STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

  • २०७९ भाद्र ३०, बिहिबार

    ग्रिल तथा स्टिल व्यवसायीहरुले गरे सहयोग

    काठमाडौ । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी काठमाडौलाई सहयोग गरेको छ । विहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी समितिलाई आवश्यक सफाई औजार तथा विरुवा सुरक्षा जाली सहयोग गरेको हो । ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंकोतर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अधिकार सम्पन्न वागमति सभ्यता एकीकृत विकास समिति गुहेश्वरी...

  • २०७९ भाद्र ३०, बिहिबार

    औपचारिक भ्रमण पूरा चिनियाँ नेता ली स्वदेश फिर्ता

    काठमाडौं - नेपालको चार दिने औपचारिक भ्रमण पूरा गरी जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वकाे टाेली आज स्वदेश फिर्ता भएका छन् । चीनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन्। उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख अग्नीप्रसाद सापकोटाले विदाई गरेका थिए। सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित...

  • २०७९ भाद्र ३०, बिहिबार

    पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

    काठमाडौं - काभ्रेमा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । बिहान साढे ३ बजे घरमाथिको ढुङ्गा खानीबाट खसेको पहिरोले घर पुरिँदा ४४ वर्षका निरबहादुर तामाङ र ४० वर्षकी सावित्री तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक डीएसपी अञ्जना श्रेष्ठले जानकारी दिए । उनका अनुसार ६५ वर्षकी ठूलीमाया तामाङ घाइते भएकी छन् । उनको उद्धार गरी...

  • २०७९ भाद्र ३०, बिहिबार

    महाभियोग समितिकाे बैठक दिउँसाे १ बस्ने

    काठमाडौं - आज (बिहीबार) बिहानका लागि डाकिएको संघीय संसद, महाभियोग समिति बैठक सरेको छ । समितिका सचिव लक्ष्मीप्रसाद गौतमका अनुसार बैठक दिउँसो १ बजे बोलाइएको छ । यसअघि बिहान ८ बजे बैठक बस्ने भनिएको थियो । तर, सर्वोच्च अदालतका न्यायाधीशहरू सिफारिस समितिको छलफलमा नआउने जानकारी बुधबार साँझ दिएपछि समितिको बैठक केही समय धकेलिएको हो । समितिले दिउँसो १ बजे चार पूर्व न्यायाधीशलाई बैठकमा बोलाएको छ । समितिले...

  • २०७९ भाद्र २९, बुधबार

    सन्दीप लामिछाने अझै स्वदेश फर्केनन्

    काठमाडौं - बलात्कार आरोपमा उजुरी परेपछि जिल्ला अदालत काठमाडौं नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको बुधबार एक हप्ता बितिसकेको छ । प्रहरी परिसर काठमाडौंमा एक किशोरीले आफूमाथि बलात्कार भएको भन्दै लामिछानेविरुद्ध उजुरी दिएको तीन दिनपछि गत बिहीबार जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।  अदालतले पक्राउ पुर्जी जारी गरेपछि गत शुक्रबार जमैकाबाटै लामिछानेले...

  • २०७९ भाद्र २९, बुधबार

    राष्ट्रपति भण्डारी र चिनियाँ नेता चान्सुबीच शिष्टाचार भेट

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीसँग जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुले शिष्टाचार भेटवार्ता गरेका छन् । राष्ट्रपतिको कार्यालयमा बुधबार अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । भेटमा राष्ट्रपति भण्डारीले दुई देशबीचको परम्परागत मित्रवत् सम्बन्धका बारेमा चर्चा गर्दै यस्ता...

  • २०७९ भाद्र २९, बुधबार

    सर्वोच्चका बहालवाला न्यायाधीशहरू सिफारिस समितिमा बयान दिन नजाने

    काठमाडौं - निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बयानका क्रममा मुछेका सर्वोच्च अदालतका बहालवाला न्यायाधीशहरू महाभियोग सिफारिस समितिमा नजाने भएका छन्।  सर्वोच्चमा बुधबार बसेको फुलकोर्टको बैठकले महाभियोग समितिले बोलाए पनि बयानका लागि न्यायाधीशहरु नजाने निर्णय गरेका हुन्।  महाभियोग समितिले जबराले नाम मुछेका न्यायाधीशहरुलाई भोलि (बिहीबार) ८:३० बजे बस्ने बैठक उपस्थिति हुन भनेको थियो। सोही...

  • २०७९ भाद्र २९, बुधबार

    महारानी एलिजाबेथको अन्त्येष्टमा परराष्ट्रमन्त्रीले सहभागिता जनाउने

    काठमाडौं - परराष्ट्रमन्त्री डा. नारायणका खड्का बेलायत जाने भएका छन्। बेलायती महारानी एलिजाबेथ द्वितीयको अन्त्येष्टि समारोहमा सहभागी हुन उनी बेलायत जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  भदौ २३ गते निधन भएको महारानी एलिजाबेथको अन्तयेष्टि असोज ३ गते हुँदैछ। सोही समारोहमा परराष्ट्रमन्त्री खड्का सहभागी जनाउने परराष्ट्र मन्त्रालयले जनाएकाे छ । 

  • २०७९ भाद्र २९, बुधबार

    दशैंका लागि आजबाट नयाँ नोट साट्न पाइने

    काठमाडौँ – दशैंका लागि आज बुधबारबाट नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट साट्न थालेको हो। बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालयबाट नयाँ नोट साट्न थालिएको छ। एक व्यक्तिले १८ हजार ५ सय सम्म साट्न पाउनेछन्। जसमा ५, १०, २०, ५० र १०० दरका हुनेछन्। राष्ट्र बैंकले बुधबारबाट नयाँ नोट साट्न थाले पनि अन्य बैंक तथा वित्तीय संस्थाले भने २ असोजबाट नयाँ नोट साट्ने छन्।

  • २०७९ भाद्र २९, बुधबार

    राष्ट्रपतिबाट ६ वटा विधेयक प्रमाणिकरण

    काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका छ वटा विधेयक प्रमाणिकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले खानेपानी तथा सरसफाई ऐन, २०७९, तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा...

  • २०७९ भाद्र २९, बुधबार

    गुथि अष्ट्रेलियामा नयाँ अध्यक्षमा उमेश नापित चयन

    अष्ट्रेलियामा बसोबास गर्दै आइरहनु भएका नेपालीहरूको एउटा पुरानो संस्था गुथि अष्ट्रेलीयाको नयाँ कार्यसमितिको अध्यक्षमा उमेश नापित चयन हुनु भएको छ। नापित गुथि अष्ट्रेलिया को वार्षिक साधारण सभाबाट निर्विरोध अध्यक्षमा चुनिनु भएको हो भने उहाँ यस संस्थाको तत्कालिन कोषाध्यक्ष हुनुहुन्थ्यो  ।  नव निर्वाचित कार्यसमितिमा अध्यक्ष उमेश नापित, उपाध्यक्ष  बिकाश श्रेष्ठ,महासचिव - सुबिन श्रेष्ठ,कोषाध्यक्ष  अजय...

  • २०७९ भाद्र २८, मंगलबार

    भीआईपी र भीभीआईपी नचिनेका हर्क साम्पाङ

    काठमाडौं - धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले को हो भीआईपी र भीभीआईपी ? भन्दै प्रश्न गरेका छन् । मंगलबार सोसल मिडिया फेसबूकमार्फत् मेयर राईले चीनका जनकांग्रेसका स्थायी समिति अध्यक्ष ली चान्सुको नेपाल भ्रमणका कारण सडकमा भएको अस्तव्यस्ततामाथि ब्यङ्ग्य गर्दै यस्तो प्रश्न गरेका हुन् । मेयर राईले आफू जनतासँगै बेल्चा र गैंती चलाइरहेको बताउँदै आफूलाई न गार्ड चाहिएको न त आसेपासे नै भन्दै हावाहरुको...

Pages