STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष १०, आइतबार

    प्रचण्डको नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालयमा दर्ता

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार बनाउने प्रस्ताव राष्ट्रपति कार्यालय शितल निवासमा दर्ता भएको छ । १६६ जनाको हस्ताक्षरसहित प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेका छन् । नेकपा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीको समर्थनसहित प्रचण्डले...

  • २०७९ पौष १०, आइतबार

    एमाले र माओवादी केन्द्रबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति

    काठमाडौं - नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच आलोपालाेप्र धानमन्त्री बन्ने सहमति भएको छ । माओवादीले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर आएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार भएको छलफलमा प्रचण्ड र ओलीबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको हो । अहिले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको छ । १६६ सांसदको समर्थन...

  • २०७९ पौष १०, आइतबार

    प्रचण्डलाई प्रधानमन्त्री बनाउन बालकोट बैठकमा सहमति

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन दलहरू सहमत भएका छन् । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो । माओवादीको एक नेताले भने- ‘बालकोटमा सहमति जुट्यो, सीएम पीएम बन्दै हुनुहुन्छ अब केहीबेरमा सहमति सार्वजनिक हुन्छ ।’ प्रचण्डलाई प्रधानमन्त्री बनाउनेबारे राष्ट्रपति...

  • २०७९ पौष ९, शनिबार

    राष्ट्रपतिले दिएको समयअगावै सरकारको नेतृत्व टुङ्गो लाग्छ : महरा

    काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता कृष्णहादुर महराले सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयअगावै सत्ता गठबन्धनमा आगामी सरकारको नेतृत्वका विषयमा टुङ्गो लाग्ने बताएका छन् । प्रेस सेन्टर बाँकेले शनिबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उपाध्यक्ष महराले भने, “सरकार गठनका लागि सत्ता गठबन्धन बाहेक नेकपा एमालेसँग समेत छलफल भईरहेको छ , तर अहिलेसम्म गठबन्धनको सरकार बन्ने...

  • २०७९ पौष ९, शनिबार

    सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडाैं - नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिकस्थलमा अनिवार्य मास्क लगाउन अनुरोध गरेको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति प्रकाशित गरी छिमेकी देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट बिएफ–७ को सङ्क्रमण बढ्दै गएको भन्दै मास्क लगाउन आग्रह गरेको हो ।  यसैगरी मन्त्रालयले भौतिक दूरीसमेत कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता तथा डा सञ्जयकुमार ठाकुरद्वारा...

  • २०७९ पौष ९, शनिबार

    चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरियो

    काठमाडाैं - सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शुक्रबार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो । सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय...

  • २०७९ पौष ९, शनिबार

    पुस १५ गतेभित्र मोबाइल दर्ता गर्न आह्वान, दर्ता नभएका सेट नचल्ने

    काठमाडौं -नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने भएको छ । आज सूचना निकालेर प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान समेत गरेको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्र्याकिङ र ब्लकिङ गर्न प्राधिकरणले यसअघि...

  • २०७९ पौष ९, शनिबार

    स्ववियु निर्वाचन फागुन २८ गते गर्ने त्रिविको तयारी

    काठमाडौँ - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आगामी फागुन २८ गते तयारी गरेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले त्रिवि पदाधिकारी, विभाग, संस्थान, नौवटै संकायका डिन र परीक्षा नियन्त्रकसँगको छलफलमा आगामी फागुन २८ गते नै तय गर्ने गरी त्रिवि अगाडि बढेको बताए। ‘हामीले त्रिवि पदाधिकारी, नौ वटै संकायका डिन र परीक्षा...

  • २०७९ पौष ९, शनिबार

    प्रधानमन्त्री बन्ने प्रचण्डको सपना पूरा नहुने : ओली

    काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पुनः प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गरेका छन्। फेरी एकपटक प्रधानमन्त्रीका हुनका लागि दाहालले अधिकतम प्रयास गरिरहेका बेला पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सो प्रतिक्रिया दिएका हुन्। ‘कतिपय जो इच्छा गरिरहेका छन्। पुष्पकमल दाहालजी, जो प्रधानमन्त्रीको इच्छा गरिरहनु भएको छ। तर...

  • २०७९ पौष ८, शुक्रबार

    भक्तपुरमा महिला क्षमता अभिवृद्धि तालिम

    भक्तपुरको टिगनीमा महिला तथा बेरोजगार युवाहरु लक्षित क्षमता अभिवृद्धि तालिम सञ्चालन भइरहेको छ ।  मध्यपुर थिमि नगरपालिका वडा नं. ९ संगको संयुक्त प्रयासमा श्री नीलबाराही महिला समुहले १५ दिने तालिम सञ्चालन आरम्भ गरेको हो । तालिम कार्यक्रमलाई सम्बोधन गर्दै मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजय कृष्ण श्रेष्ठले स्थानिय महिला तथा युवाको लागि सीप, क्षमता र दक्षता अभिवृद्धि गराउने कार्यक्रम आवश्यक रहेको...

  • २०७९ पौष ७, बिहिबार

    अध्यागमनको प्रक्रिया पूरा भएपछि मात्रै चार्ल्स शोभराजलाई रिहाइ गरिने

    काठमाडौं - बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनको प्रक्रिया पूरा भएपछि मात्रै रिहाइ गरिने भएको छ। केन्द्रीय कारागारका जेलर ईश्वरी प्रसाद पाण्डेले अध्यागमनको प्रक्रिया बाँकी रहेकाले अहिल्यै रिहाइ नगरेको बताए। उनले प्रक्रिया पूरा भएसँगै रिहाइ गर्ने जानकारी दिए। सर्वोच्च अदालतले बुधबार चार्ल्स शोभराजलाई कैदमुक्त गरी १५ दिनभित्र आफ्नै देश पठाउन आदेश दिएको थियो। न्यायाधीशद्वय सपना प्रधान मल्ल र...

  • २०७९ पौष ७, बिहिबार

    रात्रिबस नयाँबसपार्कमा मात्र पार्किङ

    काठमाडाैं - काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा मात्र रात्रिबस पार्किङ गर्न पाइने भएको छ । ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग छलफल गरी मुलुकको सङ्घीय राजधानी काठमाडौँबाट देशका विभिन्न जिल्लाका लागि छुट्ने रात्रिबस गोँगबुस्थित नयाँ बसपार्कबाट मात्र पार्किङ गर्न पाइने व्यवस्था गरेको हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले रात्रिबस...

Pages