STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र ९, बिहिबार

    अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन बालेनकाे निर्देशन

    काठमाडौँ - बानेश्वरमा रहेको अल्फा बिटा कम्प्लेक्सको अवैध पार्किङ हटाउन काठमाडौँ महानगरका मेयर बालेन शाहले निर्देशन दिएका छन् । महानगरभित्रका अवैध संरचना हटाउन र भूमिगत पार्किङहरु व्यवस्थित गर्न अभियान नै सुरु गरेका बालेनले आज बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सको अनुगमनमा गएका हुन् । सो क्रममा बालेनले कम्प्लेक्सका मालिकसँग नक्सा मागेपछि उनले दिन नसक्दा मेयर बालेन आक्रोशित भए । केहीबेर चर्काचर्की...

  • २०७९ भाद्र ९, बिहिबार

    शङ्खमूल बर्गर हाउस खाली गर्न बालेनकाे निर्देशन

    काठमाडौँ - काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहको नेतृत्वले आज पनि नयाँबानेश्वर स्थित शङ्खमूल बर्गर हाउस तत्काल खाली गर्न निर्देशन दिएको छ । त्यस  क्षेत्रको अवलोकनपछि उहाँले पार्किङका लागि निर्माण गरिएका स्थान सोही प्रयोजनका लागि प्रयोग गर्न निर्देशन दिनुभएको हो । शङ्खमूलको बर्गर हाउस बेसमेन्ट पार्किङमा सञ्चालित छ । तत्काल उक्त संरचना हटाएर नक्सा पासअनुरुप पार्किङको व्यवस्था गर्न निर्देशन...

  • २०७९ भाद्र ९, बिहिबार

    फरार कैदी लुभुबाट पक्राउ

    काठमाडौं - नख्खु कारागारबाट उपचारका लागि टिचिङ अस्पताल लैजादै गर्दा फरार भएका एक कैदी लुभुबाट पक्राउ परेका छन् । आँखाकाे उपचारका लागि अस्पताल लगेका बेला भागेका रामेछापको पिल्पुङग गाउँपालिका–२ का ३१ वर्षीय भोला बुढाथोकी पक्राउ परेका हुन् ।  बुथाथोकी कर्तव्य ज्यान मुद्दामा जेल सजाय भोगिरहेका व्यक्ति हुन् । उनले ९ वर्ष जेल सजाय काटिसकेका थिए ।घटनाको छानविनका लागि ललितपुर प्रहरीका एसपी देवेन्द्र...

  • २०७९ भाद्र ८, बुधबार

    नेवाः सम्पदा संरक्षण गरेर पर्यटक आकर्षित गर्नुपर्छः मन्त्री श्रेष्ठ

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री जीवनराम श्रेष्ठले राजधानीको नेवाः संस्कृति र सम्पदा संरक्षण गरेर बढीभन्दा बढी पर्यटक भित्र्याउन वर्तमान सरकार लागिपरेको बताउनुभएको छ । नेवार समुदायको राष्ट्रिय सङ्गठन नेवाः देय् दबुले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा उहाँले विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबार क्षेत्रबाट स्वयम्भू दरबार क्षेत्र जाने दुई दशमलव दुई किमी सम्पदा ट्रेल निर्माण...

  • २०७९ भाद्र ८, बुधबार

    काठमाडौं मलको अनधिकृत संरचना महानगरले भत्कायो

    काठमाडौं - काठमाडौं महानगरपालिकाले सुन्धारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ । बुधबार विहान मेयर बालेन्द्र साह (बालेन)को उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषको स्वामित्वमा छ । यो भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर...

  • २०७९ भाद्र ८, बुधबार

    देउवा भेट्न ओली वालुवाटारमा

    काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न वालुवाटार पुगेका छन् । सत्ताबाट बाहिरिएपछि विरलै प्रधानमन्त्री निवास वालुवाटार विरलै पुग्ने गरेका ओली बुधबार भने बिहानै देउवा भेट्न वालुवाटार पुगेका हुन् । कानुन निर्माणका साथै दिर्घकालीन महत्वका निर्णयहरु प्रतिपक्षी दलसँग सल्लाह नगरी सरकारले एकलौटी निर्णय गरिरहेको एमालेको आरोप छ । अध्यक्ष ओलीले प्रधानमन्त्री देउवासँग...

  • २०७९ भाद्र ८, बुधबार

    नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरियो स् अध्यक्ष दाहाल

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयकबारे गलत ढङ्गले प्रचार गरिएको बताउनुभएको छ । यहाँ आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले नागरिकता विधेयकलाई गलत ढङ्गले र गलत उद्देश्यका निम्ति प्रचार गरिएको बताउनुभयो । नागरिकता विधेयक अहिले राष्ट्रियसभामा रहेको र त्यहाँबाट पारित भएपछि राष्ट्रपतिकहाँ जाने उल्लेख गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “अहिलेको विधेयकमा आमाबावु दुवै...

  • २०७९ भाद्र ८, बुधबार

    निर्वाचनका लागि पर्यवेक्षण संस्था आह्वान

    निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय संस्थालाई आवेदन दिन आह्वान गरेको छ । आयोगले यसअघि पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संस्थालाई आग्रह गरिसकेको छ । आयोगले आज जारी गरेको सूचनामा १५ दिनभित्र कामगजातसहित सूचना प्रणालीबाट आवेदन दिन आह्वान गरेको हो । यसअघिको निर्वाचनमा पर्यवेक्षणमा सहभागी संस्थाले सोको प्रतिवेदन नबुझाए पर्यवेक्षणमा भाग लिन...

  • २०७९ भाद्र ७, मंगलबार

    युवा जनशक्ति विदेश पलायन भएकोमा प्रदेशमन्त्री बसन्त मानन्धरको चिन्ता

    बागमति प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धरले युवा जनशक्ति विदेश पलायन भएकोप्रति चिन्ता व्यक्त गर्दै  उनीहरुलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरको थिमिस्थित सिवा सायमि खलःले आयोजना गरेको नागरिक अभिनन्दन  कार्यक्रममा मन्त्री मानन्धरले सांस्कृतिक सेतुमार्फत युवाहरुलाई स्वदेशमै आकर्षित गर्नसकिने तर्क प्रस्तुत गरेका छन् । उनले सांस्कृतिक पर्यटनको...

  • २०७९ भाद्र ७, मंगलबार

    युवा जनशक्ति विदेश पलायन भएकोप्रति माननीय बसन्त मानन्धरको चिन्ता

    वाग्मती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिंचाइ मन्त्री माननीय बसन्त मानन्धरले युवा जनशक्तिलाई स्वदेशमै आकर्षित गर्नुपर्नेमा जोड दिएका छन् । भक्तपुरको थिमिस्थित सिवा सायमि खलःले सम्पन्न गरेको नागरिक अभिनन्दन पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री मानन्धरले सांस्कृतिक सेतुमार्फत युवाहरुलाई स्वदेशमै आकर्षित गर्नसकिने तर्क गरे । ‘सांस्कृतिक गतिविधि गर्नैपर्छ । त्यसको अलावा पेशागत र व्यावसायिक...

  • २०७९ भाद्र ७, मंगलबार

    मेलाम्ची बाढी प्रभावितलाई अझै सास्ती

    मेलम्ची र इन्द्रावती नदीमा बाढी आएको १४ महिना पूरा हुँदासमेत बाढीले क्षति गरेका सामान्य पूर्वाधार निर्माण समेत दिगो हिसाबले हुनसकेको छैन । यसले मेलम्ची तथा इन्द्रावती बाढी प्रभावितले सास्ती खेप्न बाध्य छन् । मेलम्ची र इन्द्रावतीमा गत वर्ष असार १ गते र साउन १६ गते आएको बाढीले नदी तटीय क्षेत्रका बस्ती, खेतीयोग्य जमिन, पुलपुलेसा, सडक, विद्युत्लगायत विभिन्न संरचनामा क्षति पुग्यो । यसले गर्दा खोला...

  • २०७९ भाद्र ७, मंगलबार

    चाडपर्वमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग

    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी जनतालाई राहत दिन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज विज्ञप्ति जारी गरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको भन्दै नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य घटाएर चाडपर्वको समयमा जनतालाई राहत दिन माग गर्नुभएको हो । “भारतबाट नेपालमा आयत हुने पेट्रोलियम पदार्थको मूल्यमा तीन...

Pages