STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ मङ्सिर २७, मंगलबार

    काभ्रे बेथानचोक बस दुर्घटनामा १७ जनाको मृत्यु

    काठमाडौं - काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–४ सल्लाफेद भन्ने स्थानमा आज साँझ ६ बजे बस दुर्घटना भएको छ । बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा करिब एक दर्जन घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेका अनुसार १५ जनाको दुर्घटनास्थल तथा अन्य दुई जनाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।...

  • २०७९ मङ्सिर २७, मंगलबार

    अध्यादेशकाे पक्षमा कांग्रेसका थारू नेताहरू एकजुट, तुहाउने खेल भए चुप लागेर नबस्ने चेतावनी

    काठमाडाैं- सरकारले ल्याएको अध्यादेशकाे पक्षमा सत्तारुढ दलका थारू नेताहरू एकजुट भएका छन् । नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले अध्यादेशको बचाउमा मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेका छन्। कांग्रेसका केन्द्रीय सदस्यहरू रामजनम चौधरी, योगेन्द्र चौधरी, गोपाल दहित, कल्पना चौधरीलगायतहरूले अध्यादेशको स्वागत गरेका छन्। काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले महामन्त्रीद्वय गगन थापा र...

  • २०७९ मङ्सिर २७, मंगलबार

    स्ववियु निर्वाचनकाे मिति घाेषणा गर्न अनेरास्ववियुकाे माग

    काठमाडौं - अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गर्न माग गरेको छ । अनेरास्ववियुले शान्तिपूर्ण र मर्यादित वातावरणमा समयमै निर्वाचन गराउन माग गर्दै उपकुलपति प्राडा धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियुका अध्यक्ष सुनिता बरालको टोलीले त्रिभुवन विश्वविद्यालयका पुगेर आज बुझाएको ज्ञापनपत्र लिदै उपकुलपति...

  • २०७९ मङ्सिर २७, मंगलबार

    अध्यादेशविरुद्ध विद्यार्थी आन्दोलित

    काठमाडाैं - रेशम चौधरीलाई छुटाउन ल्याएको अध्यादेशविरुद्ध विद्यार्थी आन्दोलित बनेका छन् । सरकारले मुलुकी फौजदारी अपराध संहिता (२०७४) संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि चौतर्फी विवाद सुरु भएको छ।सरकारले रेशम चौधरीको रिहाइका लागि अध्यादेश ल्याएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन्। विद्यार्थीहरुले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि नाराबाजी गरेका हुन्।...

  • २०७९ मङ्सिर २७, मंगलबार

    निलम्बित प्रधानन्यायाधीश जबराको सकियाे कार्यकाल

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको सुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएकोलगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो । महाअभियोग निष्कर्षमा पुर्याउन...

  • २०७९ मङ्सिर २७, मंगलबार

    इलामकाे निर्वाचनलाई बदर गर्नुपर्ने माग राख्दै झलनाथ खनालले दिए सर्बोच्चमा रिट

    काठमाडौं - नेकपा (एस)का नेता झलनाथ खनालले आफू उम्मेदवार रहेको इलामको क्षेत्र नम्बर १ को निर्वाचन बदर हुनुपर्ने माग राखेर सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् । मंगलबार खनालले धाँधली गरी आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराइएको भन्दै सर्बोच्चमा रिट दिएका हुन् । उनले आफ्नो रिट निवेदनमा निर्वाचन अधिकृतले गरेको निर्वाचन परिणाम घोषणा बदर गरी फेरि मतदान हुनुपर्ने माग गरेका छन् । इलाम–१ बाट...

  • २०७९ मङ्सिर २६, सोमबार

    मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमै पानी

    काठमाडौं - शुक्रबारदेखि मेलम्चीको पानी वितरण सुरु भएपछि पाइप फुटेर सडकमा पानी बग्ने समस्या देखिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ ।  शुक्रबारदेखि काठमाडौंका विभिन्न सडक खण्डमा पाइप फुटेर सडकमा पानी निस्किने र जम्ने समस्या व्यापक छ । स्थानीय बासिन्दा, व्यापारी, सवारी चालक र पैदलयात्रु यसका कारण सास्ती ब्यहोर्नु परिरहेको छ । मेलम्चीको पानी ठाउँअनुसार नयाँ र पुरानो दुवै...

  • २०७९ मङ्सिर २६, सोमबार

    प्रत्यक्षमा भन्दा समानुपातिकमा बढी मत बदर

    काठमाडाैं - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा भन्दा समानुपातिक प्रणालीतर्फ बढी मत बदर भएको देखिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचनमा प्रणालीमा एक करोड १० लाख ४७ हजार ३४ अर्थात् ६१ दशमलव ४१ प्रतिशत मतदान भएकामा पाँच दशमलव शून्य छ प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जानकारी दिएको छ...

  • २०७९ मङ्सिर २६, सोमबार

    जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु

    जाजरकाेटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी एकै वडाका सात जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा गाडीका चालक भगवतीमाइ गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र सोही वडाका अर्का अम्मर खड्का रहेका छन् । त्यसैगरी जारजरकोट छेडागाड नगरपालिका वडा नं ५ का दीपक अधिकारी, सोही वडाकी नैनसरा अधिकारी, जैकुवरा बुढा...

  • २०७९ मङ्सिर २६, सोमबार

    सरकारले अध्यादेश तत्काल फिर्ता लिनुपर्छ : गगन थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्न ल्याइएको अध्यादेश तत्काल फिर्ता गर्नुपर्ने बताएका छन्। सोमबार सामाजिक सञ्जालमामार्फत् अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै सरकारले तत्काल अध्यादेश फिर्ता लिनुपर्ने उनले बताएका हुन् । ‘अदालतमा विचाराधीन मुद्दालाई सरकारले फिर्ता लिन मिल्दैन। यो राजनीतिक विषय हो भन्ने लागेर...

  • २०७९ मङ्सिर २६, सोमबार

    हिंसात्मक गतिविधिमा संलग्न दललाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश : सरकार

    काठमाडौं - सञ्‍चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकी फौजदारी संहिता संशोधन गर्न ल्याइएको अध्यादेशबारे स्पष्ट पारेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा हिंसात्मक गतिविधिमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउनका लागि अध्यादेश संशोधन गर्न लागिएको बताएका हुन् । उनले भनेका छन्, ‘मुलुकको राजनीतिक प्रणालीसँग असहमत भई...

  • २०७९ मङ्सिर २६, सोमबार

    ‘ऐना झ्यालको पुतली’लाई कौतिक अन्तर्राष्ट्रिय फेस्टिभलमा सर्वोत्कृष्ट फिल्मको पुरस्कार

    काठमाडौं - ‘ऐना झ्यालको पुतली’सँग यतिबेला खुसीका खबर छन् । नेपाली बक्स अफिसमा एक करोड रुपैयाँभन्दा बढी कमाएको फिल्मले यतिबेला ओस्कारमा अन्तर्राष्ट्रिय फिचर विधातर्फ भाग लिएको छ । फेस्टिभल र अवार्डको मौसम सुरु भएको छ र सुजित बिडारी निर्देशित फिल्मले पुरस्कार जित्न थालेको छ । आइतबार यस्तै एउटा खबर भारतबाट आइपुग्यो जहाँ यो फिल्मले चार विधामा अवार्ड जित्न सफल भएको छ । भारतको प्रतिष्ठित कौतिक...

Pages