STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष २६, मंगलबार

    प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्‌मा पाए विश्वासको मत, दुई सांसद विपक्षमा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌मा विश्वासको मत पाएका छन् । मंगलबार संसद बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन् ।  राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले भने विपक्षमा मतदान गरे । ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरा सभामुखको भूमिकामा रहेकाले मतदानमा सहभागी भएनन् । कांग्रेसका सांसदहरू...

  • २०७९ पौष २५, सोमबार

    बालकाेटमा ग्यास सिलिण्डर बिस्फोट हुँदा १ जना घाइते

    भक्तपुर - सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित रामप्रसाद थपलियाको घरमा आज खाना पकाउने ग्यास सिलिण्डर बिस्फोट हुँदा एक जना घाइते भएका छन् भने दुई घरमा क्षति पुगेको छ । सिलिण्डर बिस्फोट हुँदा थपलियाकी श्रीमती तारा घले थपलिया घाइते भएको र उहाँको मध्यपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । बिस्फोट हुँदा घरको भान्छा कोठा...

  • २०७९ पौष २५, सोमबार

    गण्डकीको मुख्यमन्त्रीमा खगराज नियुक्त

    काठमाडौं - गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेत खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । ६० सदस्यीय प्रदेश सभामा एमालेका २२, माओवादीका ८, राप्रपाका २ र स्वतन्त्र सांसद दीपक मनाङ (३३ जना)को समर्थनमा...

  • २०७९ पौष २५, सोमबार

    प्रदेश १ मा चार सदस्यीय मन्त्रिपरिषद् विस्तार

    काठमाडौं - प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ४ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन्। मुख्यमन्त्रीको शपथ ग्रहण लगत्तै उनले सानो आकारको मन्त्रिपरिषद गठन गरेका हुन्।  मन्त्रिपरिषदमा सत्ता साझेदार दलहरूबाट १/१ जना सरकारमा सहभागी भएका छन्। नेकपा एमालेका तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बु सरकारमा सहभागी भएकी हुन्। ...

  • २०७९ पौष २५, सोमबार

    पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घट्यो

    काठमाडौं - नेपालमा पेट्रोल, डिजेल र मट्टितेलको भाउ ३ रुपैयाँले घटेको छ। नेपाल आयल निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलको भाउ १७५ र डिजेल तथा मट्टितेलको भाउ १७२ कायम भएको छ। यसैगरी हवाई इन्धनमा आन्तरिकतर्फ २० रुपैयाँ घटाइएको छ।  एलपी ग्यासको भाउ भने यथावत छ।  निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी भाउ निर्धारण गरेको हो। यसअघि पेट्रोलको भाउ १७८ र  डिजेल तथा मट्टितेलको भाउ १७५ रुपैयाँ...

  • २०७९ पौष २५, सोमबार

    सत्ता गठबन्धन दलको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

      काठमाडौं - सत्ता गठबन्ध दलले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको २१ बुँदे नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम सार्वजनिक गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीसहित सत्तागठबन्ध दलका शीर्ष नेताहरुको उपस्थितिमा अर्थमन्त्री पौडेलले नीतिगत प्राथमिकता र...

  • २०७९ पौष २५, सोमबार

    यो संसद् आफूहरूको परीक्षाको केन्द्र : प्रधानमन्त्री दाहाल

    काठमाडाैं - प्रधामन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली जनताले जीवनमा सार्थक परिवर्तन ल्याउन सक्छौँ कि सक्दैनौँ भन्ने विषय नै अहिलेको पहिलो र महत्वपूर्ण विषय भएको बताएका छन्। प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले आफूहरु सबै जनताको निरन्तर निगरानीमा रहेकाले उनीहरुको जीवनमा सार्थक परिवर्तन ल्याउन लागिपर्नुपर्ने बताए । प्रधानमन्त्रीले समस्या केलाएर बस्ने छुट नभएको भन्दै समाधानको सूत्र...

  • २०७९ पौष २५, सोमबार

    यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेका छन् : सभापति देउवा

    काठमाडाैं - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यो प्रतिनिधिसभाबाट नेपाली जनताले धेरै अपेक्षा राखेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले भने, “हाम्रो आगामी यात्रा, माध्यम र गन्तव्य स्पष्ट हुन जरुरी छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्नु हामी सबैको साझा लक्ष्य हो ।” सभापति...

  • २०७९ पौष २५, सोमबार

    आफ्नो पार्टीले पाएको मत आशाको : गृहमन्त्री लामिछाने

    काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताएका छन् । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पाए । उनले भने, “म यसलाई...

  • २०७९ पौष २५, सोमबार

    पुस ३० र माघ १ दिउँसो पनि नारायणगढ–मुग्लिन सडक खुल्ला हुने

    काठमाडौंं - हिन्दूहरुको पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन खुला रहने भएको छ । यही पुस ३० र आगामी माघ १ गते दुई दिन दिउँसोको समयमा पनि खुला गर्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार ती दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ । तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको...

  • २०७९ पौष २५, सोमबार

    २७ पुसमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

      काठमाडौं - सरकारले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भनेर २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । सत्ता गठबन्धनमा आबद्ध दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले सरकारमा सहभागी नहुँदै पृथ्वी जयन्तीको अवसरमा २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिनुपर्ने माग राख्दै आएको थियो । र सरकारमा...

  • २०७९ पौष २५, सोमबार

    चलचित्र कलाकार संघको अध्यक्षका पदका लागि ५ जनाको उम्मेदवारी घोषणा

    नेपाली चलचित्रमा अभिनय गर्ने कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको महाधिवेशन आगामी चैत ४ गते हुँदैछ भने महाधिवेशन नजिकिएसँगै चलचित्रकर्मीहरु अहिले नेतृत्वमा आउनका लागि दौडधुपमा व्यस्त छन्। अहिले यसै सन्दर्भया संघको अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढ्दो छ। यसैबीच, कलाकार संघको आसन्न चुनावमा पाका कलाकार मोहन निरौलाले पनि अध्यक्ष पदमा उठ्ने बताएका छन्। औपचारिक घोषणा...

Pages