STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण २८, शनिबार

    आदिबासीको अधिकार कार्यान्वयनमा जोड दिनुपर्ने भनाइ मन्त्री श्रेष्ठको

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नयाँ संविधानले आदिबासी जनजातिको धेरै माग सम्बोधन गरेकाले कार्यान्वयनमा दवाव दिन पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) को २३ औं स्थापना दिवसको अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उहाँले सो आग्रह गर्नुभएको हो ।नेपालमा सदियौंदेखि जरा गाडेर रहेको विभेदकारी नीति परिवर्तन भई थुप्रै कानुन...

  • २०७९ श्रावण २८, शनिबार

    काठमाडौंमा गाईजात्रा पर्व मनाइँदै

    काठमाडौं - परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज शनिबार काठमाडौं उपत्यकामा मनाइँदै छ । यसपटक पूर्णिमा तिथि दुई दिन परेकाेमा काठमाडौं उपत्यकामा हिजो शुक्रबार जनै पूर्णिमा मनाएर आज गाईजात्रा पर्व मनाउने निर्णय गरिएको थियो । नेवारहरूको राष्ट्रिय संगठन नेवाः देय् दबू, ज्यापु महागुथिलगायतका संघसंस्थाले औपचारिक वक्तव्य जारी गरी आज गाईजात्रा पर्व मनाउन आह्वान गरेको थियो । भक्तपुर नगरपालिकामा भने हिजो...

  • २०७९ श्रावण २८, शनिबार

    लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण

    काठमाडौं - अमेरिकाको न्यूयोर्कमा विश्वप्रसिद्ध लेखक सलमान रुस्दीमाथि सांघातिक आक्रमण भएको छ । भारतमा जन्मिएका उपन्यासकार रुस्दीमाथि न्यूयोर्कमा आयोजित एक कार्यक्रममा आक्रमण भएको हो । आक्रमणपछि भुइँमा ढलेका रुस्दीलाई कार्यक्रममा उपस्थित अन्य मानिसहरू मञ्चमा पुगेर उठाएका छन् । रुस्दीलाई उठाउँदै गरेको तस्वीर सामाजिक सञ्जालमा पनि पोस्ट गरिएका छन् । एएफपीका अनुसार प्रहरीले छुरा प्रहार भएको बताए पनि...

  • २०७९ श्रावण २८, शनिबार

    वरिष्ठ संगीतकार राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड

    नेपाली संगीत आकाशमा एक सुविख्यात संगीतज्ञका रुपमा कालजयी बन्नु भएका अमर संगीतकार गोपाल योन्जनको ८०अौं जन्मजयन्तीको अवसरमा   नेवाः साधना कला केन्द्रको आयोजनामा एक सांगितिक कार्यक्रमका साथै वरिष्ठ संगीतकर्मि राजु सिंहलाई गोपाल योन्जन एचिभमेंट अवार्ड प्रदान गरिएको छ ।  नेवाः साधना कला केन्द्रका संस्थापक बागमति भाइ सुन्दर मान श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहमा वरिष्ठ संगीत विश्लेशक तथा चलचित्र...

  • २०७९ श्रावण २८, शनिबार

    शीतल निवासअघि निहारिकाद्वारा आत्मदाह प्रयास

    काठमाडौं - विगत एक सातादेखि न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्मदाह प्रयास गरेकी छन् । शुक्रबार दिउँसो राष्ट्रपति भवन शीतल निवास अगाडि पुगेर निहारिकाले आत्मदाह प्रयास गरेकी हुन् । शीतल निवास अगाडि आफ्नो शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले निहारिकालाई नियन्त्रणमा लिएको थियो । निहारिकाले साउन २० बाट आमरण अनशन सुरू गरेकी थिइन् । बसन्तपुर डबलीमा अनशन बसेकी उनले आफ्नो मागको सुनुवाइ...

  • २०७९ श्रावण २७, शुक्रबार

    माधव नेपाललाई कोरोना संक्रमण

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ । बिहीबार गरिएको परीक्षणमा आफूलाई कोरोना संक्रमण देखिएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत् जानकारी दिएका हुन् । उनका अनुसार उनमा कोरोनाको सामान्य लक्षण देखिएको छ । आफू घरमै आराम गरिरहेको पनि उनले जानकारी दिएका छन् । अध्यक्ष नेपालले फेसबुकमा लेखेका छन्, ‘स्वास्थ्य...

  • २०७९ श्रावण २७, शुक्रबार

    एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव

    काठमाडौं - सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि घोषणा गरेसँगै मुलुकभर निर्वाचन केन्द्रित गतिविधि सुरु भएका छन् । राजनीतिक दल र तिनका कार्यकर्ताले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना गतिविधि थालेका छन् भने निर्वाचन आयोगले तीव्रत्तररूपमा तयारी गरिरहेको छ । आयोगले दल...

  • २०७९ श्रावण २७, शुक्रबार

    आज जनै पूर्णिमा, नेवार समुदाय क्वाति खाएर क्वातिपुन्हि मनाउँदै

    काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट...

  • २०७९ श्रावण २६, बिहिबार

    एकैदिन ८१५ जनामा कोरोना पुष्टि, पाँचको मृत्यु

    काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ५३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ८१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ४११ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ४ सय ६५...

  • २०७९ श्रावण २६, बिहिबार

    भुवन केसीको नियुक्तिविरुद्ध सर्वाेच्चमा मुद्दा दर्ता

    काठमाडौं - चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको नियुक्ति खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरिएको छ । अध्यक्षका पाँच दाबेदार नरेश पौड्याल, अरुण प्रधान, निर्मलराज ढकाल, मनिष पण्डित र सुचित्रा श्रेष्ठले नियुक्ति खारेज माग गर्दै सर्वाेच्चमा रिट दर्ता गराएका हुन् । अध्यक्षमा नियुक्ति हुनका लागि स्नातक उत्तीर्ण हुनुपर्ने तर, केसीको योग्यता नपुगेको भन्दै उनीहरुले नियुक्ति खारेजीको...

  • २०७९ श्रावण २६, बिहिबार

    ठेचोको १२ वर्षे जात्राको लागि मुल ब्यवस्थापन समिति गठन

    काठमाडौं - ललितपुरको गोदावरी नगरपालिका–१२ ठेचोका नवदूर्गा भवानी देवी गुठीले आफ्नो १२ वर्षे जात्रा सफलतापूर्वक सञ्चालन गर्नका लागि मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मुल ब्यवस्थापन समिति गठन गरेको छ । गुठीले विहीबार पत्रकार सम्मेलन गरेर १२ वर्षे जात्रा सञ्चालनका लागि मेयर महर्जनको संयोजकत्वमा २७ जनाको मुल ब्यवस्थापन समिति गठन गरिएको जानकारी गराएको हो । यसका साथै उप–संयोजकहरुमा गोदावरी नगरपालिका–१२...

  • २०७९ श्रावण २६, बिहिबार

    उपत्यकाव्यापी पञ्चाभिषेक रूद्री सम्पन्न

    काठमाडौंको मखनस्थित महिन्द्रेश्वर महादेव परिसरमा भव्य धार्मिक अनुष्ठान गर्दै पञ्चाभिषेक रूद्री समापन समारोह सम्पन्न भएको छ । राजोपाध्याय समाजको आयोजनामा काठमाडौं उपत्यकाका तीनै शहरबाट ३५ जना राजोपाध्याय देव ब्राह्मणहरुबाट विभिन्न पूजा पाठ गर्दै कार्यक्रम सम्पन्न भएको हो । १०८ कलश यात्राबाट शुरु गरिएको कार्यक्रममा देव ब्राह्मण ११ जनाबाट लघु रूद्राभिषेक, ९ जनाबाट नवचण्डी, शिव पञ्चाङ्ख पाठ गरिएको...

Pages