-
२०७९ पौष २५, सोमबार
रुद्रलाल समाजेवा पुरस्कार ८० वर्षे मोक्तानलाई
रिलेन्टलेस जर्नी पुस्तक सामाजिक कार्यको अभिलेखीकरण प्रदेश नं १ का पहाडी क्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रमा निस्वार्थ रुपमा समाजसेवामा जीवन अर्पण गरेका ८० वर्षे मनु मोक्तानलाई आइतवार रुद्रलाल समाज सेवा पुरस्कारबाट सम्मान गरिएको छ । गैरसरकारी संस्था महासंघ र छत्रलक्ष्मी–रुद्रलाल स्मृति प्रतिष्ठानले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधिश...
-
२०७९ पौष २३, शनिबार
सङ्कटालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि
काठमाडौं - सङ्कटा फुटबल क्लबले २२औँ संस्करणको ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप’को उपाधि जितेको छ । पोखरा रङगशालामा आज सम्पन्न फाइनल खेलमा अमेरिकाको भुटनिज युथ स्पोर्टस क्लब (विवाइएससी) मिनेसोटालाई ३–२ गोलले हराउँदै सङ्कटा दोस्रोपटक च्याम्पियन बनेको हो । सङ्कटाले यसअघि २०औँ संस्करणको पनि उपाधि जितेको थियो । विजेता टोलीले रु १२ लाखसहित शिल्ड, मेडल र...
-
२०७९ पौष २३, शनिबार
‘भीआईपी’ कुर्सी हटाउन लगाई गृहमन्त्री लामिछाने बसे सामान्य कुर्सीमा
काठमाडौं - सशस्त्र प्रहरी बलको कार्यक्रममा भाग लिन गएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफ्ना लागि राखिएको विशेष कुर्सी हटाउन लगाएका छन् । मन्त्रीका लागि राखिएको विशेष कुर्सी हटाउन लगाएर प्रहरी अफिसरसरहको कुर्सी मगाएर गृह मन्त्री लामिछाने बसेका छन् । गृहमन्त्री लामिछानेको सचिवालय संयोजक दिपक बोहराले यसबारे फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘सशस्त्र प्रहरी बलको औपचारिक कार्यक्रममा...
-
२०७९ पौष २३, शनिबार
कोरोनाबाट एक जनाको निधन
काठमाडौं - कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भाइरसको सङ्क्रमणबाट आज एक जनाको मृत्यु भएको हो । नेपालमा अहिलेसम्म सङ्क्रमणका कारण १२ हजार २० जनाको मृत्यु भइसकेको छ । आज पाँच सय ५५ जनाको नमुना परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ भने दुई जना उपचारपछि घर फर्किएका छन् । हाल २१ जना सक्रिय सङ्क्रमित रहेका छन् ।
-
२०७९ पौष २३, शनिबार
न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक ओलीलाई हस्तान्तरण
काठमाडौं - सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन संयोजक एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हस्तान्तरण गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले अध्यक्ष ओलीलाई सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाइएको छ । पौडेल संयोजकत्वमा गठित कार्यदलले अर्थमन्त्रालयमा प्रतिवेदन तयार पारेको थियो । अध्यक्ष ओलीलाई...
-
२०७९ पौष २३, शनिबार
महराको संयोजकत्वमा वाम एकता कार्यदल गठन
काठमाडौं - नेकपा (माओवादी केन्द्र) ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो । बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते...
-
२०७९ पौष २३, शनिबार
प्रचण्डलाई विश्वासको मत दिने वा नदिने विषयमा काँग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं - नेपाली काँग्रेस संसदीय दलको पहिलो बैठक बस्ने तयारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने वा नदिने भन्नेबारे निष्कर्ष निकाल्न संसदीय दलको बैठक आज बस्न लागेको हो । यही पुस २६ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । उक्त समय संसदमा कसरी प्रस्तुत हुने भन्ने विषयमा आज काँग्रेस संसदीय दलको बैठकले निर्णय गर्ने जनाइएको छ । यही पुस २५ गतेदेखि...
-
२०७९ पौष २३, शनिबार
आज काठमाडौं उपत्यकामा यो वर्षकै जाडो
काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै सबैभन्दा न्यून भएको छ । शनिबार काठमाडौंमा सबैभन्दा जाडो अनुभव गरिएको हो । मौसमविदहरुको अनुसार आज काठमाडौंको तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ । शनिबार बिहान काठमाडौं उपात्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको मौसमविदहरुले जनाएका छन् । दिउँसो मौसममा केही सुधार आउने अनुमान गरिएको छ । उपत्यकाका डाँडाहरुमा हुस्सु र कुहिरो लागेका कारण...
-
२०७९ पौष २२, शुक्रबार
स्थानीयमाथिको दमन बन्द गर्न शंखरापुर नगरप्रमुखको निर्देशन
काठमाडौं - काठमाडौंको शंखरापुर बोझनीमा बनाउन लागिएको सबस्टेशन विवादको विषयमा शंखरापुर नगरपालिकाको ध्यानाकर्षण भएको छ । शुक्रबार नगरका नगरप्रमुख नरेश नापितले शान्तिपूर्ण आन्दोलन गरिरहेका स्थानीयहरुमाथि हातहतियार देखाउने, अवाञ्छित बल प्रयोग र धरपकड गरिएकोबारे ध्यानाकर्षण जनाउँदै प्रहरी दमन तत्काल बन्द गर्न निर्देशन दिएका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘राज्य अभिभावक हो तसर्थ नागरिकले आफ्नो अभिभावकबाट...
-
२०७९ पौष २२, शुक्रबार
काठमाडौंको सामाखुशीमा आगलागी
काठमाडौं - काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ । टोखा नगरपालिका–१० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो । उक्त आगलागी अहिले नियन्त्रणमा लिने क्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले राससलाई जानकारी दिए। आगलागी नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग...
-
२०७९ पौष २२, शुक्रबार
धुम्बाराहीमा देउवा-नेपालबीच भेटवार्ता
काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार साँझ देउवा निवास धुम्बाराही पुगेका अध्यक्ष नेपालले सभापति देउवासँग पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गरेको बताइएको छ । यद्यपि, दुईबीचको भेटमा खास कुराकानी के भएको हो भन्ने विषयमा बाहिर यकिन जानकारी आएको छैन । तर, दुईबीचको भेटलाई निकै अर्थपूर्ण लिइएको छ ।...
-
२०७९ पौष २२, शुक्रबार
लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते
काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । इजलासले नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते गर्ने...


