-
२०७९ मङ्सिर २५, आइतबार
मंसीर २६ गते समानुपातिकका सांसदहरु निर्वाचित घोषणा हुने
काठमाडौं - निर्वाचन आयोगले मंसीर २६ गते (सोमबार)सम्म समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलहरुले शनिबार बुझाएको नामावली जाँचबुझ गरी सोमबार समानुपातिकतर्फका सांसदहरु पनि निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए । हालै सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा एमालेले ३४ सिट, नेपाली काँग्रेसले ३२ सिट, माओवादी केन्द्रले १४...
-
२०७९ मङ्सिर २५, आइतबार
एमालेले घनश्याम भुसाल र प्रभु साहसहितका नेतालाई पार्टीबाट हटायो
काठमाडौं - नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा शनिबार बसेकोसचिवालय बैठकले निर्वाचनमा पार्टीविरोधी गतिविधिमा लागेका नेताद्धय भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।...
-
२०७९ मङ्सिर २५, आइतबार
सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको सचिवालय गठन
सार्क जर्नालिष्ट फोरम नेपाल च्याप्टरको मंसिर २४ गते च्याप्टरका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामाको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा च्याप्टरको सचिवालय गठन गरिएको छ । सचिवालय को संयोजकमा प्रकाश सिलवाल रहने भएको छ । सचिवालय मा संगठन विभाग रूपेश आचार्य , प्रचार प्रसार विभाग रत्नकाजी महर्जन , आर्थिक विभाग सुरेन्द्र भक्त श्रेष्ठ लाई तोकिएको छ भने सदस्यहरुमा...
-
२०७९ मङ्सिर २४, शनिबार
ब्राजिल पेनाल्टी सुटआउटमा स्तब्ध, क्रोएसिया सेमिफाइनलमा
एजेन्सी - पेनाल्टी सुटआउटमा ४-२ ले ब्राजिललाई पराजित गर्दै क्रोएसिया फिफा विश्वकपको सेमिफाइनलमा पुगेको छ। शुक्रबार भएको क्वार्टरफाइनलमा नेइमारले गरेको गोलसँगै ब्राजिलले अतिरिक्त समयमा १-० को अग्रता लिएको थियो। नेइमारले यो महत्त्वपूर्ण गोलसँगै ब्राजिलियन राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडीमा पेलेसँग बराबरी गरेका छन्। तर, एक सय १७औं मिनेटमा भ्लादिमिर पेट्कोभिचले बराबरी गोल फर्काएपछि १-१ को...
-
२०७९ मङ्सिर २३, शुक्रबार
त्रिविबाट ६३ हजार विद्यार्थी दीक्षित
काठमाडौं- त्रिभुवन विश्वविद्यालयको ४८ औँ दीक्षान्त समारोहमा ६३ हजार एक सय ३७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले दिएको जानकारीअनुसार २०७८ असार १ गतेदेखि २०७९ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिई ६० औँ ग्रेस लिष्टमा समावेश भएका उक्त सङ्ख्याका विद्यार्थी आज ललितपुरको पुल्चोक क्याम्पसमा आयोजित दीक्षान्त समारोहमा दीक्षित भएका हुन् । समारोहमा...
-
२०७९ मङ्सिर २३, शुक्रबार
गौतमको पत्रलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
काठमाडौं - निलम्बित प्रधानन्ययाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग निष्प्रभावी तुल्याउने संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमको पत्रलाई तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हा संलग्न इजलासले संघीय संसद्...
-
२०७९ मङ्सिर २३, शुक्रबार
चलचित्र हलमा विश्वकप फुटबल देखाए कारबाही
काठमाडौं - चलचित्र हलमा विश्वकप फुटबलका खेल प्रदर्शन गर्न लागिएको भन्ने समाचार बाहिरिएपछि चलचित्र विकास बोर्डले उक्त कार्य रोक्न निर्देशन दिएको छ । चलचित्र हललाई चलचित्रमात्र प्रदर्शन गर्ने अधिकार रहेको भन्दै बोर्डले विश्कप फुटबलको खेल प्रदर्शन गरे कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार बोर्डका अध्यक्ष भुवन केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने...
-
२०७९ मङ्सिर २३, शुक्रबार
मेलम्चीको पानी राजधानीमा वितरण
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ्मार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण सुरू गरिएकाे छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङ्को अन्तिम विन्दुमा यही मङ्सिर १८ गते आइपुगेको पानी सुरुमा सुरुङ सफा गर्न वाग्मतीमा बगाइएको थियो । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङ्मा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको...
-
२०७९ मङ्सिर २३, शुक्रबार
सुन्दरीहरूले मनाए यःमरि पुन्हि
नेप्लीज फेसन होमले हरेक वर्ष यो वर्ष पनि मिस नेवाः नेपाल, मिस लिटील नेवाः र किड क्वीनका विजेता, उपविजेता र सहभागीका साथमा यस वर्ष हुने मिस लिटील नेवाः का प्रतियोगीहरुले बिहीबार यःमरि बनाउने विधि सिक्दै र सिकाउँदै यःमरि पुन्हि मनाएका हुन्। राजधानीको डिल्लीबजारस्थित नेप्लीज फेसन होमको कार्यालयमा रहेको प्रशिक्षण कक्षमा जम्मा भएका नेवार सुन्दरीहरुले बिहीबार दिनभर चामलको पिठो मुछेर रोटी बनाई चाकु र...
-
२०७९ मङ्सिर २२, बिहिबार
विद्यार्थीको मृत्युपछि विश्व निकेतन माविमा प्रदर्शन
काठमाडौं - त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् । विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको...
-
२०७९ मङ्सिर २२, बिहिबार
सरकारमा जाने जनमत पार्टीको केन्द्रीय समिति बैठकको निर्णय
काठमाडौं - जनमत पार्टी सरकारमा जाने भएको छ । विहीबार (आज) बसेको जनमत पार्टीको केन्द्रीय समितिको बैठकले सरकारमा जाने निर्णय गरेको हो । सत्ता गठबन्धनले सरकारलाई सहयोग गर्न गरेको आग्रहलाई सकारात्मक रूपमा लिँदै जनमत पार्टीले गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । गठबन्धनसँग वार्ता गर्नका लागि कार्यकारिणी समितिको बैठकले कार्यदलले बनाउने निर्णय समेत गरेको छ । संघमा सामान्य हेरफेर...
-
२०७९ मङ्सिर २२, बिहिबार
नेवार समुदायको मौलिक पर्व ‘यःमरी पुन्हि’
काठमाडाैं - लामो इतिहास, संस्कृति, परम्परा अनि सम्पदाले भरिपूर्ण काठमाडौँ उपत्यका, यहाँका रैथाने नेवार समुदायले मनाइने अनेकौँ चाडपर्वको आफ्नै महत्व र विशेषता छ । यस्तै पर्वमध्ये एउटा प्रमुख र मौलिक पर्व हो, ‘यःमरी पुन्हि’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात् धान्य पूर्णिमाको अवसरमा आज धुमधामले मनाइँदैछ । नेपाल संवत्को दोस्रो महिना थिंलामा पर्ने भएकाले यसलाई ‘थिंला पुन्हि’ पनि...


