-
२०७९ पौष ५, मंगलबार
नारायणगढ–मुग्लिङ सडक आजबाट बिहान ११ बजेदेखि ३ बजेसम्म बन्द
काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ। सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो। आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ। भौगोलिकरूपमा कठिन...
-
२०७९ पौष ४, सोमबार
सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने : प्रचण्ड
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तागठबन्धनमा सहमति र समझदारीबाटै प्रधानमन्त्री टुंगिने बताएका छन् । बाहिर आएजस्तो आफ्नो दाबी नभएको प्रष्टीकरण दिँदै उनले अवसर आए जिम्मेवारी लिने बताए । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रचण्डले चुनावअघि कांग्रेसँग आलोपालो सहमति भने भएको बताए । ‘प्रधानमन्त्री माओवादीको बटमलाइन भन्ने छैन । सहमति र...
-
२०७९ पौष ४, सोमबार
स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा लामिछाने सर्वसम्मत
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतामा सभापति रवि लामिछाने सर्वसम्मत चयन भएका छन् ।रास्वपाको सोमबार बिहान बसेको बैठकले लामिछानेलाई सर्वसम्मत चयन गरेको महामन्त्री एवम् प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए । राष्ट्रपतिले एकसातभित्र सरकार गठनका लागि आह्वान गरेकाे भाेलिपल्ट साे पार्टीले संसदीय दलकाे नेता टुंगाे लगाएकाे हाे । अब साे पार्टीले सरकारकाे नेतृत्व गर्ने अवसर...
-
२०७९ पौष ४, सोमबार
सांसदहरुको शपथ तयारी अन्तिम चरणमा
काठमाडौं - संघीय संसद सचिवालयले सांसदहरुको शपथको तयारी अन्तिम चरणमा पुर्याएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसँगको समन्वयमा शपथको समय समेत करिब करिब टुंगो लगाएको संसद सचिवालयका अधिकारीहरु बताउँछन् । उनीहरुका अनुसार सांसदहरूको शपथ पुस ६ वा ७ गते दिउँसो १ बजे गर्ने तयारी छ । तर, सांसदहरुको शपथ भन्दा अगाडि निर्वाचितहरुमध्ये...
-
२०७९ पौष ४, सोमबार
अर्जेन्टिना फुटबल विश्व च्याम्पियन
काठमाडौं - अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । खेलमा अर्जेन्टिनाले २ पटक लिएको अग्रता जोगाउन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो...
-
२०७९ पौष ३, आइतबार
आफ्नै नेतृत्वमा सरकार बनाउन संवाद थाल्ने कांग्रेसको निर्णय
काठमाडौं - नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि गठबन्धनसहितका अन्य दलहरुसँग संवाद थाल्ने निर्णय गरेको छ। पार्टी मुख्यालय सानेपामा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संविधानको व्यवस्थाबमोजिम ठूलो दलले सरकारको नेतृत्वमा दाबी गर्नु स्वाभाविक भएकाले गठबन्धन र अन्य दलहरुसँग कांग्रेस नेतृत्वमा सरकार बनाउन संवाद प्रारम्भ गर्ने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए...
-
२०७९ पौष ३, आइतबार
विश्वकपकाे लागि अर्जेन्टिना र फ्रान्स भिड्दै
फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र फ्रान्स भिड्दै छन् । कतारको लुसैल रंगशालामा आज राति ८:४५ बजे अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुन लागेको हो। सेमिफाइनलमा क्रोएशियालाई पराजित गर्दै अर्जेन्टिना र मोरोक्कोलाई पराजित गर्दै फ्रान्स फाइनलमा पुगेका हुन्। अर्जेन्टिनाले क्रोएशियालाई ३-० गोल अन्तरले र फ्रान्सले मोरोक्कोलाई २-१ गोल अन्तरले पराजित गरेको थियो। अर्जेन्टिना र फ्रान्स चौथो पटक...
-
२०७९ पौष ३, आइतबार
माेरक्काेलाई हराउँदै क्राेएसियाले जित्याे कांस्य पदक
एजेन्सी - क्रोएसियाले मोरोक्कोलाई पराजित गर्दै विश्वकप फुटबलको तेस्रो बनेको छ । शनिबार राति भएको खेलमा मोरोक्कोलाई पराजित गर्दै क्रोएसिया तेस्रो बनेको हो । खालिफा रंगशालामा भएको खेलमा क्रोएसियाले मोरोक्कोलाई २–१ गोलले पराजित गर्दै तेस्रो बन्यो । क्रोएसियाको जितमा जोस्को भार्डिओल र मिस्लाभ ओर्सिचले गोल गरे । मोरोक्कोका लागि अच्राफ डारीले गोल फर्काएका थिए । खेलको सातौँ मिनेटमा नै क्रोएसियाले अग्रता...
-
२०७९ पौष ३, आइतबार
चर्को आलोचनापछि हर्क साम्पाङले मागे माफी
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले आफूले फेसबुकमा पोस्ट गरेको स्टाटसबारे स्पष्टीकरण दिएका छन् । चर्को आलोचना हुँदै गएपछि हर्कले स्पष्टीकरण दिएका हुन् । ‘मिति २०७९/८/२८ मा मेरो फेसबुक पेजमा मैले पोष्ट गरेको स्टाटसमा गाउँले ठट्यौली उखानको शैलीमा चमारे शब्द अप्रत्यासित प्रयोग हुन जाँदा दलित समुदायलाई नराम्रो लागेको यथार्थप्रति दुःख व्यक्त गर्दै उक्त शब्दले धेरैलाई दुःखी बनाएको रहेछ,’...
-
२०७९ पौष ३, आइतबार
राष्ट्रपति भण्डारीले गरिन् नयाँ सरकार गठनका लागि आह्वान
काठमाडौँ - राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । राष्ट्रपतिले ७ दिनको समय दिएर आइतबार नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन् । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम बहुमतको सरकार गठन गर्न आह्वान गरेकी हुन् ।
-
२०७९ पौष २, शनिबार
नेवाः पत्रकार राष्ट्रिय दबू काठमाडौं जिल्लामा अर्बिनमान सिंह
नयाँ कार्यसमिति चयन गर्दै नेवाः पत्रकार राष्ट्रिय दबु काठमाडौं जिल्लाको चौंथो अधिवेशन शनिवार सम्पन्न भएको छ। काठमाडौंको जगत सुन्दर ब्वनेकुथिमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो। देशभरका नेवार पत्रकारको साझा संस्था दबुको काठमाडौंको अध्यक्षमा नागरिक दैनिकमा कार्यरत अर्बिन्द्रमान सिंह सर्वसम्मत निर्वाचित हुनुभएको छ। दबुको उपाध्यक्षद्वयमा मेरो साप्ताहिकका प्रविन महर्जन र स्वतन्त्र पत्रकार...
-
२०७९ पौष २, शनिबार
विश्वकप २०२२ - कांस्यका लागि आज क्रोएसिया र मोरक्को भिड्दै
एजेन्सी - कतारमा जारी फिफा विश्वकपको कांस्य पदकका लागि क्रोएसिया र मोरक्कोे बीच भिडन्त हुँदैछ। आज शनिबार राति खलिफा अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलबाट तेस्रो स्थानको टुंगो लाग्नेछ। ज्लाट्को डालिचको क्रोएसिया सेमिफाइनलमा अर्जेन्टिनासँग ३–० को नतिजामा पराजित भयो र तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने अवस्थामा आइपुगेको हो। अर्कातिर, वालिद रेग्राग्वीको एट्लस लायन्स (मोरक्को) साबिक विजेता...


