STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ श्रावण १७, मंगलबार

    काेराेनाकाे लागि सरकारले ताेक्याे १७ अस्पताल

    काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सातवटै प्रदेशका अस्पतालमा उपचारको व्यवस्था गरेको छ । मन्त्रालयले सातवटै प्रदेशमा १७ वटा अस्पतालमा उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागि सातवटै प्रदेशमा रहेका १७ सङ्घ र प्रादेशिक अस्पतालको व्यवस्था गरिएको जानकारी दिए...

  • २०७९ श्रावण १७, मंगलबार

    अल कायदाका सर्वाेच्च नेता अमेरिकी कारवाहीमा मारिए

    काठमाडौँ - अल कायदाका सर्वोच्च नेता अयमन अल जवाहिरी अमेरिकी कारबाहीमा मारिएका छन् । आइतबार अफगानिस्तानको राजधानी काबुलको एक घरमा लुकेर बसिरहेको अवस्थामा अमेरिकाले ड्रोनबाट मिसाइल प्रहार गरेर मारेको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनले उनको मृत्यु भएको बताएका छन् । बाइडेनका अनुसार अलकायदाका नेता जवाहिरीले गरेको अमेरिकी नागरिकको हत्या र हिंसाको सजाय उनलाई दिइएको हो । यसअघि २००१ सेप्टेम्बर ११ मा...

  • २०७९ श्रावण १७, मंगलबार

    पारिवारिक झगडामा पूरै परिवार मारिए

    काठमाडौं - पछिल्लो समय अपराधका नयाँ नयाँ आयामहरु समाजमा देखा पर्न थालेका छन् । भनिन्छ श्रीमान–श्रीमतीको झगडा परालको आगो । तर, अहिले एउटा यस्तो घटना घट्यो श्रीमान–श्रीमतीबीच मनमुटाब सिर्जना भएपछि निम्तिएको विवाद मृत्युमा परिणत भइदियो । काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको एक परिवारको दम्पत्तिबीच विवाद सिर्जना हुँदा पूरै परिवारले ज्यान गुमाउनुपरेको छ । अरुबेला हल्लीखल्ली सुनिने घरमा...

  • २०७९ श्रावण १७, मंगलबार

    आज नागपञ्चमी, आठ प्रकारका नागको पूजा गरि मनाइँदै

    काठमाडौँ - आज नागपञ्चमी, हिन्दू धर्मावलम्वीले नागको पूजा गरी मनाउँदै छन् । आज आठ प्रकारका नागको पूजा गरी दूवो, गाई दूघ, घिउ र भेटी चढाउनुका साथै कुल नाग थानमा विशेष पूजा गरी खीर, रोटीलगायत प्रसाद अर्पण गरेर यो पर्व मनाउने गरिन्छ । नागकाे चित्रमा पूजा गरेर उक्त चित्र घरकाे मूल ढाेकामा टाँस्ने चलन छ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ...

  • २०७९ श्रावण १६, सोमबार

    मिथिलामा चाडबाडको रौनक

    साउन शुक्लपक्ष सुरु भएसँगै मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा चाडपर्वको रौनक छाएको छ । साउन महिना नै शिवभक्तिमा झुम्ने मिथिलामा शुक्लपक्ष सुरु भएसँगै एकपछि अर्को पर्वले चाडबाडको रौनक बढाएको हो ।    साउन शुक्लपक्षको तृतीया तिथिमा नवविवाहिता मिथिलानी ९मिथिलाका नारी० ले १३ दिने मधुश्रावणी पर्व सम्पन्न गरेका छन् । सोही तिथिमै मिथिला झुलनोत्सव सुरु भएको छ । तृतीयादेखि पूर्णिमासम्म मिथिलामा...

  • २०७९ श्रावण १६, सोमबार

    कुसुन्डा भाषा संरक्षणमा नयाँ पुस्ता

    देउखुरी, १६ साउन , प्यूठान जिल्ला सरुमारानी गाउँपालिका–६ बढीचौरकी १९ वर्षीया हिमा कुसुन्डा महेन्द्र माध्यमिक विद्यालय धर्नामा कक्षा १२ मा अध्ययनरत हुनुहुन्छ । उहाँको मातृभाषा कुसुन्डा हो । परिवार, छरछिमेक सबैले नेपाली भाषा बोल्ने हुँदा उहाँलाई नेपाली भाषाकै बानी प¥यो । मातृभाषा बोल्न आउँदैनथ्यो । अचेल उहाँ कुसुन्डा भाषामा गीत लेख्न र गाउन सक्ने हुनुभएको छ ।     भाषा आयोगले सञ्चालन गरेको कुसुन्डा...

  • २०७९ श्रावण १६, सोमबार

    थप ८९५ मा कोरोना सङ्क्रमण, एक जनाको मृत्यु

    देशभर पछिल्लो २४ घण्टामा आठ सय ९५ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सो अवधिमा पाँच हजार नौ सय नौ जनाको नमूना परीक्षण गरिएको थियो । तीन हजार छ सय ८५ जनाले पिसिआर र दुई हजार दुई सय २४ सय जनाको एन्टिजीन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   गत २४ घण्टामा दुई ६४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त...

  • २०७९ श्रावण १६, सोमबार

    धरानमा 'हर्क साम्पाङ मुर्दावाद'काे नारा, मेयर कार्यकक्ष ताेडफाेड

    काठमाडौं - धरानको बराह सहकारीबाट पीडित आन्दोलनकारीको निसानामा स्थानीय सरकार परेको छ । आन्दोलनकारीले मेयर हर्क साम्पाङविरुद्ध नाराबाजी गर्नुका साथै कार्यकक्षसमेत तोडफोड गरेका छन् । आइतबार अपरान्ह ४ बजेतिर तीन सय जति प्रदर्शनकारीले ‘हर्क साम्पाङ मुर्दावाद’ भन्दै नाराबाजी गरे । नगर प्रहरीको घेरा तोडेर आन्दोलनकारीले मेयरको कार्यकक्ष तोडफोड गरेका छन् । सोक्रममा झ्यालका केही सिसा फुटेको छ । बराह...

  • २०७९ श्रावण १६, सोमबार

    सरकारी र सार्वजनिक पदमा रहेका दलको सदस्य हुन अयोग्य

    काठमाडौं - निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ । आयोगले आज विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला प्राध्यापक, शिक्षक वा कर्मचारीको पदमा बहाल रहेको व्यक्ति तथा कुनै सार्वजनिक पद धारण गरेको कारणबाट संविधान तथा...

  • २०७९ श्रावण १६, सोमबार

    विप्लवलाई पक्राउ गर्न अदालतले काट्यो पुर्जी

    काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई पक्राउ गर्न पुर्जी काटिएको छ । आज (सोमबार) ललितपुर जिल्ला अदालतले विप्लवसहित खड्गबहादुर विश्वकर्मा प्रकाण लगायतका नेताहरूलाई पक्राउ गर्न पुर्जी काटेको हो । उनीहरु विरुद्ध हातहतियार तथा खरखजाना मुद्दा, विस्फोटक पदार्थ, कर्तव्य ज्यान, राज्यविरुद्धको अपराधलगायत कसुरमा मुद्दा चलेकाले पक्राउ गर्न आदेश जारी गरेको हो । उनीहरुलाई ३५...

  • २०७९ श्रावण १६, सोमबार

    पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

    काठमाडौं - पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।

  • २०७९ श्रावण १५, आइतबार

    खोटाङमा गएकाे भूकम्पले भाेजपुरमा घर भत्कियाे

    काठमाडौं - खोटाङको साकेला गाउँपालिकास्थित मात्तिमविर्ता केन्द्रविन्दु भएर गएकाे ६ रेक्टर स्केलको भूकम्पले भोजपुरमा एउटा घर भत्किएको छ । आज बिहान गएको भूकम्पबाट भोजपुर नगरपालिका–१२ टक्सारमा प्रमोद हलवाईको घर भत्किएको हो ।  जिल्ला प्रहरी कार्यालयका अनुसार २०७२ सालमा गएको भूकम्पबाट चर्किएको सो घर जीर्ण बनेको थियो । केही घरमा क्षति पुर्‍याएको भनिए पनि यो बाहेक भोजपुरमा अन्य कुनै पनि भौतिक तथा मानवीय...

Pages