-
२०७९ माघ १, आइतबार
६८ यात्रु सवार यति एयरलाइन्सकाे विमान पाेखरामा दुर्घटना, ३२ जनाकाे शव निकालियाे
पोखरामा यती एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौँबाट विहान १०ः३३ बजे पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान दुर्घटना भएको हो ।विमान दुर्घटनामा ३२ जनाको शव निकालिएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा दुई पाइलट, दुई जना एयर होस्टेस र ६८ जना यात्रु सवार थिए ।६८ यात्रुमध्ये ३/३ जना शिशु तथा बालबालिका र ६२ वयस्क रहेका छन् । उनका अनुसार अवतरण गर्ने क्रममा...
-
२०७९ माघ १, आइतबार
देवघाटमा भक्तजनको घुइँचो
पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न भक्तजनको घुइँचो लागेको छ । शनिबार बिहानबाट देवघाट प्रवेश गर्ने क्रम बढ्दै गएर आज बिहान भक्तजन देवघाट प्रवेश गरिरहेका छन् । दिउँसोसम्म यो क्रम जारी रहने जनाइएको छ । विगत तीन वर्षदेखि कोभिडका कारण हुन नसकेको मकरसङ्क्रान्ति मेला यस वर्ष हुँदा देशभर र भारतबाट भक्तजन आएका हुन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार रातभर जाग्राम बस्नेहरु...
-
२०७९ माघ १, आइतबार
आज आठौँ राष्ट्रिय योग दिवस मनाइँदै
‘स्वस्थ जीवनको चाहना : योग, शिक्षा र साधना’ भन्ने नाराका साथ आठौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषद्ले माघ १ गतेलाई राष्ट्रिय...
-
२०७९ माघ १, आइतबार
माघे सङ्क्रान्तिको महत्त्व
नेपालीले मनाउने पर्वहरूमध्येको एक पर्व हो माघे सङ्क्रान्ति । यसलाई विभिन्न नाम दिने गरिन्छ, जस्तै मकर सङ्क्रान्ति, माघी, माघे सङ्क्रान्ति आदि । यो पर्व माघ महिनाको पहिलो दिन अर्थात १ गते मनाइन्छ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे सङ्क्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । सोही दिनदेखि सूर्य दक्षिणी...
-
२०७९ माघ १, आइतबार
स्वस्थानी मेलाभर साँखु बसपार्कदेखि बज्रयोगिनीसम्म निःशुल्क बससेवा
शालिनदी यातायातले स्वस्थानी मेला भर्न साँखु शालिनदी पुगेका भक्तजनलाई बज्रयोगिनीसम्म लैजानका लागि निःशुल्क बस सेवा सुरु गरेको छ । शालिनदी यातायातले पुस २२ देखि स्वस्थानी मेला (माधवनारायण) मेलाभर शालिनदी मेला भर्न आएका भक्तजनको सुविधाका लागि सार्वजनिक बिदा र शनिबार दैनिक दुईवटा बस निःशुल्क प्रदान गरेको हो । शालिनदी यातायातका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले शालिनदी मेला भर्न पुगेका भक्तजनलाई...
-
२०७९ माघ १, आइतबार
नेपाली पर्वहरुले नेपाली पहिचान निर्माण गर्न योगदान पुर्याएको छ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास व्यक्त गर्नुभएको छ । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो । “बहुजातीय,...
-
२०७९ माघ १, आइतबार
आज मकर (माघे) सङ्क्रान्ति
काठमाडौं- सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको...
-
२०७९ पौष ३०, शनिबार
अपराधको पुष्टिपछि फिफाको कारवाहीमा अर्जेन्टिना
एजेन्सी - विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले विश्वकप विजेता अर्जेन्टिनामाथि कारवाही गर्ने भएको छ । कतारमा भएको फाइनलका क्रममा गरेको ‘अपमानजनक व्यवहार’ र ‘फेयर प्ले उल्लंघन’ गरेको भन्दै फिफाले अनुशासानात्मक कारवाही गर्ने भएको हो । त्यतिमात्रै नभइ सम्भावित ‘खेलाडी र अधिकारीहरूमाथि पनि दुर्व्यहार’ गरेको पुष्टि भएको फिफाले जनाएको छ । यस्तैगरी अर्जेन्टिना फुटबल एसोसिएसन (एफए)लाई प्रतियोगिताको...
-
२०७९ पौष ३०, शनिबार
घनश्याम भुसाललाई नेकपा समाजवादीको सचिवालय सदस्यको जिम्मवारी
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नेता घनश्याम भुसाललाई सचिवालय सदस्यको जिम्मवारी प्रदान गर्ने निर्णय गरेको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको बैठकले नेता भुसाललाई सो पदमा मनोनयन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो । सचिवालयको उक्त निर्णयलार्ई आजै बसेको स्थायी कमिटी बैठकले पनि अनुमोदन गरेको छ...
-
२०७९ पौष ३०, शनिबार
देवघाटमा लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
काठमाडौं - पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ। गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर...
-
२०७९ पौष ३०, शनिबार
सरकार विस्तार गर्न प्रधानमन्त्री दाहाल र ओलीबीच भेट
काठमाडाैं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको सो भेटमा सरकार विस्तार, सभामुखको निर्वाचनलगायत विषयमा परामर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । दाहाल यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारको मन्त्रिमण्डल गठन गरेका थिए। आगामी माघ ५ गते...
-
२०७९ पौष ३०, शनिबार
लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ
पवित्र तीर्थस्थल देवघाटको बेनीमा आज बिहान बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । गलेश्वर आश्रमका पीठाधीश अनन्त श्री विभूषित आत्मानन्द गिरी जी महाराज, हरिहर आश्रमका पिठाधीश १००८ स्वामी ज्ञानानन्द जी महाराज, महेश सन्यास आश्रमका पीठाधीश १००८ स्वामी रमणानन्द जी महाराजसहित सन्तमहन्त, बटुकलगायत स्थानीय व्यक्तिको उपस्थितिमा बाँसको लिङ्गो ठड्याइएको हो । यसअघि गलेश्वर आश्रममा भेला...


