STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ पौष १, शुक्रबार

    पेट्रोल,डिजल र मट्टीतेलमा तीन रुपैयाँ घट्याे

    काठमाडाैं - नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शुक्रबार मध्यरातदेखि लागू हुने गरी निगमले पेट्रोल र डिजलमा साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर  ३ रूपैयाले घटाएको हाे । यसअघि पेट्रोल प्रतिलिटर रु १८१ रहँदै आएकामा अब भने प्रतिलिटर रु १७८ मा बिक्री हुनेछ । डिजल प्रतिलिटर रु १७८ मा बिक्री भइरहेकामा अब भने रु १७५ मा बिक्री हुनेछ । मट्टीतेल प्रतिलिटर रु १७८ मा बिक्री हुँदै आएकामा...

  • २०७९ पौष १, शुक्रबार

    मनाइयो पाँचौं राष्ट्रिय झण्डा दिवस

    काठमाडौं - राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाउने गरिन्छ । शुक्रबार देशैभर विभिन्न कार्याक्रम आयोजना गरि पाँचौ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस...

  • २०७९ पौष १, शुक्रबार

    राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक प्रभाकरले दिए राजीनामा

    काठमाडौं - नेपाली राष्ट्रिय क्रिकेट टोलीको निराशजनक प्रदर्शनपछि मुख्य प्रशिक्षक मनोज प्रभाकरले बिहीवारबाट लागू हुनेगरी राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीवार मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएको जनाएको हो । नामिबिया भ्रमण सकेर उतैबाट भारत प्रस्थान गरेका भारतीय प्रशिक्षक प्रभाकरले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ । तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा...

  • २०७९ पौष १, शुक्रबार

    विवादित अध्यादेशविरुद्धको रिट सर्वाेच्चद्वारा दरपिठ

    काठमाडौं - मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ विरुद्ध परेको रिट सर्वोच्च अदालतले दरपीठ गरिदिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष फौजदारी मुद्दामा सजाय पाई जेल जीवन भोगिरहेका राजनीतिक दलका नेता तथा कार्यकर्तालाई रिहाइ गर्न अध्यादेश ल्याइएको भन्दै खारेजीको मागसहित रिट दायर गरिए पनि सर्वोच्चले बिहीबार दरपिठ गरिदिएको हा । अधिवक्ता कपिलदेव ढकाल र राजेन्द्रप्रसाद दंगाल तथा पूर्वसचिव...

  • २०७९ पौष १, शुक्रबार

    बलिउड अभिनेता विवेक ओबरोय र अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडौं - बलिउड अभिनेता विवेक ओबरोयले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । नेपालमा भ्रमणमा रहेका अभिनेता विवेक आफ्नो बुवा तथा टेलिभिजन पर्सनालिटी सुरेश ओबरायसँगै अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका हुन् । हिजो मात्रै परिवारसहित नेपालमा आइपुगेका ओबरोय बाबु–छोरा र अध्यक्ष दाहालबीचको भेटवार्ताको तस्वीर दाहालपुत्री गंगा दाहालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक...

  • २०७९ मङ्सिर २८, बुधबार

    रिभेन्ज लभको ट्रेलर सार्वजनिक

    अहिले नेपाली चलचित्र जगतमा गतिविधिहरु बढ्न थालेको छ । यसै क्रममा निर्देशक मन्दिप राना निर्देशित तेस्रो चलचित्र "रिभेन्ज लभ”को ट्रेलर सार्वजनिक भएको छ । यो चलचित्रको  ट्रेलरमा नयाँ तथा पुराना कलाकारकको अभिनय रहेको छ भने यो चलचित्र पोखराका युवाहरुले मिलेर सिनेमा निर्माण गरेका हुन् ।  यस चलचित्रमा काम गर्ने कलाकार तथा प्राविधिक पनि अधिकांश पोखरा कै छन् । प्रेममा बदला र समर्पणको कथाबस्तु...

  • २०७९ मङ्सिर २८, बुधबार

    निर्वाचनको अन्तिम परिणाम सार्वजनिक

    काठमाडौं - निर्वाचन आयोगले गत  मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको छ ।  प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बुधबार पत्रकार सम्मेलन गरी प्रतिनिधिसभातर्फको चुनावको परिणाम घोषणा गरेका हुन्।  दलहरुले बन्दसूचीमा रहेका समानुपातिक सांसदहरुको नाम सच्चाएर पठाएपछि आयोगले आज निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो। आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी...

  • २०७९ मङ्सिर २८, बुधबार

    अभिव्यक्ति सच्याउन हर्क साम्पाङसँग दलित आयाेगकाे माग

    काठमाडौं - राष्ट्रिय दलित आयोगले मङ्गलबार धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमा कसैप्रति कटाक्ष गर्दै ‘बल होइन बुद्धि लगा चमारे बुद्धि’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गरेको छ । आयोगले कुनै जातप्रति (चमारप्रति) अपमान हुने अभिव्यक्ति दिँदा त्यसको गम्भीर नकारात्मक असर पार्ने भन्दै नगरप्रमुख साम्पाङलाई उक्त अभिव्यक्ति सच्याइ दलित समुदायप्रति पर्न गएको चोटका लागि...

  • २०७९ मङ्सिर २८, बुधबार

    रवि लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीकाे माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । उनको प्रतिनिधिसभा सदस्य पद खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो । लामिछानेले अमेरिकी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहेको अवस्थामा पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित भएकाले संविधान र ऐनको गम्भीर उल्लंघन भएको दाबी रिटमा गरिएको छ । लामिछानेविरुद्ध युवराज...

  • २०७९ मङ्सिर २८, बुधबार

    बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण शनिबार हुने

    शैक्षिक क्षेत्रमा सफलता हासिल गर्ने बज्राचार्यहरुलाई दिईँदै आएको बज्राचार्य अवार्ड्सको दोश्रो संस्करण यही पुस २ गते शनिवार आयोजना हुने भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा एक भव्य समारोहको आयोजना गर्दै अवार्ड वितरण गर्न लागिएको हो । शैक्षिक क्षेत्रमा केन्द्रीत हुँदै बज्राचार्य समुदायमा वितरण गरिँदै आएको अवार्डमा यसपटक एक सय जनाभन्दा बढी विद्यार्थीहरु पुरस्कृत हुन लागेको कार्यक्रम संयोजक...

  • २०७९ मङ्सिर २८, बुधबार

    विश्वकप फुटबल : आज फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

    काठमाडौं - कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ । कतारको दोहास्थित अल बायत रङ्गशालामा उक्त खेल आज राति १२ः४५ बजे सुरु हुनेछ । फ्रान्स मोरक्कोलाई पराजित गर्दै लगातार दोस्रो पटक विश्वकपको उपाधि जित्न चाहन्छ । फ्रान्स क्वाटरफाइनलमा इङ्ग्ल्यान्डलाई २–१ गोलले हराउँदै सेमिफाइनलमा पुगेको हो । अफ्रिकी राष्ट्र मोरक्को भने विश्वकपमा पहिलो पटक...

  • २०७९ मङ्सिर २८, बुधबार

    विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

    काठमाडौं - अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ । कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्र्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको...

Pages