-
२०७९ भाद्र २, बिहिबार
गठबन्धनबारे लोसपाले शुक्रबार टुङ्गो लगाउने
काठमाडौं- लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले गठबन्धनमा बस्ने/नबस्नेबारे भोलि (शुक्रबार) टुंगो लगाउने भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र लोसपाका नेताहरुबीच बिहीबार भेटवार्ता भएको थियो । संसदबाट नागरिकता विधेयक पारित गराउने विषयमा छलफल गर्न लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए । सो क्रममा प्रधानमन्त्री देउवाले संसदबाट नागरिकता...
-
२०७९ भाद्र २, बिहिबार
क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौँ - क्रिप्टोकरेन्सीले मान्यता पाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । क्रिप्टोकरेन्सीलाई मान्यता नदिने राष्ट्र बैंकको निर्णय खारेज गर्नसमेत रिटमा माग गरिएको छ । बिहीबार दर्ताको भएको रिटमा पहिलो सुनुवाई आगामी सोमबार हुनेछ । अधिवक्ता सागर बराललगायतले दायर गरेको रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, नेपाल राष्ट्र बैंक, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, अर्थ...
-
२०७९ भाद्र २, बिहिबार
एकैदिन ५४२ जनामा कोरोना पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर थप ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९३० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८२ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा २ सय २४ जना र २ हजार ८४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय १८ जनामा कोरोना...
-
२०७९ भाद्र २, बिहिबार
नागरिकता विधेयक आजै पारित गर्ने तयारी
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक आजै पारित गर्ने तयारी भएकाे छ।गठबन्धनको निर्णय र सरकारको आग्रहअनुसार प्रतिनिधि सभामा गृहमन्त्री खाणले सन्देशसहित फिर्ता आएको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्। यस पटक पनि विधेयक समितिमा नपठाई सदनबाटै पारित गर्न लागिएको हो। यसअघि पनि नागरिकता विधेयकको प्रक्रिया ‘फास्ट...
-
२०७९ भाद्र १, बुधबार
चोलेन्द्रशम्शेर विरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दै
काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरू भएकाे छ । बिहीबार बसेकाे बैठकमा निलम्बित प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोगका सम्बन्धमा प्रारम्भिक अध्ययन सुरु भएकाे हाे । नेकपा एमालेले जबरामाथिको महाअभियोग प्रस्तावमाथि सिफारिस समितिको काम एक महिनामा सक्न प्रस्ताव गरेको छ ।महाअभियोग सिफारिस समितिको पहिलो बैठकमा एमाले सांसद...
-
२०७९ भाद्र १, बुधबार
स्थानीयकाे अवरोधबीच फोहर व्यवस्थापन
काठमाडौं - स्थानीयले निरन्तर अवरोध गरेपछि काठमाडौँ महानगरपालिकाले आज पनि सुरक्षा घेराबाटै उपत्यकाको फोहर व्यवस्थापन गरेको छ । कहिले बाटो मर्मतको काम त कहिले सिसडोल र बञ्चरेडाँडाको स्थानीयले गरेको अवरोधका कारण काठमाडौँ उपत्यकाको फोहर दुई महिनादेखि अन्तिम व्यवस्थापन हुन सकेको छैन । लामो समयसम्म फोहर व्यवस्थापन हुन नसक्दा अहिले उपत्यकाका सडक फोहरले दुर्गन्धित बनेका छन् भने नागरिकको दैनिकीमा समस्या...
-
२०७९ श्रावण ३१, मंगलबार
अमेरिकामा इही कर्म सम्पन्न
नेवार समुदायका कन्याहरु रजस्वला हुनुपूर्व परम्परागत इही कर्म गर्ने चलन अनुसार गरिने विशेष पूजा अमेरिकाको नेवाः गुठी न्युयोर्कको आयोजनामा सम्पन्न गरेको छ । गुठीले बर्षेनी गर्दै आएको यो पाँचौ संस्करण हो । यस पटकको इही कर्ममा ७ जना बालिका सहभागी भएका थिए । जसमा ९ वर्षीय किअरा किअरा ताम्राकार, ९ वर्षीय रुविशा श्रेष्ठ,, ९ वर्षीय रुविशा श्रेष्ठ, ८ वर्षीय सनया कारन्जित, ९ वर्षीय श्रीशा श्रेष्ठ , ९...
-
२०७९ श्रावण ३१, मंगलबार
सुनागुथिमा भाद्र ४ गते संसारकै विशाल भीमसेन देवताको भव्य पूजा हुने
सहभागिताको लागि उपत्यकाका सम्पूर्ण भक्तजनहरुलाई आह्वान ललितपुरस्थित ऐतिहासिक एवं सांस्कृतिक महत्वको नेवार समुदायको बस्ती सुनागुथिको बालकुमारी परिसरमा स्थापना गरिएको भीमसेनको पूजा भाद्र ४ गते शनिबार भव्यताका साथ हुने भएको छ । सुनागुथि क्षेत्रको सर्वाङ्गीण विकास तथा ललितपुरलाई नै सांस्कृतिक एवम् धार्मिक एवं पर्यटकीय स्थलका रुपमा परिवर्तन गरी सुपरिचित गराउन र समग्र देशकै गरिमा र गौरवलाई विश्वसामु...
-
२०७९ श्रावण ३१, मंगलबार
विशिष्ट अभिनेता कृष्ण मल्ल लगायतका व्यक्तित्वहरु सम्मानित
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको विकासको मोडेल नेपालकै जस्तो हुनुपर्ने बताउनु भएको छ । विगतमा कसैले स्विट्जरल्यान्ड, सिंगापुर, जापानजस्तो बनाउने भनिएको उल्लेख गर्दै उहाँले नेपाललाई आफ्नै मोडेलमा विकास गर्नुपर्ने कुरामा जोड दिनु भयाे । सोमबार काठमाडौंमा आयोजित कलाकार सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई प्रमूख अतिथीका रुपमा सम्बोधन गर्नु हुँदै अध्यक्ष प्रचण्डले...
-
२०७९ श्रावण ३०, सोमबार
राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट हुने
काठमाडौं - नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरू हुने भएको छ । बङ्गलादेशविरूद्दको मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको हो । नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले ४० खेलाडीलाई प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा बोलाएका छन् । कप्तान किरण चेम्जोङ, उपकप्तान रोहित चन्द, विमल घर्ति मगर, अन्जन विष्ट,...
-
२०७९ श्रावण ३०, सोमबार
थप ८ सय ८८ जनामा कोरोना संक्रमण
काठमाडौँ - पछिल्लो २४ घण्टामा ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको हो । तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
-
२०७९ श्रावण २९, आइतबार
मुदिता सेवा गृहका सहयोगी हातहरु सम्मानित
सामाजिक सेवा र स्वास्थ्य सेवामा सकृय रहँदै आएको सामाजिक संस्था मुदिता सेवा गृह को नवौं वार्षिकोत्सव इक कार्यक्रमका बीच सम्पन्न भएको छ । महिला बाल विकास तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले प्रमुख अतिथीका रुपमा यो संस्था नौ वर्ष पुगेको प्रतिक स्वरुप नौ वटै सुकुण्दा मा दिप प्रज्वलन गरी वार्षिकोत्सव समारोहको समुदघाटन गर्नु भएको थियो । उहाँले यो संस्थाको लागि दस लाख रुपिंया सरकारबाट अनुदान दिने...


