STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०८१ जेठ २८, सोमबार

    गृहमन्त्री लामिछानेविरुद्धको रिटमा पेसी तोकियो

    काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता दिनमणि पोखरेलविरुद्ध परेमा रिटको पेसी तोकिएको छ।  सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्धय मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको हो। गत जेठ २० गते आइतबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गृहमन्त्री लामिछानेलाई पदमुक्त गर्न माग गरेर परेको रिटमा कारण देखाउ आदेश जारी गर्दै छलफलमा बोलाएको थियो। ...

  • २०८१ जेठ २८, सोमबार

    वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १०ः३० भित्रै पठनपाठन सक्नुपर्ने

    वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको...

  • २०८१ जेठ २८, सोमबार

    विश्वकप क्रिकेट स् भारतद्वारा पाकिस्तान पराजित

    भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा  भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि  मोहम्मद रिजवानले सर्वाधिक ३१...

  • २०८१ जेठ २८, सोमबार

    प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

      भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको...

  • २०८१ जेठ २८, सोमबार

    प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

    काठमाडौँ- भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा समकक्षी मोदीलाई बधाई दिँदै उनको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे । भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र...

  • २०८१ जेठ २८, सोमबार

    विद्यालयले भाडामा दिएका सटर बन्द गराउँदै काठमाडौं महानगर

    काठमाडौं - विद्यालयले भाडामा दिएका सटरहरू काठमाडौं महानगरपालिकाले बन्द गराउन थालेको छ । महानगर शिक्षा शाखाका अधिकृत इन्द्रप्रसाद दाहालका अनुसार आइतबार चार वटा विद्यालयका सटर बन्द गरिएको हो । आइतबार पद्मोदय, शहीद शुक्र, पद्मकन्या र विजय स्मारक स्कुलले भाडामा दिएका सटर बन्द गरिएको दाहालले बताए । आदर्श आधारभूत विद्यालयको सटर यसअघि महानगरले बन्द गराइसकेको छ । उनले भने ‘अबदेखि सबै विद्यालयका सटरहरू...

  • २०८१ जेठ २७, आइतबार

    यी स्टार फुटबलरले युरोकप गुमाउने

    काठमाडौं- यही जुन १४ बाट युरोप फुटबलको महाकुम्भ युरोकप सुरु हुँदैछ। जर्मनीमा हुने युरोकप-२०२४ मा युरोपका २४ देशले भाग लिँदै छन्। युरोकप आउन अब एक सातामात्र बाँकी रहँदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन्। केही खेलाडीहरू चोट र निलम्बनका कारण तथा केही खेलाडीहरू राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन्।  मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो...

  • २०८१ जेठ २७, आइतबार

    ५ लाख बढीको नक्कली नोटसहित काठमाडौंबाट २ जना पक्राउ

    काठमाडौं- काठमाडौं प्रहरीले ५ लाख १४ हजार मूल्य बराबरको नक्कली नोटसहित  २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका—१४ कलंकीमा चिया पसल सञ्चालन गर्ने तारादेवी डंगोल छिन्। त्यस्तै नागर्जुन-५ बस्ने ४१ वर्षीया निलिमा श्रेष्ठ पनि पक्राउ परेकी छन्।  उनीहरुको साथबाट एक हजार दरको ५ सय १४ थान नक्कली नोट बरामद भएको काठमाडौं प्रहरीले जनाएको छ। उनीहरुलाई प्रहरीले शनिबार राति पक्राउ गरि...

  • २०८१ जेठ २७, आइतबार

    कर्णालीको पुलमा अड्किएकामध्ये २ खच्चड मरे, ११ वटाको सकुसल उद्धार

    काठमाडौं- अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ वटा मध्ये २ वटा खच्चड मरेका छन्।  आज बिहान अछामबाट दैलेख सामान बोकेर जाने क्रममा कर्णाली नदीमाथिको झोलुंगे पुलको एकपटट्टीको लठ्ठा चुडिँदा १३ वटा खच्चड फसेका थिए।  ती मध्ये ११ वटाको सकुसल उद्धार गरिएको र बाँकी २ वटा खच्चड मरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डीएसपी सुनिल दाहालले न्यूजगृहलाई जानकारी दिए।  ‘पुलमा फसेका १३...

  • २०८१ जेठ २७, आइतबार

    पाकिस्तानविरुद्ध भारत ११९ रनमै अलआउट

    आइसिसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानबिचको जारी खेलमा भारतले पाकिस्तानलाई खेल जित्न १२० रनको विजयी लक्ष दिएको छ।  अमेरिकाको न्यूयोर्कस्थित नसाउ काउन्टि इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङमा उत्रेको भारतले १९ ओभरमा सबै विकेट गुमाउँदै  अलआउट भयाे। भारतका लागि ओपनर द्वय कप्तान रोहित शर्मा र विराट कोहोलीले सोचे अनुरूप प्रदर्शन गर्न सकेनन्। कप्तान रोहित १२ बलमा १३ रन...

  • २०८१ जेठ २७, आइतबार

    तेस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीले लिए शपथ

    काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ लिएका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आयोजित विशेष कार्यक्रममा मोदीले तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिएका हुन्। मोदीलाई राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनियताको शपथ गराएकी हुन्। मोदीलाई राष्ट्रपति मुर्मुले शुक्रबार प्रधानमन्त्री पदमा नियुक्त गरेकी थिइन्। एनडीए गठबन्धनबाट सरकार बनाउने दाबी पेस गरेपछि राष्ट्रपति द्रौपदी मुर्मुले...

  • २०८१ जेठ २७, आइतबार

    सात करोड बढी रकम हिनामिना आरोपमा स्क्वायर सहकारीका तीन सञ्चालक पक्राउ

    काठमाडौं- काठमाडौं महानगरपालिका–२३ को मखनमा सञ्चालित स्क्वायर सहकारीको रकम हिनामिना गरेको आरोपमा तीनजना सञ्चालकहरू पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ ५९ पैसा हिनामिना गरेको आरोपमा आइतबार सञ्चालकहरूलाई पक्राउ गरेको हो। सहकारीका अध्यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय वासुदेवमान जोशी, सचिव केलटोल बस्ने ६७ वर्षीय सुवर्ण सेलालिक र सदस्य...

Pages