-
२०७९ श्रावण २१, शनिबार
जापानमा प्रचण्ड; विदेशका नेपालीलाई मतदान दिने विषयमा छलफल हुँदैछ
काठमाडौँ - नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताउनुभएको छ । जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्नुहुँदै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्वपूर्ण छलफल भइरहेको बताउनुभयो । उहाँले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा...
-
२०७९ श्रावण २१, शनिबार
पशुपति क्षेत्र सफा राख्न संस्कृति मन्त्री श्रेष्ठको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिनाथ मन्दिर क्षेत्रको अवलोकन गर्नुभएको छ । पशुपति क्षेत्रभित्रका विभिन्न स्थानमा पुगी उहाँले त्यहाँको वस्तुस्थिति र व्यवस्थापनबारे जानकारी लिनुभएको हो । पुनःनिर्माण भइरहेका सम्पदास्थल, विश्वरुप मन्दिर, मृगस्थली, श्लेषमान्तक वन, विभिन्न मठमन्दिर, स्तूप, सत्तललगायत स्थलको अवलोकन पछि त्यहाँको सरसफाइमा ध्यान दिन र भक्तजन,...
-
२०७९ श्रावण २१, शनिबार
श्रावण २७ गते जनैपुर्णिमा ः कीर्तिपुरमा नाईट सम्पदा यात्रा
कीर्तिपुरको ‘बहाः चाःहिलेगु’ परम्परालाई अझ रौनक एवं ऐतिहासिक यथार्थमा परिवर्तन गर्नको लागि जोशीननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्टको आयोजनामा नाईट हेरिटेज वाक (रात्रीकालीन सम्पदा यात्रा) आयोजनाको लागि पत्रकार सम्मेलन गरेको छ । २०७९ श्रावण २० गते शुक्रबार कीर्तिपुर १० वडास्थित जोशी ननी हेरिटेज होम्स एण्ड रेष्टुरेन्ट परिसरमा भएको उक्त पत्रकार सम्मेलनमा श्रावण २७ गते शुक्रबार जनैपुर्णिमा (...
-
२०७९ श्रावण २१, शनिबार
काठमाडौंमा फेरि भुकम्पकाे धक्का महसुस
काठमाडौं - काठमाडौँमा शनिबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । यस अघि पनि गत साउन १५ गते खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय पराकम्पभन्दा पनि नयाँ भूकम्प जाने क्रम बढेको छ । अपडेट : राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार नुवाकोटको बेलकोटगढी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको...
-
२०७९ श्रावण २०, शुक्रबार
निर्वाचनमा तालमेल गरेर जाने सत्ता गठबन्धनबीच सहमति
काठमाडौं - पाँच दलीय सत्ता गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटरमा शुक्रबार बसेको बैठकले आगामी निर्वाचनमा पनि पाँच दलीय गठबन्धनलाइ कायमै राख्दै चुनावी तालमेल गरी अगाडि बढ्ने निर्णय गरेको हाे ।सरकारले हिजाे मात्रै आगामी मंसिर ४ गते संघ र प्रदेशको निर्वाचन एकै चरणमा गर्ने औपचारिक निर्णय गरेको हो। कांग्रेस सभापति शेरबहादुर...
-
२०७९ श्रावण २०, शुक्रबार
रत्नराज्य मा.वि.ले गर्यो एसइईमा उत्तीर्ण विद्यार्थीको सम्मान
काठमाडौं – रत्नराज्य मा.वि., नयाँ वानेश्वर, काठमाडौंबाट यस वर्ष एसइईमा उच्च नतिजा ल्याएका विद्यार्थीहरुलाई विद्यालयले सम्मान गरेको छ । आज शुक्रबार विद्यालय प्राङ्गणमा सम्पन्न एक कार्यक्रमबीच विद्यालयले ती विद्यार्थीलगायत शिशु कक्षादेखि ९ सम्म उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगद पुरस्कार प्रदान गरेको छ । विद्यालयका निमित्त प्रधानाध्यापक रामाशिष यादवको सभापतित्वमा भएको एक कार्यक्रममा ३.९ जिपिए...
-
२०७९ श्रावण २०, शुक्रबार
नेपालमा थप ९१२ जनामा कोरोना पुष्टि, एकको मृत्यु
काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ४९१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार २ हजार ९४१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५५० जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३८३ जनामा कोरोना...
-
२०७९ श्रावण १९, बिहिबार
सवारी साधनमा नेपाली भाषामा नम्बर लेख्न बारको माग
काठमाडौँ - नेपाल बार एसोसिएसनले यातायात व्यवस्था विभागबाट प्रदान गरिने सवारी साधनको नम्बर प्लेटमा नेपाली भाषा (देवनागरी लिपि)मा लेख्नुपर्ने अनिवार्य व्यवस्था गर्न माग गरेको छ । बार महासचिव अधिवक्ता अञ्जिता खनालले आज (बिहीबार) जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली नागरिकले प्रयोग गरी आएको भाषाको संरक्षण, सम्वर्द्धन गर्ने गराउने कार्यमा लाग्नका लागि उक्त व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरिएको छ...
-
२०७९ श्रावण १९, बिहिबार
‘प्रतिनिधिसभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म’
काठमाडौं - प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मंसिर २१ गतेसम्म कायम रहने भएको छ । निर्वाचन आयोगले विहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभा सदस्यहरुको कार्यकाल मंसिर २१ गतेसम्म कायम रहने जानकारी गराएको हो । आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले यस विषयमा सरकारलाई सिफारिस गरिसकेको जनाउँदै आयोगले दिएको ५ पृष्ठको सिफारिसमा पदावधिको विषय उल्लेख भएको स्पष्ट पारेका छन् । उनले भनेका छन्...
-
२०७९ श्रावण १९, बिहिबार
प्रदेश र प्रतिनिधिसभाकाे निर्वाचन मंसिर ४ गते गर्ने सरकारकाे निर्णय
काठमाडौं - सरकारले प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गते एकैचरणमा गर्ने निर्णय गरेको छ ।बिहीबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसअघि निर्वाचन आयोगले मङ्सिर २ गतेका लागि सिफारिस गरे पनि सरकारले मङ्सिर ४ गते आइतबार एकैचरणमा निर्वाचन गर्ने गरी मिति घोषणा गरेको हो ।सत्ता गठबन्धनबीच भएकाे...
-
२०७९ श्रावण १९, बिहिबार
अन्तर्राष्ट्रिय आदिवासी दिवस सप्ताहव्यापी मनाइने
काठमाडौं - नेपालका आदिवासी जनजातिजन्य संघ संस्थाहरुले ‘२८औं विश्व आदिवासी दिवस’ संयुक्त रुपमा एक हप्तासम्म मनाउने भएका छन् । विगतका वर्षहरुमा जस्तै यस वर्षपनि नेपाल आदिवासी जनजाति महासंघको नेतृत्व आदिवासी जनजातिजन्य संघ संस्थाहरुले संयुक्त रुपमा विश्व आदिवासी दिवस मनाउन लागेका हुन् । महासंघको संघीय कार्यालय भीमसेनगोलामा ‘२८औं विश्व आदिवासी दिवस–२०२२ मूल समारोह’ले पत्रकार सम्मेलन गर्दै यस वर्ष पनि...
-
२०७९ श्रावण १९, बिहिबार
उडेको ६ मिनेटमा नै श्री एअरलाइन्सको जहाज आकस्मिक अवतरण
काठमाडौं - नेपालगञ्ज विमानस्थलमा आज श्री एअरलाईन्सको जहाज आकस्मिक रुपमा अवतरण भएको छ । जहाजमा धुँवा देखिएपछि जहाज उडेको ६ मिनेटमा नै आकस्मिक अवतरण भएको श्री एअरलाईन्स, नेपालगञ्ज स्टेशन प्रमुख पर्शुराम चौधरीले जानकारी दिए । उनका अनुसार नेपालगञ्जबाट काठमाडौँतर्फ जान लागेको ९ एन— एएनएफ ४३२ नं को श्री एअरलाइन्सको जहाजको आकस्मिक अवतरण भएको हो । सो जहाजमा ७९ जना यात्रु सवार रहेको र सबै सकुशल रहेको...


