STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण २९, आइतबार

    राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

    राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा सङ्घीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएको जनाउँदै सो विधेयक आज प्रतिनिधिसभामा फिर्ता पठाउनुभएको छ ।      राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रतिनिधिसभाका सभामुखबाट प्रमाणित भई नेपालको संविधानको धारा ११३ को...

  • २०७९ श्रावण २९, आइतबार

    चुनाव अघिल्लो दिन १८ वर्ष पूरा भएकाले मतदान गर्न पाउने

    काठमाडौं - आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि निर्वाचनको अघिल्लो दिन १८ वर्ष पूरा भएका मतदाताले मतदान गर्न पाउने भएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदातालाई मतदान गर्न पाउने व्यवस्था गरिएको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । त्यसका लागि मतदाता सूचीमा नाम दर्ता भएको हुनुपर्नेछ । आयोगले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पनि...

  • २०७९ श्रावण २९, आइतबार

    मसँग उपचार गर्ने पैसा छैन : ओली

    काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् । राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनाे र श्रीमतीकाे नाममा भएकाे सबै सम्पत्ति सरकारकाे नाममा गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए । ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन...

  • २०७९ श्रावण २९, आइतबार

    आजदेखि दैनिक २५०-३५० गाडी फोहोर बञ्चरेडाँडा पुग्ने : मेयर शाह

    काठमाडौं - काठमाडौं महानगरपालिकाले राजधानीको फोहोर उठाउन थालेको छ । सुरक्षाकर्मीको सहयोगमा फोहोर उठाई शनिबार विहानदेखि विर्सजन थालिएको हो । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहले कुनै अवरोध नभएर आजदेखि काठमाडौं महानगरका फोहोर दैनिक रूपमा बञ्चरेडाँडामा व्यवस्थापन गरिने बताएका छन् । कुनै अवरोध नभए आजदेखि दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनले सामाजिक सञ्जाल...

  • २०७९ श्रावण २९, आइतबार

    उपराष्ट्रपति पुनद्वारा तान्त्रिक भैरव नाच अवलोकन

    उपराष्ट्रपति नन्दबहादुर पुनले ऐतिहासिक एवं धार्मिक महत्वको लायकू भैलः नाचको अवलोकन गर्नुभएको छ । आज बिहान सम्पन्न भएको पहिलो दिनको नाच रातभर वर्षाको पर्वाहसमेत नगरी सञ्चालन भएको थियो । लायकू भैलः नाचको अवलोकन गर्न शनिबार राति मध्यपुरथिमिको बालकुमारी मन्दिरको डबलीमा पुग्नुभएका उहाँलाई मध्यपुरथिमि नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो । सो अवसरमा...

  • २०७९ श्रावण २९, आइतबार

    नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर काठमाडाैं आइपुगे

    काठमाडाैं - नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् । उनलाई क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका छन् । विमानस्थलबाट बाहिरिँदै गर्दा मुख्य प्रशिक्षक प्रभाकरले नेपाली क्रिकेट र खेलाडीको बारेमा आफूलाई जानकारी रहेकोले केही समयमा परिवर्तन देखिने गरेर काम गर्ने...

  • २०७९ श्रावण २९, आइतबार

    काठमाडौंमा भीषण वर्षा : उच्च सतर्कता अपनाउन आग्रह

    काठमाडौं - काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गएरातिदेखि नै भारी वर्षा भएको छ । त्यसैले उपत्यकाका नदी तथा खोला किनारका स्थानीय र करिडोरको सडक प्रयोग गर्दा सतर्क हुनुपर्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । “पछिल्लो तीनदेखि ६ घण्टामा काठमाडौं उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, बिष्णुमती जलाधारको धेरै स्थानमा मध्यमदेखि भारी वर्षा भएको छ,” महाशाखाले बिहान ५ बजे सूचना जारी गर्दै भनेको छ, “...

  • २०७९ श्रावण २९, आइतबार

    शनिबारसम्म ४० दल दर्ता

    काठमाडौं - आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र...

  • २०७९ श्रावण २९, आइतबार

    बालोन डिओरकाे मनोनयनमै परेनन् मेस्सी

    एजेन्सी -लगातार ७ पटक बालोन डिओर जितेका पिएसजी क्लवका अर्जेन्टिनी प्रसिद्ध फुटबलर लियोनल मेस्सी यो पटक भने मनोनयनको सूचीमै पर्न असफल बनेका छन् । मेस्सी सन् २००६ देखि लगातार मनोनयमा पर्दै आएका थिए । तर यसपटक उनी १६ वर्षपछि मनोनयनमा नपरेका हुन् । त्यस्तैगरी पिएसजी क्लवकै ब्राजिलका स्टार खेलाडी नेयमार पनि यस पटकको मनोनयनमा परेका छैनन् । फ्रान्स फुटबल म्यागजिनले आउँदो अक्टोबरमा प्रदान गर्ने बालोन...

  • २०७९ श्रावण २८, शनिबार

    बालेनले अस्पताल पुगी भेटे निहारिकालाई

    काठमाडौं - बलत्कारबाट रहेको गर्भबाट बच्चा जन्मिएको दाबी गर्दै न्यायका लागि संघर्ष गरिरहेकी निहारिका राजपुतलाई शनिबार काठमाडौंका मेयर बालेन शाहले त्रिवि शिक्षण अस्पताल पुगेर भेटका छन् । न्यायका लागि अनसनसमेत बसेका निहारिकाले शुक्रबार राष्ट्रपति भवन शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । प्रहरीले उनलाई उद्धार गरी त्रिवि शिक्षण अस्पताल लगेको थियो । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।...

  • २०७९ श्रावण २८, शनिबार

    प्रहरीको गाडी दुर्घटना, २ डिएसपीसहित ५ जना घाइते

    काठमाडौं - नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक रविन्द्र श्रेष्ठसहित अन्य सुरक्षाकर्मी रहेका छन् । सदरमुकाम रुकुमकोटबाट पुथा उत्तरगङ्गा गाउँपालिकाको तकसेरा जाने क्रममा प्रहरीको गाडी पुथा उत्तरगङ्गा गाउँपालिका–११ तल्लो सेरामा दुर्घटनामा परेको हो । गाडी...

  • २०७९ श्रावण २८, शनिबार

    उम्मेदवार मनोनयनको जिम्मा सभापति देउवालाई

    काठमाडौं - नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयनको जिम्मेवारी सभापति शेरबहादुर देउवालाई दिने निर्णय गरेको छ । शनिबार बिहान पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उम्मेदवार मनोनयनको औपचारिक पत्र प्रदान गर्नका लागि सभापति देउवालाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको सहमहामन्त्री भिष्मराज आङ्देम्बेले जानकारी दिए...

Pages