबार
प्रधानमन्त्री देउवासँग पत्रकार महासङ्घका पदाधिकारीको भेट
नेपाल पत्रकार महासङ्घले प्रतिनिधिसभाको पाँचवर्षे कार्यकाल सकिनै लाग्दासमेत सञ्चारसम्बन्धी विभिन्न कानुनहरू टुङ्गोमा पुग्न नसकेकोप्रति प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराएको छ । महासङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा उहाँलाई भेटेर मिडिया काउन्सिल विधेयकलगायत सञ्चारसम्बन्धी विभिन्न कानुन चालु अधिवेशनमा नै टुङ्गोमा पु¥याउनका लागि पहल गर्न आग्रह गरेको हो । भेटमा...
-
२०७९ भाद्र १४, मंगलबार
अपाङ्गता भएका महिलाहरुले यसरी मनाए तीज
‘सुनको चुरा, औंठी नि सुनकै छ....’ तीज गीत घन्किरहेको थियो, सिन्धुलीमाढीस्थित सीताराम पार्टी प्यालेसमा । कार्यक्रम हलमा टाँगिएको थियो, एउटा व्यानर । व्यानरमा लेखिएको थियो ‘अपाङ्गता भएका महिलाहरुको लागि शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम ।’ कार्यक्रममा सहभागी थिए, सुनाइ, बोलाइ र हिँडाइसम्बन्धी समस्या भएका महिलाहरु । श्रवण क्षमता कम भएका महिलाहरु घन्किरहेको गीतमा झुम्न सकेका थिएनन् । कारण...
-
२०७९ भाद्र १३, सोमबार
ठमेलको छायाँ कम्प्लेस भत्काउन सांसद प्रेम सुवालको माग
काठमाडौँ - ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्कान संसदमै आवाज उठेको छ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आजको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् । सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए । हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका...
-
२०७९ भाद्र १३, सोमबार
नक्सासहित वडामा उपस्थित हुन विशाल बजारलाई २४ घण्टे अल्टिमेटम
काठमाडौं - काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तीव्र पारेको छ । सोमबार महानगरपालिकाको टोली न्यूरोडको विशाल बजार पुगेको छ । महानगरको टोलीले विशाल बजारलाई नक्सासहित वडा कार्यालयमा उपस्थित हुन २४ घन्टे अल्टिमेटम दिएको छ। नक्सापास नै नगरी पार्किङ र अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु भत्काउने अभियानलाई महानगरले निरन्तरता दिएको छ । महानगरले आज न्यूरोड र बसन्तपुर क्षेत्रमा रहेका...
-
२०७९ भाद्र १३, सोमबार
बालेनविरूद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता दिपकराज जोशीले सो मुद्दा दर्ता गराएको बताइएको छ । बालेनले नक्सापासविनाका अवैध संरचना हटाउन अभियान चलाइरहेका बेला उनको एउटा स्टाटसलाई लिएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो । मेयर बालेनले केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेका थिए– ‘संविधान संशोधन गरेर नक्सा...
-
२०७९ भाद्र १३, सोमबार
विश्व बैंकले १२ अर्ब ७५ करोड सहुलियत ऋण दिने
काठमाडाैँ - विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब रु १२ अर्ब ७५ करोड (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भयो । सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि...
-
२०७९ भाद्र १३, सोमबार
ख्यातिप्राप्त फोटोग्राफर राजीव श्रेष्ठले तीज तस्बिरहरू
अमेरिकाको मेरिल्याण्डमा बसोबास गर्दै आएका ख्यातिप्राप्त फेशन तथा व्यावसायिक फोटोग्राफर राजीव श्रेष्ठले तीजको अवसर पारेर वर्षेनी तीज विशेष फोटोशेशन गर्दै आइरहेका छन् । नेपालमा रहँदा यो उनको नियमित चर्याका रुपमा रहेको थियो । अमेरिकामा पुग्दा पनि उनले यो क्रम जारी नै राखेका छन् भने यस बर्ष पनि उनले अमेरिकामा महिलाहरुका तस्बिरहरु कैद सुन्दर तस्बीर खिंचेका छन् । तीन दशक भन्दा लामो समय देखि ग्ल्यामर...
-
२०७९ भाद्र १३, सोमबार
तीजका गीतमा मौलिकता हराउन थाले
‘हाम फालेर मरौँकी त्रिशुलीको पानीमा’घरमा बसु सौता त माइत सानीमा’‘सबले गर्छन् घर माइत आफ्नो बरै छैनन् कोही’‘लेख्या रैछ कर्ममै बाच्नुपर्ने रोइ’ गायिका शर्मिला गुरुङले गाउनुभएको यो गीतले महिलाको बेदना बोलेको छ । सङ्गीतकार राजकुमार बगरले सङ्कलन गर्नुभएको यो शब्दमा भनिएजस्तै महिलाका बेदनाका तीज गीत पछिल्लो समय कमै सङ्कलन गरिन्छ । आजकालको तीजमा माइती र चेलीबीचको सम्बन्धका बारेमा भन्दा पनि व्यावसायिक...


