STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष १८, सोमबार

    कम्बोडियामा निराकारको मृत्यु, बेलैमा उद्धार नहुँदा मृत्युवरण : परिवार

      काठमाडौं - कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको बेलैमा उद्धार नहुँदा मृत्युवरण गर्नुपरेको परिवारले गुनासो गरेका छन् । तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड गएका उनी घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए। शुक्रबार राति उनी बसेको होटलमा भीषण आगलागी...

  • २०७९ पौष १८, सोमबार

    प्रधानमन्त्रीले २६ पुसमा विश्वासको मत लिने

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार संघीय संसदका महासचिवलाई पत्र लेखी आफूले २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा...

  • २०७९ पौष १८, सोमबार

    शीतलहरबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न गृहमन्त्री रवि लामिछानेको निर्देशन

    काठमाडौं - उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले जनताको गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई निर्देशन दिएका छन् । उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिए । देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई सम्बोधनको क्रममा उनले भने, ‘विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्त्व राख्छ । शीतलहरबाट...

  • २०७९ पौष १८, सोमबार

    सबैभन्दा ठुलो अवार्ड भनेर दाबी गरिएको अवार्ड माघ २९ मा

    संसार क्रिएशन्सको आयोजनामा हुन गइरहेको नेपालभाषा स्टार म्युजिक भिडियो अवार्ड्सलाई संसारकै सबैभन्दा ठुलो र लामो अवार्ड कार्यक्रम भनी दावी गर्दै आगामी माघ २९ गते पुरस्कार कार्यक्रम हुने भएको छ । सोही अवार्डको शनिबार कीर्तिपुरमा आयोजित कार्यक्रममा अवार्डका लागि  टप टेन  नोमिनेसन परेकाहरुलाई  प्रमाण पत्र र मेडल वितरण कार्यक्रम सम्पन्न भएको छ । सो समारोहमा  बोल्दै संसार क्रिएशन्सका क्रिएटिभ डाइरेक्टर...

  • २०७९ पौष १८, सोमबार

    साँखुमा श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत शालीनदी मेलाको तयारी पुरा

    नेवार समुदायया सक्वः भनेर चिनिने काठमाडौंको शंखरापुर नगरपालिकामा रहेको साँखुमा हरेक वर्ष लाग्दै आएको श्रीमाधव नारायण–श्रीस्वस्थानी व्रत तथा १ महिने शालीनदी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । यही पुस  २२ गतेदेखि माघ २२ गतेसम्म सञ्चालन हुने व्रत तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको श्रीमाधवनारायण श्रीस्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका अध्यक्ष बालकृष्ण श्रेष्ठले जानकारी दिएका छन् । शुक्रबार...

  • २०७९ पौष १६, शनिबार

    नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्का प्रतिस्पर्धिहरु लाई शनिबार मनोनयन प्रमाण पत्र

    नेपालभाषाको गीत - संगीत र चलचित्र क्षेत्रकै सबैभन्दा ठुलो पुरस्कार समारोह भनेर दाबी गरिएको नेपालभाषा स्टार म्यूजिक भिडियो अवार्ड्सको दोश्रो संस्करणको पुरस्कारको प्रतिस्पर्धामा रहेकाहरुको मनोनयन विभिन्न सामाजिक सन्जाल मार्फत सार्वजनिक नभइसकेको छ भने  शनिबार किर्तिपुर सिनेप्लेक्समा मनोनयनमा परेका हरुलाई प्रमाण पत्र गरिने भएको छ  मनोरन्जन क्षेत्रमा सकृयता देखाउँदै आएको  संसार्स क्रिएसनले  शनिबार...

  • २०७९ पौष १६, शनिबार

    गायक तथा सन्चारकर्मि सुरज ब्यञ्जनकारको सहभागीतामा वडा नं ९ पुरस्कृत

    ओउक्रु नेपाल oucru Nepal को आयोजनामा सम्पन्न भएको "World Antimicrobial Awareness Week - 2022” को सुखद् उपलक्ष्यमा भएको एन्टिबायोटिक सम्बन्धि गीत प्रतियोगितामा ललितपुर महानगरपालिका वडा नंं. ९  प्रथम पुरस्कार जित्न सफल भएको छ ।  प्रथम हुने वडा नं. ९ टिममा  गायनमा ख्याति कमाउनु भएका सुरज ब्यञ्जनकार का साथमा राजकुमार महर्जन , सिद्धी महर्जन, विन्देश्वरी शाक्य , रसिता अवाले ले स्वर दिनु भएको थियो भने...

  • २०७९ पौष १६, शनिबार

    त्रिमूर्ति निकेतनमा १३९ औं लेखनाथ जयन्ती सम्पन्न

    त्रिमूर्ति निकेतनद्वारा आयोजित एक समारोहको बीच कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औँ जयन्ती मनाएको छ । सोही उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा शुक्रबार निकेतनका  अध्यक्ष इन्दिरा प्रसाईले माल्यार्पण गर्नुभयो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालीकमा पनि माल्यार्पण गर्नुभयो ।  त्रिमूर्ति निकेतनद्वारा आयोजित सो...

  • २०७९ पौष १६, शनिबार

    श्रीपुरुष ढकाललाई लाइफटाइम र पत्रकार तुलाधरलाई रजत सम्मान गर्दै पचास विधामा सगरमाथा अवार्ड

    सहारा एप चौथो ‘सगरमाथा म्युजिक अवार्ड २०७९’ राजधानीमा भब्य रुपमा सम्पन्न भएको छ । ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृतिको संरक्षण-प्रवर्धन हाम्रो अभियान’ भन्ने नाराको साथ आयोजना गरिएको सो अवार्ड ‘अर्थ नेपाल प्रालि’को आयोजनामा सम्पन्न भएको हो ।  सो अवार्ड समारोहमा विशिष्ट गीतकार श्रीपुरुष ढकाललाई नगद रु.१७,६९६/- सहित ‘सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्ड’ द्वारा सम्मान गरिएको थियो । गीतकार...

  • २०७९ पौष १५, शुक्रबार

    आज देशका चारवटा प्रदेशमा वर्षा हुने

    काठमाडौं - आज शुक्रबार दिउँसो देशका चारवटा प्रदेशमा वर्षाको सम्भावना छ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।  देशका हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि छ। देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा महाशाखाको अनुमान...

  • २०७९ पौष १४, बिहिबार

    ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षाकर्मीहरु धमाधम फिर्ता

    काठमाडौं - गृह मन्त्रालयको ४८ घण्टे अल्टिमेटमपछि विशिष्ट व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधिविपरीत निजी सुरक्षामा राखिएका सुरक्षाकर्मीहरु धमाधम फिर्ता भएका छन् । गृह मन्त्रालयका अनुसार हालसम्म २२१ जना सुरक्षाकर्मी फिर्ता भएका छन् । मंगलबार उपप्रधानमन्त्री तथा गृह मन्त्री रवि लामिछानेको निर्देशनमा मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञपिप्त जारी गर्दै कार्यविधि विपरीत...

  • २०७९ पौष १४, बिहिबार

    प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच भेटवार्ता

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थोम्पसनबीच शिष्टाचार भेटवार्ता भएको छ । बिहीबार दुईबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । प्रचण्डको आधिकारीक फेसबुक पेजमार्फत दुईबीचमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचारविमर्श भएको थियो । दुई बीच भेटवार्ता भएको नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत पनि जानकारी...

Pages