STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण १९, बिहिबार

    काठमाडौं सर्ट फिल्म फेस्टा २०७९ को पुरस्कार वितरण तथा पत्रिका ‘हेराल्ड खबर’ को बिमोचन सम्पन्न

    छायाँछबि क्रियसनले आयोजना गरेको छैठौं काठमाण्डौ सर्टफिल्म फेष्टा २०७९ मा हिमाल उप्रेती निर्देशित सर्टफिल्म ‘आमा’बाट निर्माता भुपेन्द्र कुमार खड्काले उत्कृष्ट चलचित्रको अवार्ड हासिल गर्न सफल भएका छन् ।  मंगलबार काठमाडौंको मैतिदेवी स्थित डोरी रेष्टुरेन्टमा सम्पन्न भएको ‘छैठौं काठमाडौँं सर्टफिल्म फेष्टा २०७९’ मा उत्कृष्ट निर्देशक अवार्ड फिल्म ‘पैसा’ बाट रमेश कोइरालाले प्राप्त गरे । यस्तै लघु चलचित्र...

  • २०७९ श्रावण १९, बिहिबार

    भुवन के.सी.लाई बढाइ थाप्न भ्याइनभ्याइ

    काठमाडौं - चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीलाई अहिले बढाइ थाप्न भ्याइनभ्याइ भइरहेको अवस्था छ । एकातिर  उनलाई बढाइ थाप्नमा नै  भ्याइनभ्याइ भइरहेको अवस्था छ भने अर्कोतिर चलचित्र संग सम्बन्धित समस्याहरु सुन्दै नै दिन बितिरहेको अवस्था अवस्था छ । यी सब कुरालाई ध्यानमा राखेर अब उनले चलचित्रसंग सरोकारवाला सबैलाई एकै ठाउँमा भेला गरी सबैको समस्या माथि मन्थन् गर्ने सोच बनाएका छन् । बढाइ...

  • २०७९ श्रावण १९, बिहिबार

    कोशी ब्यारेजका ४६ ढोका खोलियो

    काठमाडाैं - अविरल वर्षाका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेकाले कोशी ब्यारेजका ४६ ढोका खोलिएको छ । पूर्वी पहाडका उदयपुर, सप्तरी, सुनसरीलगायत तटीय क्षेत्रमा कोशी नदी अनियन्त्रत भएर बगेपछि बाढीको खतरालाई मध्यनजर गरी ५४ मध्ये ४६ ढोका खुला गरिएको हो । सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार हाल कोशी ब्यारेज हुँदै २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब बढेको छ ।...

  • २०७९ श्रावण १९, बिहिबार

    मस्क संसारकै सबैभन्दा धनी व्यक्ति

    एजेन्सी- टेस्लाका सीईओ एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्तिको सूचीमा लगातार दास्रो पटक पहिलो नम्बरमा परेका छन् । एक सर्वेक्षण अनुसार उनको हाल २७८.४ विलियन अमेरिकी डलर सम्पति हुँदा उनी विश्वकै सबैभन्दा धनी व्यक्ति बनेका हुन् । उनको यो सम्पति एशियाकै सबैभन्दा धनी व्यक्ति गौतम अडानीको भन्दा दोब्बर हो । गौतम अडानीको नेटवर्थ १३०.४ विलियन मात्रै रहेको छ । गत वर्ष एलनको सम्पति १८५ बिलियन अमेरिकी डलर...

  • २०७९ श्रावण १८, बुधबार

    मूल्य घटाउन सकिँदैन - आयल निगम

    काठमाडौं - पेट्रोलियम पदार्थमा घाटा रहेको भन्दै नेपाल आयल निगमले अहिलेकै स्थितिमा मूल्य घटाउन नसकिने जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै निगमले भारतबाट मूल्य घटेर आए पनि भाउ घटाउन नसकिने जनाएको हो । निगमले लामो समय घाटा पेट्रोलियम पदार्थ बिक्री गर्दा नेपाल सरकारको ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकको ३ अर्ब ऋण बोकेको जानकारी दिएको छ । यस्तै, इन्डियन आयल कर्पोरेसन (आइओसी) सँग तेल किन्दा बक्यौताका...

  • २०७९ श्रावण १८, बुधबार

    मंसिर ४ मै निर्वाचन गर्न सत्ता गठबन्धनबीच सहमति

    काठमाडौं - निर्वाचन आयोगले चुनावको मिति घोषणा गर्न सुझाव दिएको डेटलाइनमै चुनाव गर्न दलहरू सहमत भएका छन्। आगामी संसिरमा प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्ने सत्तासाझेदार दलहरूको समझदारी बनेको हो। आज (बुधबार) बालुवाटारमा बसेको सत्तासाझेदार दलहरूको बैठकमा मंसिर ४ गते प्रतिनिधि र प्रदेश सभाको निर्वाचन गर्ने समझदारी बनेको हो। यद्यपि मंसीर ४ आउन १ सय १० दिनभन्दा कम समय छ। निर्वाचन आयोगले भने १२०...

  • २०७९ श्रावण १८, बुधबार

    नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टि

    काठमाडौं - पछिल्लो २४ घण्टामा मुलुकभर एकै दिन थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार २ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ५ सय ९० जना र २ हजार ९११ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३२५ जनामा कोरोना...

  • २०७९ श्रावण १८, बुधबार

    अभिनेत्री पवित्रा आचार्य र मोडल उषा उप्रेतीलाई निशा घिमिरे स्मृति पुरस्कार

    निशा घिमिरे स्मृति कोषको २०७९ श्रावण १४ गते बसेको बैठकले स्थापना वर्षको निशा घिमिरे स्मृति पुरस्कार अभिनेत्री, मोडल तथा कोरियोग्राफर  पवित्रा आचार्य र मोडल  उषा उप्रेतीलाई (जनही २५ हजार रकम र सम्मानपत्र) प्रदान गर्ने निर्णय गरेको छ । कोषका संयोजक  दुर्गानाथ दाहालको अध्यक्षतामा बसेको बैठकले नर्भिक अस्पतालका  मेघा चौधरी, संचारकर्मी  प्रकाश सुवेदी र नवजीवन परोपकार समाजलाई विशेष सम्मानद्वारा...

  • २०७९ श्रावण १८, बुधबार

    बाढी प्रभावितहरूको उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न गृहमन्त्रीको निर्देशन

    काठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले उदयपुरको बेलका नगरपालिका १, २ , ८ र ९ मा सप्तकोशीले कटान सुरु गरेपछि नेपाली सेनालाई बाढी प्रभावितहरूको उद्धार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा राख्न निर्देशन दिएका छन् । नेपाली सेनाका रथी बालकृष्ण कार्कीसँग कुराकानी गर्दै गृहमन्त्री खाणले सप्तकोसीको कटान तत्काल रोकिने अवस्था नदेखिएकोले कटान प्रभावितको उद्धार, राहत र स्थानान्तरणका लागि हेलिकोप्टर आवश्यक...

  • २०७९ श्रावण १८, बुधबार

    आजबाट नयाँ लघुवित्तकाे आइपीओ खुल्दै

    काठमाडौं - शेयर बजारका साना लगानीकर्ताका लागि आजबाट एक राम्रो आइपीओ खुल्दै छ । साउन १८ अर्थात बुधबारदेखि अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आइपीओ जारी गर्न लागेको हो । यस आइपीओमा प्रतिशेयर १०० रुपैयाँ अंकित ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ जारी हुन लागेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै ५ प्रतिशत अर्थात ४८...

  • २०७९ श्रावण १८, बुधबार

    नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

    काठमाडौं - नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा मंगलबार राति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी नरहरि अधिकारीका अनुसार गए राति साढे २ बजेतिर पहिरो खस्दा भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि सामान्य क्षति पुगेको छ । मौरीपुलमा सोमबार राति ११ बजे पनि पहिरो खसेको थियो । २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो सफा गरेर...

  • २०७९ श्रावण १८, बुधबार

    सप्तकोसीको बाँध फुट्यो, ठूलो बस्ति जोखिममा

    काठमाडौं - अविरल वर्षासँगै सप्तकोसीको बहाब उच्च रहँदा बाँध फुटेर उदयपुरका ठूला बस्ति जोखिममा परेको छन् । पानीकाे बहाब बढ्दा उदयपुरको बेलका नगरपालिका – ८ लाहुरे खोच डुम्रीबोटमा पर्ने सप्तकोसीको बाँध फुटेको हो । उक्त बाँध फुट्दा करिब ४ हजार घर परिवार बाढीको उच्च जोखिममा परेका छन् । बुधबार बिहान करिब ४ बजेतिर बाँध फुटेको बताइएको छ । अहिले जिल्लाको बेलका नगरपालिका – २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका...

Pages