-
२०७९ भाद्र ११, शनिबार
यो साता कोभिड सङ्क्रमण घट्दो क्रममा
यो साता कोभिड–१९ सङ्क्रमण क्रमशः घट्दो क्रममा रहेको तथ्याङ्कले देखाएको छ । यो महिनामा सबैभन्दा बढी सङ्क्रमण भदौ १ गते देखिएको थियो । त्यसदिन आठ सय ५२ सङ्क्रमित भेटिएका थिए । त्यसपछिका दिनमा क्रमशः घट्दै गएकामा भदौ ६ गते एक्कासि बढेर छ सय ५८ सङ्क्रमित फेला परेका थिए । भदौ ७ गतेपछि भने सङ्क्रमण पुनः घट्दो क्रममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । प्राप्त...
-
२०७९ भाद्र ११, शनिबार
एकपटक जितिसकेका व्यक्ति फेरि प्रत्यक्षबाट लड्नसक्ने : एमाले
काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ। ललितपुरको च्यासलस्थित बसेको पार्टी केन्द्रीय कमिटी बैठकले प्रतयक्ष निर्वाचित हुने क्षेत्रमा 'कतिपटक उम्मेदवार' भन्ने तर्क व्यवहारिक नहुने नीति लिएको छ। त्यस्ता क्षेत्रमा एमालेले...
-
२०७९ भाद्र ११, शनिबार
काठमाडौंका सडकमा सबै फोहर व्यवस्थापन
काठमाडौं - काठमाडौं उपत्यकामा यसअघि सडकमा थुपारिएको सबै फोहर व्यवस्थापन गरिएको छ । दुई महिनादेखि उपत्यकाको सडकमा थुप्रिएका सबै फोहर व्यवस्थापन भए पनि टेकु ट्रान्फरस्टेशनमा राखिएको फोहर व्यवस्थापन भने आगामी सातासम्ममा सक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । कामपा वातारण विभाग प्रमुख सरिता राईले सडकमा यत्रतत्र रहेको सबै फोहर व्यवस्थापन भइसकेको र यदि कतै फोहर व्यवस्थापन हुन बाँकी भएको पाइए...
-
२०७९ भाद्र ११, शनिबार
हतियार प्रहार गरी श्रीमतीको हत्या
झापाको झापा गाउँपालिकामा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।मादक पदार्थ सेवन गरेका झापा–६ स्थित चन्द्रबस्तीका ४० वर्षीय नाइके हास्दाले शुक्रबार राति १०ः१० बजे ३५ वर्षीय श्रीमती तालामाईको कोखामा हतियार प्रहार गरेर हत्या गरेको झापा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । श्रीमतीको हत्या गरी फरार भएका उनलाई आज बिहान ८ बजे नेपाल–भारत सीमा नजिकै...
-
२०७९ भाद्र ११, शनिबार
आइतबारदेखि राहदानी विभागकाे बेसमेन्टमा पार्किङ हुने
काठमाडौं - राहदानी विभागले आगामी आइतबारदेखि बेसमेन्टलाई पार्किङ्को रुपमा प्रयोग गर्न सकिने सूचना सार्वजनिक गरेको छ । नक्साअनुरुप निर्माण नभएका संरचना र नक्सा पास भएबमोजिम प्रयोग नभएका संरचना अवैध ठहर गर्दै काठमाडौँ महानगरपालिकाले गत मङ्गलबारदेखि त्यस्ता संरचना भत्काउने काम शुरु गरेको थियो । सोही क्रममा आज कामपाले गरेको अनुगमनको क्रममा त्रिपुरेश्वरमा रहेको राहदानी विभागको बेसमेन्टमा सञ्चालन गरेको...
-
२०७९ भाद्र ११, शनिबार
आज कुशे औंसी, विशेष सम्मानसहित बाबुकाे मुख हेरिँदै
काठमाडौँ - आज भाद्र कृष्ण औँसी अर्थात् कुशे औंसी, हिन्दू धर्मावलम्बीले पिताको मुख हेरेर विशेष सम्मानसहित मनाउँदै छन् । सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी)का दिन यो पर्व मनाइन्छ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार...
-
२०७९ भाद्र ११, शनिबार
साहित्यकार एवं समालोचक अपर्णा प्रधानले व्यक्त गरे युवा विदेश पलायनप्रतिको चासो
चार दसकको इतिहास बोकेको कुतः पिकाक प्रकाशनले विभिन्न विधामा तयार गरिएका चार वटा पुस्तकलाई ललितपुरको लुभुमा पुस्तकलाई एउटै मञ्चबाट एकैचोटी विमोचन गरिएको छ । साहित्यकार एवं समालोचक अपर्णा प्रधानद्वारा रचित नेपालभाषाका दुई लघुकथा संग्रह यान्त्रिकपुर र ल्वहं द्यः, अनि आत्मवृतान्त कृति "पुनर्जन्म” र समालोचना संग्रह "प्रतिविम्व” नामक पुस्तकहरू विमोचन गरिएको हो । कार्यक्रममा महालक्ष्मी नगरपालिकाका...
-
२०७९ भाद्र १०, शुक्रबार
राधा दामोदर माविमा संस्कृत भाषा र नीति शास्त्र अनिवार्य
स्याङ्जाको चापाकोट नगरपालिका ७ रिमाल्दीमा रहेको राधा दामोदर माविमा संस्कृत भाषा र नीति शास्त्र विषय अनिवार्य गरिएको छ । कक्षा छ, सात र आठ का विद्यार्थीले अनिवार्य विषयका रुपमा १००÷१०० पूर्णाङ्कको यी दुई विषय अध्ययन गर्दै आइरहेका छन् । संस्कृत भाषा लोप हुन नदिनुकासाथै संस्कार र संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित विद्यालयमा अनिवार्य विषयकोरुपमा यसलाई समावेश गरिएको विद्यालयका प्रधानाध्यापक...
-
२०७९ भाद्र १०, शुक्रबार
राष्ट्रपति भण्डारी ‘छोरी’ कार्यक्रममा सहभागी
राष्ट्रपति विद्यादेवी भण्डारी आज यहाँ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सहभागी हुनुभएको छ । सिस्नुपानी नेपालले आज नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको ‘छोरी’ कार्यक्रममा उहाँ सहभागि हुनुभएको हो । छोरी तथा महिला शसक्तिकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा राष्ट्रिय कलाकारले समाजमा छोरीको महत्व दर्शाउँदै विभिन्न कला प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले छोरी र महिलाका...
-
२०७९ भाद्र १०, शुक्रबार
निर्वाचन सुरक्षार्थ ७१ हजार प्रहरी परिचालन हुने
काठमाडौँ - आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाल प्रहरीले ७१ हजार छ सय ९३ प्रहरी कर्मचारी परिचालन गर्ने भएको छ । गत वैशाख ३० को सम्पन्न स्थानीय तह निर्वाचनमा करिव १० हजार बढी प्रहरी परिचालन गर्न लागिएको हो । निर्वाचनअन्तर्गत मतदानको दिन आउन ८६ दिन बाँकी छ । प्रहरी महानिरीक्षक धीरजप्रताव सिंहले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभा निर्वाचनमा पनि...
-
२०७९ भाद्र १०, शुक्रबार
महानगरले राहदानी विभागकाे पार्किङ एरिया खालि गरायाे
काठमाडौं - काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङ एरिया पनि खाली गराएको छ । महानगरले शुक्रबार पार्किङ प्रयोजनको लागि अनुमति लिएर ग्राहक प्रतिक्षालय बनाएको विभागको पार्किङ एरिया खाली गराएको हो । राहदानी विभागले पार्किङ एरियाको लागि भनेर नक्सा अनुमति लिएर राहदानी बनाउन आउनेहरुको लागि बस्न मेच राखिएको थियो । केही दिनयता महानगरले यसरी अनधिकृत रुपमा बनाइएका संरचनाहरु हटाउन...
-
२०७९ भाद्र ९, बिहिबार
‘मगर खाम भाषा’ सङ्कटमा
बागलुङको सुदूर गाउँ निसी । आफ्नै भाषा, मौलिक कला, संस्कृति र परम्परा भएको ठाउँ । डेढ दशक अगाडिसम्म निकै दुर्गम मानिने निसी मध्यपहाडी लोकमार्गले जोडिएपछि सुगम बनेको छ । निसी क्षेत्र सुगम बन्दै गएपछि यहाँका भाषा, कला र संस्कृति भने ओझेलमा पर्न थालेका छन् । लोकमार्गले जोडिएपछि बाह्य संस्कार संस्कृतिको सिको हुन थालेपछि यहाँका संस्कार संस्कृति ओझेलिन थालेका हुन् । कला, संस्कृतिसँगै यहाँका मगर समुदायको...


