STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र ७, मंगलबार

    नेपाल बन्द : भरतपुरमा ६ गाडी ताेडफाेड, ५ बन्दकर्ता पक्राउ

    काठमाडौं - चितवनमन बन्दकाे अवज्ञा गरेकाे भन्दै भरतपुरका विभिन्न स्थानमा छवटा गाडीमा तोडफोड गरिएको छ । तोडफोड गरेको आरोपमा प्रहरीले पाँच बन्दकर्तालाई पक्राउ गरेको छ भने चार वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ । बन्दकर्ताले प्रदेश३–००१ क ०३१२ नम्बरको कार, ना ८ ख ४२५९ नम्बरको बस, ना ५ ख २२६३ नम्बरको ट्रक, ना ५ ख १४३१ नम्बरको बस, ना ४ ख ८३२५ नम्बरको ट्रक, प्रदेश२–०३–००१ ख ००९८ नम्बरको बसमा ढुङ्गाले...

  • २०७९ भाद्र ७, मंगलबार

    उपत्यकामा बन्द गराउन निस्केका १८ जना पक्राउ

    काठमाडौं - काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । आज (मंगलबार) नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले बन्द आह्वान गरेको छ । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले जानकारी दिएका छन् । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एक जना...

  • २०७९ भाद्र ७, मंगलबार

    शाकाहारी खाना प्रवर्द्धन गर्न तीन शहरमा ‘हिमालयन भीगन महोत्सव–२०७९’ हुने

    काठमाडौं - शाकाहारी खानाको प्रवर्द्धन गरी स्वदेशी तथा विदेशी पर्यटन आकर्षण गर्ने उद्देश्यले हिमालय क्षेत्रको प्रथम शाकाहारी महोत्सव ‘हिमालयन भीगन महोत्सव–२०७९’ नेपालको तीन प्रसिद्ध शहरहरु काठमाडौं, पोखरा र लुम्बिनि मा आयोजना हुने भएको छ । वर्ल्ड भीगन अर्गनाइजेशन नेपालको आयोजनामा आगामी भदौ २८ देखि असोज ४ गतेसम्म महोत्सव गर्न लागिएको कुरा सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ...

  • २०७९ भाद्र ६, सोमबार

    ‘कलासंस्कृति संरक्षणमा सरकार प्रतिबद्ध छ’

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनका विभिन्न आयाममध्ये नेपाली कलासंस्कृति पनि एक महत्वपूर्ण क्षेत्र भएको बताउनुभएको छ । नेपाल व्यावसायिक कलाकार सङ्घले आज आयोजना गरेको कलाकार तथा लेखक सुरेशकुमार द्यःलाद्वारा लिखित ‘सत्यम्, शिवम्, सुन्दरम’ नामक पुस्तक विमोचन कार्यक्रममा मन्त्री श्रेष्ठले नेपाली कला–संस्कृतिको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विश्व...

  • २०७९ भाद्र ६, सोमबार

    सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र

    अब आइपिओ भर्दा सी–आस्बाको शुल्क अधिकतम पाँच रूपैयाँ मात्र लाग्ने भएको छ। हाल यस्तो शुल्क अधिकतम एक सय रूपैयाँसम्म लाग्ने गरेको छ। सेयरमा लगानीकर्ताको रकम बैंक खातामै रोक्का हुने व्यवस्थालाई सी-आस्बा भनिन्छ। अब यसरी सी आस्बाबाट उठ्नेमध्ये एक रूपैयाँ सिडिएस एन्ड क्लियरिङले प्राप्त गर्ने र एक रूपैयाँ सेयर बिक्री प्रबन्धकले प्राप्त गर्ने भएको छ। ‘सेन्ट्रलाइज्ड आस्बा’ लाई छोटकरीमा सी-आस्बा भन्ने...

  • २०७९ भाद्र ६, सोमबार

    निर्वाचनको अनुमानित खर्च मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने

    काठमाडौं - आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारहरुले निर्वाचनको खर्चको अनुमानित रकम मनोनयनपत्र दर्ता गर्दा जानकारी गराउनुपर्ने भएको छ । निर्वाचन आचारसंहिता २०७९ लाई सुझावका आधारमा परिमार्जन र संशोधनका लागि दलहरुसँग छलफल गर्दै निर्वाचन आयोगले अनुमानीत चुनावी खर्च र स्रोतका बारेमा मनोनयनपत्र दर्ता गर्दा नै जानकारी गराउनुपर्ने जनाएको हो । त्यस्तै, उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्दा नै...

  • २०७९ भाद्र ६, सोमबार

    एकैदिन थप ६५८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं - एकैदिन थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट ६६४३ नमूना परीक्षण गर्दा ६५८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३३८१ र एन्टिजेनबाट ३२६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टाको अवधिमा थप ४५६ जना...

  • २०७९ भाद्र ५, आइतबार

    मंसिर ४ को निर्वाचनका लागि १० अर्ब बजेट लाग्ने

    काठमाडौं - निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रदेश र संघको निर्वाचनका लागि १० अर्ब रुपैयाँ बजेट लाग्ने अनुमानसहित स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ । सोबारे मन्त्रालय र आयोगबीच छलफल भइरहेको आयोगका प्रवक्ता पौडेलले जानकारी गराएका छन् । उनका अनुसार आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ भने कुल करिब दुई लाख जनशक्ति लाग्ने अनुमान गरिएको छ । निर्वाचनमा ५७ प्रकारका निर्वाचन...

  • २०७९ भाद्र ५, आइतबार

    शिक्षक सेवा आयोगले सार्वजनिक गर्‍यो वार्षिक कार्यतालिका

    काठमाडौं - शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले पदपूर्तिसम्बन्धी कार्यतालिका सार्वजनिक गरेको हो । खुला विज्ञापन आगामी मङ्सिर महिनामा, खुला विज्ञापनको सामान्य परीक्षा फागुनमा, विषयत परीक्षा आगामी जेठमा खुल्नेछ । आयोगले वैशाखभित्र पहिलो चरणको परीक्षा सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगले पुसभित्रमा माध्यमिक तृतीय तहको विज्ञापन निकाल्नेछ। ...

  • २०७९ भाद्र ५, आइतबार

    गिरीको सम्मानमा तीन दिन कांग्रेको झण्डा आधा झुकाइने

    काठमाडौं - नेपाली कांग्रेसले दिवङ्गत नेता प्रदीप गिरीप्रति उच्च सम्मान प्रकट गर्दै यही भदौ ५, ६ र ७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय र मातहतका सबै कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको छ । साथै पार्टीले शोक श्रद्धाञ्जलीका कार्यक्रमबाहेक अरु सबै कार्यक्रम स्थगित गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले समाजवादी चिन्तक, पूर्वकेन्द्रीय...

  • २०७९ भाद्र ५, आइतबार

    कांग्रेस नेता प्रदीप गिरीको निधन

    काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रदीप गिरिको ७५ वर्षको निधन भएको छ । उपचारका क्रममा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा शनिबार राति साढे ९ बजे उहाँको निधन भएको उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकजकुमार बर्मनले जानकारी दिनुभयो । प्रतिनिधि सभाका सांसदसमेत रहनुभएका कांग्रेसका नेता एवम् समाजवादी चिन्तक गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचारपछि...

  • २०७९ भाद्र ४, शनिबार

    नारायणकाजी श्रेष्ठको नेतृत्वमा निर्वाचन घोषणापत्र तयारी समिति

      काठमाडौं - नेकपा (माओवादी केन्द्र)ले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र तयारी समिति बनाएको छ । शनिबार पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा १७ सदस्यीय निर्वाचन घोषणापत्र तयारी समिति बनाउने निर्णय गरेको हो । उपाध्यक्ष कृष्णबहादुर महराले भनेका छन्, ‘आगामी निर्वाचनका लागि हामीले आजको बैठकबाट...

Pages