-
२०७९ भाद्र २२, बुधबार
कमेडियन सिंहलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं - कमेडियन अपूर्व क्षितिज सिंहलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। सिंहलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति पाएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले जानकारी दिए। अपूर्व क्षतिजिले नेवार समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए। उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो। १० दिन...
-
२०७९ भाद्र २२, बुधबार
सन्दीपलाई निलम्बन गर्ने क्यानको तयारी, इन्टरपोलको सहयाेगमा नियन्त्रणमा लिइने
काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान) को आकस्मिक बैठक आज बस्दैछ । राष्ट्रिय क्रिकेट टाेलीका कप्तान सन्दीप लामिछानेविरुद्ध मंगलबार साँझ प्रहरी वृत्त गौशालामा बलात्कार गरेको उजुरी परेको थियो । सन्दीपकै विषयलाई लिएर क्यान बैठक बस्न लागेको हो । अध्यक्ष चतुरबहादुर चन्द आजै धनगढीबाट काठमाडौं आउँदैछन् । अध्यक्ष चन्दका अनुसार क्यानको बैठक साँझ बस्नेछ । उनले भने, ‘सन्दीपको विषयमा मात्रै होइन, अरु...
-
२०७९ भाद्र २२, बुधबार
यःसिँ ठड्याएर इन्द्रजात्रा सुरु
काठमाडौं उपत्यकामा बुधबारबाट इन्द्रजात्रा सुरु भएको छ । काठमाडौँको बसन्तपुरस्थित हनुमानढोकामा यःसिँ बिहान ७:१७ को साइतमा ठड्याएर इन्द्रजात्राको सुरुवात गरिएको हो । भक्तपुरको चित्तपोलबाट ल्याइएको यःसिँ हुनमानढोकामा ठड्याएपछि इन्द्रजात्रा सुरु गर्ने चलन रहेको छ । यो यःसिँ गाड्ने चलन शाह वंशीय राजा प्रतापसिंह शाहको पालामा सुरु भएको मानिन्छ । इन्द्र जात्रा सुरु भएसँगै यसको विशेष आकर्षण मानिने...
-
२०७९ भाद्र २२, बुधबार
क्रिकेट कप्तान लामिछानेविरुद्ध जबरजस्ती करणी आरोप
काठमाडौँ - राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणी आरोपमा प्रहरीमा जाहेरी परेको छ । काठमाडौको एक कलेजमा अध्ययनरत किशोरीले मंगलबार जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । मंगलबार साँझ परेको जाहेरीमाथि अध्ययन भइरहेको प्रहरीले जनाएको छ । तर, प्रहरी अधिकारीहरूले औपचारिक रूपमा यसबारे बोल्न चाहेका छैनन् । प्रहरीले पीडित किशोरीको स्वास्थ्य जाँच गरी घटना भएको...
-
२०७९ भाद्र २२, बुधबार
नेपालका सङ्गीतकारलाई ‘वेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड
नेपालको गीत संगीत क्षेत्रका चर्चित सङ्गीतकार रोशन वान्तवा राईले ‘बेष्ट अमेरिकन म्युजिसीयन अफ दि इयर’ को अवार्ड प्राप्त गर्नुभएको छ । मंगलबार राजधानीमा पत्रकार भेटघाटबीच उक्त अवार्ड सार्वजनिक तथा हस्तान्तरण गरिएको हो । विशिष्ट गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता रहेको पत्रकार भेटघाटमा सङ्गीतकार राईले अवार्ड आफूले कसरी प्राप्त गर्न सके भन्ने बारेमा जानकारी दिनुभएको थियो । पत्रकारले सोधेको प्रश्नमा...
-
२०७९ भाद्र २१, मंगलबार
बाल यौन दुरुपयोगकाे मुद्दामा पल शाहलाई साढे २ वर्ष कैद सजाय
काठमाडौं - नाबालिग जबर्जस्तीकरणी अभियोगमा जेल चलान भएका अभिनेता पल शाहले बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सजायँ पाएका छन् । जिल्ला अदातल, नवलपुरका यज्ञप्रसाद आचार्यको मंगलबारको इजलासले उक्त फैसला गर्दै पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि आदेश दिएको छ । गत चैतमा पीडितका बाबुले प्रहरीमा उजुरी दिएपछि अभिनेता शाह आफैँ प्रहरीकहाँ उपस्थित भएका थिए ।...
-
२०७९ भाद्र २१, मंगलबार
मन्त्री श्रेष्ठसँग विवादमा परेका सुरक्षा गार्ड थुनामुक्त
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई राम्रो व्यवहार नगरेको आरोपमा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरुङ थुनामुक्त भएका छन् । गृहमन्त्री बालकृष्ण खाणकाे निर्देशनपछि सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले गुरुङलाई साधारण तारेखमा छाड्न आदेश दिएको हाे । गृहमन्त्री खाणले काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुराएर सुरक्षा गार्ड...
-
२०७९ भाद्र २१, मंगलबार
साफ च्याम्पियनसिप : नेपालद्वारा भुटान ४–० गोलअन्तरले पराजित
काठमाडौं - नेपालकी सावित्रा भण्डारी (साम्बा) र अनिता बस्नेतको गोलमा छैटौँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । नेपालले खेलको पहिलो हाफमा एक गोल गर्दा दोस्रो हाफमा थप तीन गोल थप्यो । नेपालकी चर्चित...
-
२०७९ भाद्र २१, मंगलबार
२९ वर्षदेखिको कर असुल गर्न कामपाको तत्परता
विगत २९ वर्षदेखिको सम्पत्ति कर असुल गर्नका लागि काठमाडौँ महानगरपालिकाले करदातालाई पुनः पत्राचार गरेको छ । कामपा राजस्व विभागले विगत लामो समयदेखि तिर्नुपर्ने कर र सो को जरिवानासहित १० दिनभित्र बुझाउन सम्बन्धित करदातालाई पत्राचारसहित आज अनुरोध गरेको हो । कामपाले यसअघि पनि ती करदातालाई पटक–पटक पत्राचार गरे पनि उनीहरूले बेवास्ता गर्दै आएका थिए । यसरी कर नतिर्ने संस्थाहरुमा खाद्य संस्थान, हाईट फिल...
-
२०७९ भाद्र २१, मंगलबार
असन बजारका फुटपाथ र अवैध संरचना हटाउन बालेनकाे निर्देशन
काठमाडौँ - काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले असन क्षेत्रको फुटपाथको व्यापार र अवैध संरचना हटाउन निर्देशन दिएका छन् । यससँगै महानगर प्रहरी लगाएर फुटपाथ पसलहरु हटाउन थालेको छ । असनको इन्द्रचोक क्षेत्र लगायतमा अव्यवस्थित रुपमा सञ्चालनमा भइरहेका पसलहरु, पार्किङ तथा असनका गल्ली गल्लीमा राखिएका फुटपाथ पसल प्रहरीले हटाउन थालेको छ । असन क्षेत्रमा पसलको एरियाभन्दा बाहिर पनि झुन्ड्याएर तथा फुटपाथ...
-
२०७९ भाद्र २१, मंगलबार
कतारका महामहिम राजदुत ढकालसंग संसार्स अनलाइनको विशेष भेट
अनलाइन क्षेत्रमा सकृय संसार अनलाइन ग्रुपका जनरल म्यानेजर तथा रिपोर्टर विरबल रोका क्षेत्रीले कतारका लागि नेपाली राजदूत महामहिम डा.नरेश विक्रम ढकाल संग एक विशेष भेटवार्ता सम्पन्न गरेको छ । यसै क्रममा महामहिम राजदुत डा. नरेश विक्रम ढकालले , "म भ्रष्टाचार गर्दिन। म भ्रष्टाचार हुन दिन्न। म देश र जनताका लागि इमानदार भएर काम गर्ने प्रतिज्ञा गर्दछु।” भनेर भन्नु भएको छ । उहाँले आफु कुनै राजनैतिक...
-
२०७९ भाद्र २१, मंगलबार
अभिनेत्री आचार्य र उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार प्रदान
केही वर्ष अगाडि भारतको देहरादूनमा सडक दुर्घटनामा पर्नु भएकी अभिनेत्री, मोडल निशा घिमिरेलाई नेपालमा ल्याएपछि नवजीवन परोपकार समाजको पहलमा मेघा चौधरी मार्फत नर्भिक अस्पतालमा निःशुल्क उपचार भएको थियो । ५/६ महिनाको उपचार पछि उपचाररत अवस्थामा नै मोडल निशा घिमिरेको २०७८ भदौ १६ गते निधन भएको थियो । निशा घिमिरे उपचाररत अवस्थामा नै देश विदेशमा रहनु भएका शुभेच्छुक सहृदयी दाताहरुले निशाको सिघ्र स्वास्थ्य...


