-
२०७९ पौष १४, बिहिबार
ओली र माधव नेपालबीच औपचारिक भेटवार्ता हुँदै
काठमाडौं।-पुष ११ गते शीतलनिवासको सपथ ग्रहणमा भेटघाट गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले औपचारिक भेटवार्ता गर्ने भएका छन् । भोलि (शुक्रबार) ओली र नेपालबीच भेटवार्ता हुने बताइएको छ । सरकारभन्दा बाहिर रहेका अध्यक्ष नेपाल र अध्यक्ष ओलीबीच अहिलेको सत्ता गठबन्धन र पार्टी एकताबारे छलफल हुने बताइएको छ । तत्कालीन प्रधानमन्त्री रहँदा संसद विघटन र...
-
२०७९ पौष १४, बिहिबार
डीएसपी ठगबहादुर निलम्बित
काठमाडौं - अवैध असुली आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिसअनुसार उनलाई गृह मन्त्रालयले बिहीबार निलम्बन गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) टेकप्रसाद राईले जानकारी दिए । बुटवलका सुन व्यापारीसँग सुन...
-
२०७९ पौष १४, बिहिबार
सरकारी निवासमा सरे उपप्रधानमन्त्री लामिछाने
काठमाडौं - उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट पुल्चोक हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । रवि र उनकी पत्नी निकिता पौडेल निवासमा आउँदा विधिपूर्वक पुजापाठ गरिएको थियो । रविलाई नेपाली सेनाले सलामी दिएको थियो । सलामीका क्रममा भुइँमा पिर्का राखिएन । लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले पिर्केमा नराख्न सेनालाई आग्रह गरिएको बताए । ‘...
-
२०७९ पौष १३, बुधबार
‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक
काठमाडाैं- छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार...
-
२०७९ पौष १३, बुधबार
देशभर चिसो बढ्यो
काठमाडाैं - विगत केही दिनयतादेखि देशभरको तापक्रम क्रमिकरूपमा घट्दै गएपछि चिसो बढ्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा गौचरले जनाएको छ । विभागका अनुासर आज काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री सेल्सियसमा झरेको छ । मङ्गलबारभन्दा आज चिसो धेरै बढेको बताइएको छ । मङ्गलबार काठमाडौँको तापक्रम चार दशमलव चार डिग्री सेल्सियस रहेकोमा आज न्यूनतम तापक्रम तीन दशमलव चार डिग्री...
-
२०७९ पौष १३, बुधबार
काभ्रेमा बस दुर्घटना, ९ जना घाइते
काभ्रे - काभ्रेको महाभारत गाउँपालिका वडा नं ७ स्थित उदाउनेमा यात्रुवाहक बस दुर्घटना भएको छ । बनेपाबाट महाभारत गाउँपालिकाको गोकुलेतर्फ जाँदै गरेको बा ४ ख १९९६ नम्बरको बस उदाउनेमा दुर्घटना हुँदा ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय देवीटारले जनाएको छ । घाइतेहरुमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ भने बाँकी ६ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूको हाल बनखु स्वास्थ्य चौकीमा उपचार...
-
२०७९ पौष १३, बुधबार
राप्रपा सरकारमा सहभागी हुने
काठमाडौं - अन्ततः राष्ट्रिय प्रजातन्त्रत्र पार्टी (राप्रपा) संघ र प्रदेश गरी दुवैतर्फको सरकारमा सहभागी हुने भएको छ । बुधबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संघ र प्रदेश दुवैतर्फको सरकारमा सहभागी हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए । दुवैतर्फको सरकारमा भाग लिने निर्णयसँगै सरकारमा जानुअघि सरकारको न्यूनतम् साझा कार्यक्रमलाई कुर्ने पनि निर्णय भएको...
-
२०७९ पौष १३, बुधबार
बालुवाटार निवासको साँचो प्रधानमन्त्री पुत्रीले बुझिन्
काठमाडौं - सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की कान्छी छोरी तथा स्वकिय सचिव गंगा दाहाललाई सरकारी निवासको साँचो हस्तान्तरण गरेका छन् । ज्योतिषीले जुराएको साइतमै बुधबार साँझ प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा प्रवेश गरेका थिए । बालुवाटार प्रवेशअघि प्रधानमन्त्री प्रचण्डले पूजापाठसमेत गरेका छन् ।
-
२०७९ पौष १३, बुधबार
गृहमन्त्री लामिछानेद्वारा राहदानी विभागको अनुगमन
काठमाडौं - उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले आज त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका छन्। राहदानी लिन सर्वसाधारणले ठूलो सास्ती खेप्नुपरेको समाचार बाहिर आइरहेकाबेला गृहमन्त्री लामिछानेले विभागको अनुगमन गरेका हुन्। यसअघि मन्त्रिपरिषद्को पहिलो बैठकले राहदानीलगायतका सेवा प्रवाहमा सुधार ल्याउने निर्णय गरेको थियो । “सोही आधारमा आज मन्त्रीले राहदानी विभागको अनुगमन गर्नुभएको हो”,...
-
२०७९ पौष १३, बुधबार
ठमेलका अव्यवस्थित तार हटाइयो
काठमाडौं - राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्र गुजुल्टिएर अव्यवस्थितरुपमा रहेको तार हटाइएको छ । ठमेल पर्यटन विकास परिषद्ले नेपाल विद्युत् प्राधिकरण र केबल तथा इन्टरनेट सेवा प्रदायक कम्पनी प्रदायकसँगको सहकार्यमा अव्यस्थितरुपमा टाँगिएका विद्युत्, केबल टेलिभिजन, इन्टरनेट, टेलिफोनका तार तथा उपकरण व्यवस्थापन गरेको हो । परिषद्का उपाध्यक्ष सहदेव धमलाले ठमेल क्षेत्रलाई सुन्दर बनाउन अव्यवस्थित...
-
२०७९ पौष १२, मंगलबार
प्रधानमन्त्री दाहाललाई अमेरिकाको बधाई
काठमाडाैं - संयुक्त राज्य अमेरिकाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनको गठबन्धनलाई नेपालको सङ्घीय निर्वाचनमा विजयी भएकामा बधाई दिएको छ । अमेरिकाले नेपालसँग सुदृढ र लामो समयदेखिको सम्बन्ध भएकामा गर्व गर्दै दीगो आर्थिक वृद्धि हासिल गर्न र लोकतन्त्र तथा मानवाधिकारको सुदृढीकरणजस्ता द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी महत्वका मुद्दाको प्रवद्र्धन गर्न नेपाल सरकारसँगै रहेको उल्लेख...
-
२०७९ पौष १२, मंगलबार
राष्ट्रपतिबाट पुस २५ गते दुवै सदनको अधिवेशन आह्वान
काठमाडाैं - राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छिन् । उनले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गरेकी हुन्। यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद्...


