-
२०७९ मङ्सिर २२, बिहिबार
समानुपातिक सांसद चयनलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि
काठमाडौं - निर्वाचन आयोगले समानुपातिक सूचीमा नाम सिफारिस गर्न दलहरुलाई पत्राचार गरेको भोलिपल्ट नाम चयनका बिषयलाई लिएर रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि शुरु भएको छ। सो पार्टीले गत असोजमा भएको प्राइमरी इलेक्सनमा धेरै मत ल्याउनेहरूको नाम प्रतिनिधि सभाको बन्दसूचीमा राखेको थियो। प्राइमरी इलेक्सनमा कम मत ल्याएकाहरूलाई पनि सांसद बनाउन खोजेको भन्दै सो पार्टीका...
-
२०७९ मङ्सिर २२, बिहिबार
बज्राचार्यलाई सत्यमोहन जोशी साहित्य सिरपा प्रदान
पहिलो सत्यमोहन जोशी साहित्य सिरपा ९पुरस्कार०– ११४३ साहित्यकार एवं भाषाथुवाः फणिन्द्ररत्न बज्राचार्यलाई प्रदान गरिएको छ। नेपाल भाषा मंकाः खलः यलले बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा एक समारोहको आयोजना गरी सो पुरस्कार प्रदान गरिएको हो । सो अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्यकार बज्राचार्य लाई दोसल्ला ओढाई नगद राशि ५१ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गर्नुभयो । वाङमय शताब्दी पुरुष...
-
२०७९ मङ्सिर २१, बुधबार
रोकियो काठमाडौँ महानगरकाे फोहर वर्गीकरण कार्य
काठमाडाैं - करिव पाँच महिनाअघि काठमाडौँ महानगरपालिकाले सुरु गरेको स्रोतमै फोहर वर्र्गीकरण गर्ने कार्य तत्कालका लागि स्थगन भएको छ । फोहर व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भन्दै गत साउन १ गतेदेखि कामपाले ३२ वटै वडाबाट स्रोतमै फोहर वर्गीकरण गरेर मात्रै अन्तिम व्यवस्थापनका लागि लैजान सुरु गरेको थियो । सुरुको एक दुई हप्ता कामपाको योजनाअनुरुप काम भए पनि यसले निरन्तरता भने पाउन सकेन । कामपाको प्रमुख...
-
२०७९ मङ्सिर २१, बुधबार
महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम
काठमाडौं - काठमाडौं महानगरपालिकाले २८ औं महानगर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरु घोषणा गरेको छ । बुधवार २८ औं महानगरदिवसको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा महानगरले सप्तहव्यापी कार्यक्रमको जानकारी गराएको हो । महानगरले महानगर दिवसको दिन मंसिर २९ गते महिला उद्यमी मेला र स्थानीय परिकारको प्रवद्र्धन गर्न खाना मेला हुने बताएको छ । पत्रकार सम्मेलनमा बोल्दै महानगरका प्रवक्ता...
-
२०७९ मङ्सिर २१, बुधबार
महाकाली नदीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति
काठमाडौं - दार्चुलामा भारतले एकतर्फी तटबन्ध निर्माण गर्न थालेपछि दुवै देशका नागरिकबीच आइतबार दोहोरो झडप सिर्जना भएको थियो । बुधबार भारतको धार्चुलामा बसेको दुवै देशका प्रमुख सुरक्षा निकायको छलफलले भारतले एकतर्फी निर्माण गर्न लागेको ग्याबिन तटबन्ध तत्काल रोक्ने सहमति भएको छ । नेपालतर्फ मोडिएको नदीलाई पुनः आफ्नै धारमा फर्काइने सहमति भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । उनका अनुसार...
-
२०७९ मङ्सिर २१, बुधबार
समानुपातिकतर्फको सिट बाँडफाँटसहित दलहरूलाई पठाइयो पत्र
काठमाडौं - यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारण गरी सम्बन्धित राजनीतिक दललाई आज पत्र पठाएइको छ । दलहरूलाई जवाफ पठाउन तीन दिनको समय दिइएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगमा रहेको समानुपातिक निर्वाचन प्रणालीको...
-
२०७९ मङ्सिर २०, मंगलबार
पेनाल्टी सुटआउटमा स्पेनलाई स्तब्ध पार्दै मोरक्को क्वार्टरफाइनलमा
दोहा: पेनाल्टी सुटआउटमा स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। एजुकेसन सिटी रंगशालामा भएको खेलको निर्धारित समयमा कुनै गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। त्यहाँ पनि डेडलक नतोडिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। स्पेन चार वर्षअघि आयोजक रुससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरिएको थियो। सन् २०१० मा विश्वकप विजेता बनेको स्पेन त्यसयता अन्तिम १६...
-
२०७९ मङ्सिर २०, मंगलबार
सरकार गठबन्धनकै : गगन थापा
काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठबन्धनकै बन्ने बताएका छन् । विराटनगरमा गुरूराज घिमिरेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रममा महामन्त्री थापाले यस्तो बताएका हुन् । सरकार गठबन्धनकै हुने भएतापनि अहिलेको जस्तो भने हुन नसक्ने उनको भनाइ छ । पाँच वर्ष सरकार चलाउने भन्दा पनि काम के गर्ने ? भन्ने विषयमा गठबन्धन दलहरू स्पष्ट हुनुपर्ने बताउँदै उनले भनेका छन्, ‘...
-
२०७९ मङ्सिर २०, मंगलबार
राष्ट्रपति भण्डारीसँग अध्यक्ष सीके राउतको भेट
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनमत पार्टीका अध्यक्ष डा सिके राउतले भेट गरेका छन् । शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज भएको भेटमा समसामयिक राजनीतिक विषयमा उनीहरूबीच छलफल भएको राष्ट्रपति भण्डारीको प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए । प्रतिनिधिसभामा सप्तरी–२ बाट निर्वाचित भएपछि राउत भेटघाट र सम्वादका क्रममा छन् । यसअघि, कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर...
-
२०७९ मङ्सिर २०, मंगलबार
मेलम्चीको पानी सुन्दरीजल आइपुग्यो, अर्को हप्ता वितरण
काठमाडौं - सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नं १ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङ मार्गबाट एक हप्ताअघि हालेको पानी राजधानी आइपुगेको छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम बिन्दुमा आइपुगेको पानी वाग्मतीमा बगाइएको छ । गत जेठ अन्तिम साता बन्द गरिएको सुरुङमा जम्मा भएको फोहर सफा गर्न सुरुको पानी वाग्मतीमा बगाइएको मेलम्ची खानेपानी आयोजनाका इञ्जिनियर रामचन्द्र पौडेलले...
-
२०७९ मङ्सिर २०, मंगलबार
सकियो समानुपातिकतर्फ मतगणना, एमाले पहिलो, नेकपा एस बाहिर
काठमाडौं - प्रतिनिधिसभाको समानुपातिकतर्फ मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। समानुपातिकतर्फ दलले मात्रै राष्ट्रिय दल मात्र ३ प्रतिशत थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाएका छन् । अन्य दलले दलको मान्यता पाएनन् । समानुपातिकतर्फ थ्रेस होल्ड कटाएर राष्ट्रिय पार्टी बन्ने पहिलो दलमा नेकपा एमाले, दोस्रोमा नेपाली कांग्रेस, तेस्रोमा नेकपा माओवादी, पाँचौँमा राष्ट्रिय स्वतन्त्र पार्टी, छैटौँमा...
-
२०७९ मङ्सिर १९, सोमबार
पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वार्टरफाइनलमा
काठमाडौं - फिफा विश्वकपको अन्तिम १६ अन्तर्गत सोमबार पेनाल्टी सुटआउटमा जापानलाई पराजित गर्दै साविक उपविजेता क्रोएसिया विश्वकपको क्वार्टरफाइनलमा पुगेको छ। अल जानोब रंगशालामा जारी जापान र साविक उपविजेता क्रोएसियाबीचको खेल निर्धारित/अतिरिक्त समयमा १–१ गोलको बराबरीपछि पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा जापान दुर्भाग्यशाली साबित हुँदा क्रोएसिया १–३ ले विजयी भयो। डाइजेन माइदाले ४४औं मिनेटमा गोल...


