-
२०७९ श्रावण २५, बुधबार
क्रिप्टो करेन्सी कारोबारी जेल चलान
काठमाडौँ - जिल्ला अदालत काठमाडौँले विशाल सिमेन्टका पूर्वसञ्चालक रहेका व्यवसायी अमित श्रेष्ठलाई क्रिप्टो करेन्सी (भर्चुअल मुद्रा)को कारोबार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ । न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मङ्गलबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । उक्त कारोबार गरेको अभियोगमा पक्राउ पर्नुभएका श्रेष्ठविरुद्ध रु ४८ करोड बढी बिगो माग दाबीसहित मुद्दा दायर...
-
२०७९ श्रावण २४, मंगलबार
नर्भिकले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन समिति बनाइने
काठमाडौं - नर्भिक अस्पतालले सरकारी जग्गा मिचेर संरचना बनाएको विषयमा अध्ययन गर्न काठमाडौं महानगरपालिका र अस्पतालका प्राविधिक सहितको अध्ययन समिति गठन गर्ने सहमति भएको छ । महानगरले नर्भिकलाई सार्वजनिक जग्गाको संचरना हटाउन २४ घण्टे अल्टिमेटम दिएपनि तत्काल अल्टिमेटम अनुसार संरचना नभत्काउने भएको हो । मंगलबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले अस्पताल पुगेर महानगरपालिका र अस्पतालका प्राविधिक...
-
२०७९ श्रावण २४, मंगलबार
आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व : प्रधानमन्त्री
काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका छन् । मंगलबार नेपाल आदिवासी जनजाति महासंघले २८ औँ विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आदिवासी जनजातिहरुको भाषा, संस्कृति र लिपिको संरक्षण गर्नु राज्यको दायित्व भएको बताएका हुन् । उनले आदिवासी जनजातिको भाषा, संस्कृति...
-
२०७९ श्रावण २४, मंगलबार
एकैदिन १०९० जनामा कोरोना पुष्टि, दुईको मृत्यु
काठमाडौं - पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरुको संख्या फेरि बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०० जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ९५८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय...
-
२०७९ श्रावण २४, मंगलबार
फोहोर बोक्ने सवारीमाथि तोडफोडप्रति मेयर बालेनको आपत्ति
काठमाडौं - बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरूमाथि तोडफोड भएपछि काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र साह बालेनले यस घटनाप्रति कडा प्रतिक्रिया दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत कानुनीरुपमा फोहोर बोक्ने साधनहरुमाथि तोडफोड जघन्य अपराध भएको भन्दै फोहोर व्यवस्थापनलाई निष्कर्षमा पुग्न नदिन चलखेल भएको मेयर बालेनले प्रतिक्रिया दिएका छन् । मेयर बालेनले फोहोर बोक्ने...
-
२०७९ श्रावण २३, सोमबार
‘आदिवासी जनजाति आन्दोलनको समीक्षा र अबको कार्यदिशा’ बारे बृहत अन्तर्क्रिया सम्पन्न
२८औं विश्व आदिवासी दिवसका सन्दर्भमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले सोमबार आयोजना गरेको अन्तरक्रियामा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक महासचिव तथा राष्ट्रिय सभाका सदस्य सुरेश आले मगरले जनजाति आन्दोलन सुस्ताएको बताएका छन् भने उनले एक उचाइबाट आदिवासी जनजातिको आन्दोलन भएको थियो तर अहिले सबै आन्दोलन शिथिल छ भनी बताए । तीन दशकअघि जनजाति महासंघ स्थापना भएको थियो । विभिन्न जातीय...
-
२०७९ श्रावण २३, सोमबार
तीन दिनमै सवारी अनुमति पत्र
काठमाडौं- तपाईंलाई छिटो सवारी साधनको अनुमति पत्र चाहिएको छ ? यदि चाहिएको भए अब तीन दिनमै तपाईंले प्राप्त गर्नुहुन्छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय हेटौँडाले आकस्मिक (इमर्जेन्सी) रुपमा सवारी अनुमति पत्र चाहिने सेवाग्राहीलाई ध्यानमा राखेर छिटोमा तीन दिनमै दिने व्यवस्था गरेको हो । अन्य सेवाग्राहीलाई भने सवारी चालक अनुमतिपत्र लिन १५ देखि १८ दिन लाग्ने छ । बागमती प्रदेशका...
-
२०७९ श्रावण २३, सोमबार
२४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण
काठमाडौँ -पछिल्लो २४ घण्टामा ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ८६२ जनाको पीसीआर परीक्षण गर्दा ४९८ जना र २ हजार ४८९ जनाको एन्टिजेन परीक्षण गर्दा ४३६ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।...
-
२०७९ श्रावण २३, सोमबार
पेट्रोलियम पदार्थको मूल्य तत्काल समायोजन गर्न संसदमा माग
काठमाडौं - सांसदहरुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटिसकेको सन्दर्भमा नेपालमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गरी तत्काल घटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्ने सांसदहरुले भारतबाट पनि पेट्रोलियम पदार्थको मूल्य दुई पटक घटेर आइसकेको तर नेपालमा मूल्य समायोजन नभएको भन्दै तत्काल मूल्य घटाउन सरकारको ध्यानार्षण गराएका हुन् । बैठकमा...
-
२०७९ श्रावण २३, सोमबार
मदन पुरस्कारका लागि आठ कृति छनोट
काठमाडाैँ - मदन पुरस्कार गुठीले यस वर्षको मदन पुरस्कारका लागि आठ कृति छनोट गरेको छ । विभिन्न स्रष्टाका २९९ पुस्तकबाट ती कृति छनोट गरिएको हो । साहित्यकार डा नवराज लम्सालको ‘अग्नि’, दामोदर पुडासैनीको ‘नीलो बतास’, वसन्त बस्नेतको ‘महाभारा’, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’, डा नयनाथ पौडेलको ‘लिच्छिवी लिपि’, प्रा निलमणि ढुङ्गानाको ‘संस्कृत-नेपाली शब्दकोश’, सुजित मैनालीको ‘सती’ र पद्यसुन्दर जोशीको ‘...
-
२०७९ श्रावण २३, सोमबार
बौद्ध वक्तृत्वकलामा पुरस्कारले पचास हजार पुर्याउने घोषणा
बौद्ध युवा कमिटी ललितपुरले आयोजना गरेको यस वर्षको २८ औं नेपालमण्डलव्यापी बौद्ध वक्तृत्वकला प्रतियोगितामा मैत्रीय युवा संघ भक्तपुरका प्रमिला धुख्वाः प्रथम हुनुभएको छ । बौद्ध युवा कमिटी ललितपुरले श्रावण २१ गते शनिबार सो प्रतियोगितामा प्रथम हुने धुख्वाःले विद्यालयको शिक्षामा परियति शिक्षाको आवश्यकता विषयमा बोल्नुभएको थियो । प्रतियोगितामा शाक्यसिंह बौद्ध परियति शिक्षालयका अनिशा श्रेष्ठ द्वितीय र ...
-
२०७९ श्रावण २३, सोमबार
"चट्ट कपाल कोरेर" को म्युजिक भिडियो सार्वजनिक
गायक तथा मोडेल दिपक बिडारी राजदिपले गाएको आधुनिक गीत "चट्ट कपाल कोरेर" को म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ। गायक राजदिप लाई उक्त गीतमा निकिता थापाले गायनमा साथ दिनु भएकी छिन् सो गीतमा बृजेश श्रेष्ठ को एरेन्ज र आशिष् प्रजापतिको सब्द रहेको , भिडियो आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भयको हो। उक्त गीतको भिडियोलाई कपिल कार्कीको निर्देशन र अर्जुन सिलवालको कोरियोग्राफी रहेको छ। करिब एक दर्जन...


