-
२०७९ पौष ७, बिहिबार
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन : स्वास्थ्य मन्त्रालय
काठमाडाैं - नेपालमा छिमेकी मुलुकमा देखिएका कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको छैन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले छिमेकी मुलुकमा देखिएको वी.एफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट नेपालमा फेला नपरेको जानकारी दिए। उनका अनुसार एक महिनामा देशका विभिन्न ठाउँबाट सङ्कलन गरिएका नमुनाको ‘जिन सिक्वेन्सिन’ गर्दा वीएफ ७ नामक प्रजातिको भेरियन्ट फेला नपरेको हो । राष्ट्रिय...
-
२०७९ पौष ७, बिहिबार
शपथसँगै सांसदहरुले पाए संघीय संसद्को ‘लोगो’
काठमाडौँ - प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण सकिएको छ । शपथ ग्रहणसँगै उनीहरूले औपचारिक रूपमा संघीय संसद्को लोगो समेत प्राप्त गरेका छन् । बिहीबार दिउँसो ज्येष्ठ सदस्य राप्रपाका पशुपति शमशेर जबराले सांसदहरुलाई शपथ गराएका हुन् । शपथ ग्रहण कार्यक्रममा सांसदहरुले थरिथरि भेषभूषामा सजिएर शपथ ग्रहणमा पुगेका थिए ।
-
२०७९ पौष ७, बिहिबार
ज्येष्ठ सदस्य राणाबाट प्रतिनिधिसभाका नवनिर्वाचित सांसदलाई शपथ
काठमाडाैं - प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले नवनिर्वाचित सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज आयोजित विशेष समारोहमा ज्येष्ठ सदस्यको हैसियतमा उनले सांसदहरुलाई शपथ गराएका हुन्। शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाक तथा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले...
-
२०७९ पौष ६, बुधबार
झण्डै सात लाखले चालक अनुमतिपत्र पाउन बाँकी
काठमाडौँ, सवारी चालक अनुमतिपत्रका लागि आवेदन दिएका झण्डै सात लाख सेवाग्राहीले अनुमतिपत्र पाएका छैनन् । काठमाडौँ उपत्यकाका कार्यालयबाट आवेदन दिएका सेवाग्राहीले झण्डै १० महिना देखि चालक अनुमतिपत्र पाउन सकेका छैनन् । अनुमतिपत्रको माग र आपूर्तिबीचमा धेरै अन्तर भएकाले यस्तो अवस्था आएको यातायात व्यवस्था विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । अहिले विभागसँग भएको ‘मास प्रिन्टर’को छपाई गर्ने...
-
२०७९ पौष ६, बुधबार
सर्वोच्चले अन्तरिम आदेश नदिएपछि रवि लामिछानेलाई शपथ लिन बाटो खुला
काठमाडाैं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रतिनिधिसभा सदस्यको शपथ लिन बाटो खुलेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता विवादमा दुबै पक्षलाई छलफलमा बोलाउने आदेश दिएको छ ।संवैधानिक इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको रिट निवेदकमध्येका एक युवराज सफलले जानकारी दिए । रिट निवेदकले यो विवाद अन्त्य नहुँदासम्म शपथमा रोक लगाउन अन्तरिम आदेश माग गरेका थिए ।...
-
२०७९ पौष ६, बुधबार
धोबीखोला किनारका अतिक्रमित संरचना हटाउँदै महानगर
काठमाडौं - काठमाडौं महानगरपालिकाले धोबीखोला किनार क्षेत्रको देवीनगरमा अतिक्रमित संरचना हटाउन डोजर चलाएको छ । १० नम्बर वडाको देवीनगर क्षेत्रमा सार्वजनिक जग्गामा निर्माण भएका संरचना हटाउन महानगरले डोजर चलाएको हो । सार्वजनिक जग्गामा बनेका घर टहरासहित मापदण्ड विपरीतका होर्डिङ बोर्ड र फुटपाथ व्यवसाय हटाइँदैछ ।
-
२०७९ पौष ६, बुधबार
कांग्रेस संसदीय दलकाे नेतामा देउवा निर्वाचित
काठमाडौं - नेपाली कांग्रेस संसदीय दलकाे नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाका प्रेस संयाेजक गाेविन्द परियारका अनुसार देउवाले ६४ र गगन थापाले २५ मत पाएका छन् । मतदानमा कुल मत ८९ खसेको र त्यसमध्ये सभापति देउवाले ६४ तथा महामन्त्री थापाले २५ मत प्राप्त गरेको कांग्रेसको ‘संसदीय दलको नेता तथा कार्यसमिति निर्वाचन समिति’ले जनाएको छ । मतदान आज बिहान भएको थियो । सभापति देउवाको...
-
२०७९ पौष ६, बुधबार
कांग्रेस संसदीय दलको नेता चुन्न मतदान सुरु
काठमाडौं - सङ्घीय संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि मतदान सुरु भएको छ । संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र पार्टीका महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दिएका छन् । बिहान ८:४५ बजेदेखि सुरु भएको मतदान प्रक्रिया १० बजेसम्म चल्नेछ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालय परिसरमा मतदानको व्यवस्था गरिएको छ । कांग्रेसको ‘...
-
२०७९ पौष ५, मंगलबार
एमाले संसदीय दलको नेतामा ओली सर्वसम्मत चयन
काठमाडौं - नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन् । उपाध्यक्ष विष्णु पौडेलको प्रस्ताव र सुवास नेम्वाङको समर्थनमा ओली दलको नेतामा निर्विरोध चयन भएको सांसद पदम गिरीले जानकारी दिए । संसदीय दलको बैठक कमलादीस्थित प्रज्ञा भवनमा बसेको थियो । संसदीय दलको बैठकले एमालेलाई लोकप्रिय मतमा पहिलो दल बनाएकोमा सम्पूर्ण मतदातालाई धन्यवाद दिएको गिरीले बताए । बैठकले...
-
२०७९ पौष ५, मंगलबार
गगनलाई कोइराला र देउवालाई पौडेलको साथ
काठमाडौँ - नेपाली काँग्रेसका नेता डा. शेखर कोईरालाले स्थायीत्व र रुपान्तरणको लागि महामन्त्री गगनकुमार थापालाई संसदीय दलको नेतामा प्रश्ताव गरेको बताउनुभएको छ । मंगलवार पार्टीका महामन्त्री थापाको संसदीय दलको नेताको प्रश्तावकका रुपमा काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर उहाँले यस्तो बताउनुभएको हो । उहाँले आगामी पार्टी सभापतिको सहमतिको विषयमा भने भविष्यका दिनहरुलाई हेर्दै अघि बढ्ने बताउनु...
-
२०७९ पौष ५, मंगलबार
काँग्रेस संसदीय दलको नेताका लागि देउवा र गगनको उम्मेदवारी
काठमाडौँ - नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराउनुभएको छ । दुवै नेताले मंगलवार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा पुगेर पार्टीको संसदीय दलको नेताका लागि मनोनयन दर्ता गराउनुभएको हो । निर्वाचन समितिले सार्वजनिक गरेको कार्यक्रमअनुसार बुधवार संसदीय दलको नेता चयनका लागि मतदान हुने तय भएको...
-
२०७९ पौष ५, मंगलबार
कांग्रेसमा संसदीय दलमा भिड्न देउवालाई कोइराला र थापा चुनौती
काठमाडौं - कांग्रेस संसदीय दलका नेतामा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भिड्न संस्थापनइतर समूहमा हानथाप चलेको छ। यो समूहबाट उम्मेदवार बन्न नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापाले दाबी गरेका छन्। इतर समूहको सोमबार बसेको बैठकले साझा उम्मेदवार तय गर्न नसकेको हो। मंगलबार बिहान पनि बैठक बस्ने नेताहरूले बताएका छन्। बैठकमा महामन्त्री थापाले आफू दलका नेतामा निर्वाचित हुने आधार...


