STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष ३०, शनिबार

    कामपाको पूर्वाधार एम्बुलेन्सले पाएन काम

    काठमाडौँ महानगरपालिकाले विगत छ महिनादेखि सञ्चालनमा ल्याएको भौतिक पूर्वाधार एम्बुलेन्स प्रयोगविहीन जस्तै भएको छ ।   ट्राफिक जाम र सडक दुर्घटना कम गर्ने भन्दै कामपाले गत असार पहिलो सातादेखि उक्त एम्बुलेन्स सञ्चालनमा ल्याएको थियो । सञ्चालनको सुरुआती समयमा दैनिक १५ वटासम्म गुनासो आउने र सोहीअनुरुप समाधान हुने गरेको थियो । अहिले चार पाँच दिनमा मुस्किलले एउटा गुनासो आउने गरेको कामपा भौतिक पूर्वाधार...

  • २०७९ पौष २९, शुक्रबार

    धनकुटाको सिधुवा बजारमा भीषण आगलागी, ३ घर जले

    काठमाडौं - धनकुटाको छथर जोरपाटी गाउँपालिका–६ स्थित सिधुवा बजारमा भीषण आगलागी भएको छ । शुक्रबार करिब ७ बजेबाट सुरु भएको आगोले तीन वटा घर जलेका छन् । बजारको काउली चोकको मासु पसलबाट बेलुकी करिब ७ बजेदेखि आगलागी सुरु भएको बताइएको छ । अहिले आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दा लागिरहेका छन् । आगो निभाउनका लागि तेह्रथुमको वसन्तपुरबाट घटनास्थलमा दमकल पुगिसकेको छ ।

  • २०७९ पौष २९, शुक्रबार

    माघी महोत्सव शनिबारदेखि टुँडीखेलमा

    काठमाडौं - थारू समुदायको राष्ट्रिय पर्व माघी महोत्सव २०७९ तथा नयाँ वर्ष टुँडीखेलमा आयोजना गरिने भएको छ । थारू कल्याणकारिणीसभा केन्द्रीय समितिको संयोजनमा २४ वटा संस्थाको आयोजनामा शनिबार र आइतबार टुँडीखेलमा सो महोत्सव मनाउन लागिएको हो । महोत्सवमा थारू सांस्कृतिक झाँकी, ¥याली, विभिन्न परिकार, हस्तकला, परम्परागत सामान, पुस्तक प्रदर्शनी एवं बिक्री, मोटरसाइकल ¥याली र विभिन्न क्षेत्रमा विशेष योगदान पु¥...

  • २०७९ पौष २९, शुक्रबार

    माघ २ मा २५ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने

    काठमाडाैं - विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा माघ २ गते देशभर विभिन्न कार्यक्रम आयोजना गरी २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइने भएको छ । ‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ नाराका साथ दिवस मनाउन लागिएको आज शहरी विकास तथा भवन निर्माण विभागमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायतका क्षति गर्ने भएकाले भूकम्प...

  • २०७९ पौष २९, शुक्रबार

    अख्तियारका पूर्वआयुक्त नै भ्रष्टाचारी ठहर

    काठमाडाैं - विशेष अदालत काठमाडौँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई भ्रष्टाचारमा दोषी ठहर गर्दै तीन वर्ष तीन महिना कैद गर्ने फैसला सुनाएको छ । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, न्यायाधीशहरू यमुना भट्टराई र बलभद्र बास्तोलाको इजलासले आज पाठकलाई दोषी ठहर गर्दै उक्त कैद सजाय र रु ३९ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । अदालतले भ्रष्टाचार निवारण ऐनअनुसार तीन वर्ष र...

  • २०७९ पौष २९, शुक्रबार

    सन्दीप लामिछाने २० लाख धरौटीमा रिहा

    काठमाडाैं - नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने थुनामुक्त भएका छन् । उनको तर्फबाट जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी रकम दाखिला भएको पछि थुनामुक्त भएका हुन् । उच्च अदालत पाटनले जिल्ला अदालतको पूपक्षका लागि थुनामा राख्ने आदेश उल्टाएको थियो । उनी धरौटीमा रिहा भए पनि मुद्दाको अन्तिम फैसला के आउँछ यसै भन्न सकिन्न । तर तत्कालका लागि उनी कारागारबाहिरको जीवन बिताउन पाउने छन् ।...

  • २०७९ पौष २९, शुक्रबार

    सरकारलाई दबाब दिन चलचित्र निर्माताहरुको बृहत भेला

    नेपाली चलचित्र निर्माताहरु काठमाडौँमा शुक्रबार भेला भएर एउटा बृहत अन्तर्क्रिया सम्पन्न गरेका छन् । आफ्ना बिभिन्न मागहरुलाई सरकारसमक्ष पेश गर्ने उद्देश्यले चलचित्र विकास बोर्डको सिनेमा हलमा झण्डै दुई सयको संख्यामा निर्माताहरु भेला भई यसरी छलफल गरेका हुन् । नेपाली चलचित्रको गर्विलो इतिहास धरमराउन लागेको र यसको भबिष्यको बारेमा अब सोच्नैपर्ने बेला आएको भन्दै नेपाल चलचित्र निर्माता संघले निर्माताहरुको...

  • २०७९ पौष २८, बिहिबार

    संघहरु मध्ये जेठो केन्द्रीय मानन्धर संघले मनायाे ७०अाैं स्थापना दिवस

    नेपालमा खुल्ने गरेका सम्पूर्ण संघहरु मध्ये पहिलो भनिएको  केन्द्रीय मानन्धर संघले ७० अाैं स्थापना दिवस मनाएको छ । न्यूराेडस्थित पाक्व पुखुद्यां मानन्धर सनाः खलःकाे गुठी घरमा संघका संस्थापक सभापति भाजु देवीदास मानन्धरलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेकाे हाे । केन्द्रीय मानन्धर संघ देशभरकाे सामुदायिकतर्फ सबभन्दा जेठाे संस्था हाे ।  मानन्धरहरू संगठित भइसकेपछि क्रमशः मारवाडी, गुरूङ, चित्रकार,...

  • २०७९ पौष २८, बिहिबार

    न्यायको माग गर्दै कलङ्कीदेखि माइतिघरसम्म हिँडेरै प्रदर्शन

    काठमाडौं - निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि भन्दै महिला अधिकारकर्मीहरुले काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । बिहीबार पनि अधिकारकर्मीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका छन् । उनीहरुले चरणबद्ध रुपमा आन्दोन चर्काइरहेका छन् । हाल उनीहरुले तेस्रो चरणका रुपमा आन्दोलन गरिरहेका हुन् । आन्दोलन स्वरुप आज उनीहरुले कलङ्कीदेखि पैदल र्‍याली गर्दै माइतीघर मण्डलामा विरोध कार्यक्रम गरे ।...

  • २०७९ पौष २८, बिहिबार

    प्रधानमन्त्री प्रचण्डसँग जर्मन राजदूतको शिष्टाचार भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मनका राजदूत डा थोमस प्रिन्जले आज शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हित तथा साझा चासोका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसअवसरमा जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै...

  • २०७९ पौष २८, बिहिबार

    छानविनमा प्रभाव पार्ने कोहीलाई पनि छाड्दिन : गृहमन्त्री लामिछाने

    काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भए पनि कारवाही गर्ने बताएका छन् । बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे । अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे । ‘कुनै पनि दलले अवराध अनुसन्धानमा...

  • २०७९ पौष २८, बिहिबार

    मन्त्रिपरिषद् विस्तार टुंगाे लगाउन सत्ता साझेदार दलकाे बैठक बस्दै

    काठमाडाैं - मन्त्रिपरिषद् विस्तारलगायत विषयलाई टुङ्गोमा पुर्‍याउन सत्ता साझेदार दलको बैठक बस्दैछ । आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलको बैठक बोलाइएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा मन्त्रिपरिषद्को विस्तार, सभामुखको निर्वाचन, सरकारको प्रभावकारितालगायत विषयमा छलफल हुने बताइएको छ । बुधबार साँझ प्रधानमन्त्री दाहाल र नेकपा (एमाले)का...

Pages