STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण २२, आइतबार

    पर्यटनमन्त्री श्रेष्ठद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन

    काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन् । मन्त्री श्रेष्ठले बिमानस्थलको संरचना तथा सुधारका लागि भएका प्रयासका बारेमा जानकारी लिँदै यात्रुहरुलाई सहज हुने गरि व्यवस्थापन चूस्तदुरुस्त राख्न निर्देशन दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई अन्तर्राष्ट्रिय जगतमा जोड्ने प्रमुख विमानस्थल रहेको चर्चा...

  • २०७९ श्रावण २२, आइतबार

    इन्धनमा नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा ?’

      काठमाडाैँ - भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो । प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गर्नुभएको हो । सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि...

  • २०७९ श्रावण २२, आइतबार

    जबराविरुद्धको महाअभियोग प्रस्ताव सिफारिस समितिमा पठाइयो

    काठमाडौं - प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा पठाउने प्रस्ताव संसदले बहुमतले पास गरेको छ । जबराविरुद्ध १ फागुनमा महाअभियोग दर्ता भएको थियो । सिफारिस समितिमा पठाउनुअघि आइतबार प्रतिनिधिसभामा महाअभियोग प्रस्तावमाथि सांसदहरुले छलफल गरेका...

  • २०७९ श्रावण २२, आइतबार

    सरकारमा सहभागी हुने सम्बन्धमा प्रधानमन्त्री र लाेसपाबीच छलफल

    काठमाडौं - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेताहरूले आगामी आम निर्वाचनमा चुनावी तालमेल गरेर अघि बढ्ने र पार्टी सरकारमा सहभागी हुने सम्बन्धमा छलफल भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको छलफलमा आफ्ना माग पूरा गर्न र निर्वाचनमा गठबन्धन गरेर जाने विषयमा सकारात्मक कुराकानी भएको लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले...

  • २०७९ श्रावण २२, आइतबार

    पहिलो दिन नै आयोगमा पाँच दल दर्ता

    काठमाडौँ - निर्वाचनका लागि दल दर्ताको सूचना जारी भएकै दिन पाँच राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।  आयोगले आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिने दल दर्ताका लागि आह्वान गरेको थियो ।  आयोगका अनुसार आज (आइतबार) आयोगमा जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएका छन् ।  

  • २०७९ श्रावण २२, आइतबार

    सय वर्ष पुरानो आकर्षक ढुङ्गेघर घर संरक्षणको पर्खाइमा

    सिर्मु र सालका काठमा कलात्मक रुपले कुँदिएका सुन्दर बुट्टा । चिल्ला र बाक्ला छाउने ढुङ्गाले छाउको धुरी र पालीमुनि ९० डिग्रीको कोणमा हालिएका टुँडाल । हेर्दै लोभ्याउने आकर्षक भm्याल ढोका । मल्ल र राणाकालीन शैलीको विरासत देखाउने सय वर्षभन्दा पुराना सुन्दर तीनतले ढुङ्गेघर ।     म्याग्दीको सदरमुकाम बेनीबजारदेखि करिब नौ किलोमिटर दक्षिणमा पर्ने गौश्वारा गाउँ यिनै घरहरुका कारण अहिले पनि आकर्षक र मनमोहक...

  • २०७९ श्रावण २१, शनिबार

    सङ्गीतकार जीतेन राईलाई साधना म्युजिक अवार्डमा ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड’ दिइने

    ‘अग्रजलाई सम्मान नवलाई प्रोत्साहन, कला संस्कृती संरक्षणमा हाम्रो अभियान’ भन्ने मूल नाराका साथ अवार्ड आयोजना गरी स्रष्टा सर्जकहरूलाई सम्मान र प्रोत्साहन गर्दै आईरहेको संस्था सामना म्युजिक क्रियसनले यस पटक सम्पन्न गर्न लागेको तेस्रो राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) २०७९ मा विशिष्ट गायक तथा सङ्गीतकार जीतेन राईलाई नगद राशिसहित ‘लाईफ टाईम अचिभमेन्ट अवार्ड २०७९’ प्रदान गर्ने घोषणा गरेको छ ।...

  • २०७९ श्रावण २१, शनिबार

    नेपाल फिल्म सोसाइटीको अध्यक्षमा अभिनेता मल्ल

    वरिष्ठ अभिनेता कृष्ण मल्ल नेपाल फिल्म सोसाइटीको केन्द्रीय अध्यक्षमा पुनः नियुक्त हुनुभएको छ । सोसाइटीको साधारण सभाबाट उहाँ अध्यक्षमा पुनः नियुक्त हुनुभएको हो । अध्यक्षमा पुनः नियुक्त भएपछि अध्यक्ष मल्लले नेपालको कलाकारिताको विकासमा आफू कटिबद्ध भइ अगाडि बढिरहेको र सदा सकृय भई अगाडि बढीरहने प्रतिबद्धता पोख्नु भयाे । यसैगरी, सोसाइटीको तीन उपाध्यक्षमा अभिनेता पुरन जोशी, मोहनकृष्ण श्रेष्ठ र नारायण...

  • २०७९ श्रावण २१, शनिबार

    विश्व आदिबासी दिवसको अवसरमा चलचित्र र सांस्कृतिक कार्यक्रम सम्पन्न

    अठ्ठाइसौं विश्व आदिबासी दिवसको अवसरमा नेपाल आदिबासी जनजाति चलचित्र महासंघ र राष्ट्रिय आदिबासी जनजाति महिला मञ्च (निफ) द्वारा आयोजित आदिबासी चलचित्र प्रदर्शनी तथा सांंस्कृतिक कार्यक्रममा प्रमूख अतिथीका रुपमा रहनु भएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आदिबासी जनजातिको पहिचान आन्दोलन सफल बनाउन चलचित्र क्षेत्रको प्रभावकारी भूमिका रहेको बताउनुभएको छ ।  नेपाल पर्यटन...

  • २०७९ श्रावण २१, शनिबार

    काठमाडौंका सडकमा फेरि थुप्रियाे फाेहाेर

    काठमाडाैं- दुई महिनादेखि काठमाडौँको सडकमा फोहर थुप्रदा नागरिकलाई आवतजावत गर्नसमेत समस्या भएको छ । बाटो मर्मतको कारण देखाउँदै काठमाडौँ महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापनको काम नगर्दा सडकमा जताततै फोहर देखिन थालेको हो । विशेष गरी काठमाडौँका मुख्य सडक कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत स्थानका सडकमा लामो समयदेखिको फोहरको...

  • २०७९ श्रावण २१, शनिबार

    सप्तकोसी बढेसँगै सुनसरी र सप्तरीमा हाइ अर्लट

    काठमाडौं - सप्तकोशी नदीको जलस्तर अस्वाभाविक बढ्ने आँकलनसहित सुनसरी र सप्तरी प्रशासनले तटीय क्षेत्रमा उच्च शतर्कता अपनाएको छ । पूर्वी भेगमा जारी अविरल वर्षाका कारण नदीको जलस्तरमा अस्वभाविक बृद्धि देखिएको भन्दै प्रशासनले तटीय क्षेत्रमा सतर्कता बढाएको जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले नदीमा बाढीको उच्च सम्भावना देखिएकाले सबै स्रोत, साधन तयारी अवस्थामा राखिएको बताए । प्रजिअ...

  • २०७९ श्रावण २१, शनिबार

    प्रधानमन्त्री बन्ने प्रकाशमान सिंहकाे चाहना

    काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री बनेर नेपालको विकास गर्ने चाहना प्रकट गरेका छन् । शनिबार काठमाडौंमा आयोजित गुह्वेश्वरी बाल शिक्षा माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन एवं सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले फस्र्ट म्यान बनेर देशको विकास गर्ने चाहना राखेका हुन् । उनले आफूले पार्टी र सरकारमा रहेर विभिन्न तहमा रही काम गरेको अनुभव रहेको बताउँदै...

Pages